20140721

भारतका विदेश मन्त्री र प्रधानमन्त्रीले गर्ने नेपाल भ्रमणका कारणले पनि नेपाल-भारत सम्बन्ध नयाँ सिराबाट सुरु हने संकेत !




- राजन कार्की
भ्ाारतमा नरेन्द्र मोदीको सरकार बन्नासाथ नेपाल-भारत सम्बन्धले नयाँ मोड लिन लागेको चर्चा बढेको छ । भारतका विदेश मन्त्री र प्रधानमन्त्रीले आउने र तेस्रो साता गर्ने लागेको नेपाल भ्रमणका कारणले पनि नेपाल-भारत सम्बन्ध नयाँ सिराबाट सुरु हने संकेतहरु देखिएका छन् । यो सवाललाई भारतीय जनता पार्टर्ीी विदेश विभाग प्रमुख विजय जोलीले असार २० गने सत्तासीन एमाले पार्टर्ीीे अधिवेशन मञ्चबाटै मोदीको भ्रमणका क्रममा भारतले ६ सय मेगावाटको विद्युत परियोजना नेपाललाई उपहार दिने घोषणा गरिदिए । भारतका पत्रपत्रिकामार्फ दिल्लीले प्रचार गरिरहेको छ- मोदीको नेपाल भ्रमणका बेलामा त्यसैगरी मेडिकल, इञ्जिनियरिङ आदि क्षेत्रमा भारतले दिँदै आएको ३ हजार छात्रवृत्तिको कोटालाई ५ हजार पारिनेछ । नेपालमा औद्योगिक विकास गर्न भारतले सघाउने योजना छ । सुरक्षा निकायका लागि चाहिने तालिम केन्द्रमा पनि भारतले सघाउनेछ । अर्थात दिल्लीबाट नेपाललाई गुलियो चटाउने भरमग्दूर प्रयास भइरहेको छ । आखिर भारतमा मोदी सरकार बन्नासाथ नेपालप्रति भारत किन यसरी 'मेहरवान' भयो -
भ्ाारत विज्ञ हुन् ः लोकराज बराल । भारतका लागि अन्य पर्ूव राजदूतहरु डा.भेषबहादुर थापासमेत यसपटक भारत खुलेरै नेपालसँग सबै प्रकारका तिक्तता सफा गरेर सुसम्बन्ध विकसित गर्न खोजिरहेको अनुभूति गरिरहेका छन् । तथापि कोही पनि भारतको नोकरशाहीले एकतर्फी रुपमा मुठ्ठीको माखो बनाइरहेको सम्बन्धलाई सजिलै मुठ्ठी फुकाउला भनेर विश्वास गरिरहेका छैनन् । त्यसो भए किन भारत सम्बन्धलाई
पालिस तालिस गर्न उत्सुक देखिन्छ - यो प्रश्न नेपाली राजनीतिज्ञ र कूटनीतिज्ञका लागि र्सतर्कताको विषय बनेको छ ।
१८ वर्षछि भारतका प्रधानमन्त्री नेपाल आउन लागेका छन् । उनलाई स्वागत छ, हार्दिक स्वागत गर्नुपर्छ । तर नेपालले के बिर्सनु हुन्न भने भारतबाट नेपालले अपेक्षा गरेका विषय के के हुन् - नेपालले भारतबाट एउटा विद्युतगृह, सुरक्षा निकायलाई तालिम केन्द्र र विद्यार्थीलाई छात्रबृत्तिको कोटामात्र खोजेको हो - एउटा देशले अर्को देशसँग गरिने अपेक्षा यति सिमित हुनसक्छ - त्यसमाथि १८ सय ८ किलोमिटर खुला सिमाना भएको देशले आफ्नो सिमाना र आवतजावत गर्ने नागरिकको सुरक्षाको प्रत्याभूति खोज्नु पर्छ कि पर्दैन - धूमिल बन्दै गएको नेपालको अस्तित्व र पहिचान, विश्वमञ्चमा नेपालको व्यक्तित्वलाई प्रभावहीन बनाउने विषयहरुलाई महत्व दिनर्ुपर्छ कि पर्दैन - छिमेकीको विकास र हैसियत बढ्दा आर्थिक र सामरिक शक्ति बन्ने प्रतिस्पर्धामा लागेको भारतजस्ता मुलुकलाई लाभ हुन्छ भन्ने बुझाउन नेपालले भगिरथ प्रयास गर्नुपर्छ । नेपालको स्थिरता र आर्थिक, सामाजिक शक्ति बढ्नु भनेको उत्तर-दक्षिण दुबै मुलुकका लागि सुरक्षाको निशूल्क अभेद्य किल्ला खडा गर्नु हो भन्ने भारतलाई बुझाउने यो सजिलो अवसर हुनेछ ।
मुख्य समस्या सिमानामा छ । खुला सिमानामा प्रत्येक दिन नेपाल अपमानित भइरहेको छ । प्रत्येक दिन नेपालमाथि भारतीयले शारीरिक, मानसिक र अनेक तरिकाले बलात्कार गरिरहेका छन् । आवतजावत गर्ने पुरुष नाङ्गेझार पारेर लुटिने र महिलाको संवेदनशील अंग छामछुम पार्ने र तिनको स्वत्व लुट्नु सामान्य घटना भएका छन् । प्रशासनिक र राजनीतिक हस्तक्षेप बढ्दै गएको छ । नेपाल सरकार र नेपालका राजनीतिक पार्टर्ीीले अलिकति पैसा र सहानुभूतिमा सन्तुष्ट हुने हो भने यसलाई टाट मानसिकता भन्नर्ुपर्छ र टाट मानसिकताबाट नयाँ नेपाल निर्माण हुनसक्दैन । लोकराज बरालले भनेझैं मोदीसँग कुम जोडर बस्दैमा र फोटो खिचाउँदैमा कुनै परिवर्तन हुनेवाला छैन । हो, परिवर्तनका लागि भारतलाई दिनुपर्ने सुरक्षाको प्रत्याभूति दिनसक्नर्ुपर्छ र नेपालले लिनैपर्ने सुरक्षाका प्रत्याभूति लिनसक्नर्ुपर्छ । भनिन्छ, कूटनीतिमा कुनै कुरा पनि सित्तैमा सम्भव छैन । यस अर्थमा भारतले दिन लागेका 'मोदी प्याकेज' मीठो देखिन्छ, कतै यो गुढ लेपन गरिएको ढुंगा नहोस् ।
मोदी नेपालमै आउन लागेका छन् । यो अवसरमा मोदीसँग सरकारले वार्ता गर्नुपर्छ, संसदका राजनीतिक शक्तिहरुले कुरा गर्नुपर्छ, संसद बाहिर रहेका प्रभावशाली राजनीतिक, अधिकारकर्मी र नागरिक समाजले नेपालका अप्ठेराहरु देखाउनु पर्छ । मोदी मित्रताको हात बढाउन आउन लागेका छन्, उनको हात थाम्नर्ुपर्छ । भारतप्रति हाम्रो अपार सम्मान देखाउन सक्नर्ुपर्छ । नेपालमा कोही पनि भारत विरोधी छैन भनेर आश्वस्त पार्न सक्नर्ुपर्छ । तर भारतका गलत नीति, भारतका गलत व्यवहार र भारतले बेला बेलामा दिएका र निरन्तर दिदै आएका दुःख अव समाप्त हुनर्ुपर्छ भनेर फेहरिस्त नै मोदीका सामु प्रस्तुत गर्ने साहस गर्नुपर्छ । दाँत देखाएर हास्नु, मोदीका चरणकमलमा नतमस्तक भएर राष्ट्रप्रति जनप्रतिनिधि, नागरिकसमाज र सरकारको दायित्व पूरा हुनसक्दैन । मोदी फर्किसकेपछि जा भनेर पछुताउ गर्नुको अर्थ रहदैन । फलाम तातेकै बेलामा हम्मर हान्नसके हतियार बन्छ । मोदी नेपालमा भएकै बेलामा नेपालले नेपाल-भारत सम्बन्धमा उम्रेका ऐंजेरुहरु सफाचट पार्न आग्रह गर्नसके मोदीको उत्साह र नेपालका नेताहरुको प्रयासमा नेपाल-भारत सम्बन्धले नयाँ स्वरुप पाउनसक्छ । मुख्य कुरो नेपालले भारतबाट आर्थिक प्याकेज खोज्ने होइन, नेपालले स्वाभिमानको सम्मान खोज्नर्ुपर्छ । र्सार्वभौम राष्ट्र हुनुको अर्थ खोज्नर्ुपर्छ । विश्वलाई थाहा छ, नेपाल र भारतवीच खुला सिमाना छ । खुला सिमाना भएको मुलुक कसरी र्सार्वभौम रहनसक्छ भन्ने विश्वभरि प्रश्न उठिरहेको छ । यस विषयमा बिस्तारवाद विरोधी र ग्रेटर नेपालका अभियन्ताहरुले समेत सरकारलाई उत्साहित पार्ने र सहयोगको हात बढाउनु पर्छ । अहिलेसम्म कोरा बिरोध हुँदै आएको छ, पहिलोपल्ट भारतका प्रधानमन्त्री खुला दिल, स्वच्छ मन लिएर पशुपति दर्शनका लागि आउन लागेका छन्, उनलाई पशुपतिनाथको मान राख्न मनाउन मुस्किल छैन । दिल्ली भनेपछि नौनाडी गल्ने नेताहरुले जनबल र जनआवाजको प्रतिनिधित्व गर्दै नेपाल-भारत सम्बन्धमा विकसित भएका पर्खालहरु पन्छाउने मौका नगुमाउन् ।
नेपालले समानता र सम्मान खोज्नर्ुपर्छ, भारतले नेपालको र्सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्नुपर्छ । नेपालले भारतबाट नेपाल प्रताडित भएका सीमाहरु, कालापानी, सुस्ता, मेची-महाकालीलगायतका सबै समस्या खुलस्त राख्न सक्नर्ुपर्छ । नरेन्द्र मोदी अहिले आउन लागेका छन् र अहिले नै प्रष्ट कुरा राख्नसक्यो भने, नेपालले भारतबाट अपेक्षा गरेका सबै विषयमा आगामी र्सार्क सम्मेलनमा पुनः आउँदा आधा समस्या समाधान भइसक्ने आशा राख्न सकिन्छ । नरेन्द्र मोदी नेपालनीतिमा परिवर्तन गर्न खोजिरहेका छन्, नरेन्द्र मोदी छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गरेर भारतलाई दक्षिण एसियाको एकता शक्ति बनाउन खोजिरहेका छन्, यो १९५० देखि पिल्सिएको नेपालका लागि सकारात्मक समय हो । भारतले नेपालबाट सुरक्षाको अनुभूति खोजिरहेको छ, त्यसमा कसैलाई अप्ठेरो नपारीकन प्रत्याभूति गर्न नेपाल पछि पर्नुहुन्न । सम्भव भएसम्मका भारतीय अपेक्षा पूरा गरिदिने र नेपाललाई र्सार्वभौम राष्ट्रको आधारमा व्यवहार गर्न मोदीलाई राजी पार्न ठूलो कसरत गरिरहनु पर्दैन । मोदी जनादेश प्राप्त नेता हुन् र उनी नेपाललाई महत्व दिइरहेका छन् । उनी हिन्दूवादी हुन् र नेपाल हिन्दूप्रभुत्व रहेको मुलुक हो । धर्मका आधारमा पनि मोदीभित्र नेपाललाई दुःख दिनुहुन्न भन्ने धारणा प्रवल छ भन्न सकिन्छ । मात्र प्रश्न छ, नेपालका भारत सिर्जित समस्याहरुलाई नेपालले, नेपालका राजनीतिक नेताहरुले एकतावद्ध भएर प्रस्तुत गर्न सक्छन् कि ज्रि्रो तालुमा टाँसेर मोदीको दर्शनमात्र गर्नेछन् - नयाँ नेपाल बनाउन हिडेका नेताहरुको यो परीक्षाको घडी पनि हो ।
निश्चय नै मोदी आउँदा सडकभरि जनता ओइरिनेछन् । मोदी जिन्दावाद, भारत मर्ूदावादका नारा लाग्न सक्छन् । सडकभरि पर््रदर्शनहरु हुनेछन् । यो पर््रदर्शन भारतविरोधी होइन, भारतले दिएका पीडाको डाहा हुनेछ । त्यो डाहा र छटपटीको नेतृत्व नेताहरुले गर्नुपर्छ, सरकारले गर्नुपर्छ, मोदीसँग बसेर निदान खोज्नर्ुपर्छ । मोदी आउँदा कसरी प्रस्तुत हुने, नेपालले कुन कुन एजेण्डा मोदीका सामु राख्ने भन्ने सर्न्दर्भमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संसदले अहिले नै होमवर्क गर्न थालिहाल्नु उपयुक्त हुनेछ । समय र्घर्के पछि हतारको तैयारमा लतर पतर हुनसक्ने खतरा रहन्छ । देशका विषयमा बोल्न, दर्ुइ देशको सम्बन्ध मजबुत पार्ने विषय प्रस्तुत गर्न कसैले पनि हीनताबोध गर्नुपर्दैन । मोदीसँग देशका समस्या राख्दा कसैलाई सभासद चट होला, कसैलाई मन्त्रीपद खोसिएला अथवा कसैले पछि पाउने अवसर गुम्ला भन्ने टाट मानसिकता राख्न राजनीतिक अपराध हुनेछ । भारतबाट खाइपाई आएकालाई समेत देशका लागि, दर्ुइ देशको सम्बन्ध सुधारका लागि केही गर्ने अवसर आउँदैछ । यही अवसरमा देशप्रति इमान्दारिता पर््रदर्शन गर्न सके अहिलेसम्म गरेको राजनीतिक अधर्म नास हुनेछ । एउटा पुण्यको काम त हुनेछ । बैतर्णर्ी तर्ने यो अवसर नेतृत्वदायी कसैले नगुमाओस् । हामी भारतका जाज्वल्यमान प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालले खुलेर समस्या राख्ने र समस्या समाधान गर्न कम्मर कसेर अगाडि बढ्नर्ुपर्छ भन्ने आग्रह गर्दछौं । कहिले कहिलेमात्र यस्तो अवसर आउने गर्छ । नेपालले एक अवसर पाउन लागेको छ । यही अवसरमा नेपाल-भारत सम्बन्ध सुधार गर्ने र भारतले दिएका सबै समस्याबाट मुक्ति पाउने अवसर पनि हो यो । सम्बन्ध सुधार गर्न र मनका मैलो धुन पशुपति दर्शनका लागि आउन लागेका नरेन्द्र मोदीलाई हार्दिकताका साथ स्वागत गरौं र नेपाल-भारत सम्बन्धमा विद्यमान पीडादायी समस्याहरु समाधान गर्न आग्रह गरौं । मोदीले निश्चय नै नेपाल बुझ्नेछन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक