20140721

नेपाल मा भन्दा अमेरिकामा झन फोहोरी राजनीति र फोहोरी गुटबन्दी चल्न थाले पछी हुन लागेको धार्मिक महायज्ञ पनि भाँडियो, किन खुट्टा ताना तान मात्र गर्छन् नेपाली मन हरु ? किन सुध्रिँदैनन नेपाली मन हरु ??

यो धार्मिक कार्य स्थगित हुनुमा बिसुद्ध नेपाली फोहोरी राजनीति र अमेरिकामा नेपाली फोहोरी  गुटबन्दी जिम्मेवार छन भन्छन न्यू योर्क बासीहरु, नेपाल मदर डट कम मात्र यत्ती भन्छ - नेपाली मन हरु किन फुट्न मात्र खोज्छन ?? किन जुट्न सक्दैनन ?? आफु पनि नगर्ने र अरुलाई पनि गर्न नदिने यो चलन अमेरिकामा झन बढी किन ?? के जरुरी थियो यो धार्मिक कार्यमा पनि राजनीति र गुटबन्दी ?? भएको भए के बिग्रिन्थ्यो र अब स्थगित हुँदा कसलाई फाईदा भयो ?? कुरै गर्ने हो भने अमेरिकामा डिभी परेर आएका र केही खास बिशेष प्रयोजन बाट ग्रीन कार्ड लिएका बाहेक हरुको ग्रीन कार्ड लिँदा अपनाएका हत्कण्डा हरु, शरणार्थी विवरण सच्चा हुन त ?? आफुहरुलाई कसैले अमेरिका बोलाउँदा ठीक हुने, आज मोहन वा अर्काले एकादुइ अाफ्ना मान्छे बोलाउन चिट्ठी लेखे त कुन चाँही आकाश खस्ने कुरा भयो र ?? यदी मोहन हरुले धार्मिक कार्यका नाम मा रकम खाएर मानब तस्करी गरेको, रकम कुम्ल्याएको प्रमाण छ भने सम्बन्धित निकायमा उजुरी गर कार्वाही हुन्छ तर महायज्ञ भाँडेर कसलाई के फाईदा भयो ?? यस तर्फ पनि सम्बन्धित सबै पक्षको ध्यान जाओस । महायज्ञ सफल हुन नसके पनि यसका लागि शुरु देखी लागि परेका नेपाली मन र पन हरु सबैलाई सलाम । अब न्यू योर्क अन्त कतै नदोहोरियोस हाम्रो कामना ।

न्यूयोर्क । रिजउड नेप्लिज सोसाइटीको आयोजनामा आगामी जुलाई २८ देखि तय गरिएको श्रीमद् भागवत महायज्ञ हाललाई स्थगित गरिएको छ । दुर्गा मन्दिर तथा कल्चर सेन्टर निर्माणार्थ तय गरिएको बृहत महायज्ञ शुरु हुनुभन्दा एक हप्ताअगाडि समाजले महायज्ञ हाललाई स्थगित गरेको हो । रिजउड नेप्लिज सोसाइटीका महासचिव सहकुल खत्रीका अनुसार महायज्ञमा संलग्न पण्डितहरुले ज्योतिषशास्त्रले उक्त अवधिमा महायज्ञ गर्नु त्यति शुभ नहुने देखिएको बताएपछि अन्तिम समयमा यज्ञ रद्द गर्नुपरेको हो । हाललाई महायज्ञ रद्द गरेका कारण संस्थाले ठूलो आर्थिक क्षतिसमेत बेहोर्नुपरेको जनाएको छ । महायज्ञका लागि अमेरिका आउने तयारीमा रहेका पण्डित टहलकिशोर महाराजलगायतका टोलीसमेत प्रभावित भएको छ । हरेक प्रकारका धार्मिक शुभकार्यहरु शुभसाइतमा नै सम्पन्न गर्नुपर्ने हुँदाहुँदै महायज्ञको मिति तय गर्दाको समयमा पण्डित टहलकिशोर महाराजले मात्र होइन महायज्ञका लागि खटिएका पण्डित उद्धव बजगाईंले समेत मितिका विषयमा प्रष्टरुपमा नबोलीदिंदा अहिले अप्ठेरोमा परेको आयोजकको भनाइ छ । पण्डित उद्धव बजगाईंले भने पटकपटक मितिका बारेमा बोल्दा पनि आयोजकले वास्ता नगरेको आरोप लगाएका छन् । समाजले महायज्ञका लागि नयाँ मिति तय गरिसकेको छैन । यसैबीच रिजउड नेप्लिज सोसाइटीका अध्यक्ष मोहन ज्ञवाली एवम् महायज्ञका संयोजक जनक भण्डारीले आआफ्नो पदबाट राजीनामा दिएका छन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक