20140724

नेपालमा दलहरु बिच साह्रै ठुलो र एतिहासिक समझदारी भएछ ल हेर्नुस त !!! पाँच बर्ष लगाएर संबिधान बनाउन नसकेका राजनीतिक नकचरा हरुले लाजै नमानी भने - ‘तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने’

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले ‘तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने’ र ‘१८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने’ तत्कालीन संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ । अघिल्लो संविधानसभा मातहतको संवैधानिक समितिले प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमध्ये ४८ विषयमा सहमति गरेको थियो । तिनै सहमतिमाथि समितिको अघिल्लो बैठकले सङ्क्रमणकालीन व्यवस्थापन कसरी गर्ने भन्ने ११ वटा विषयमा सहमति कायम गरिसकेको छ भने बाँकी विषयमा आजको बैठकमा छलफल भएको छ । बैठकमा आज बुँदा नम्बर १२ देखि ४८ सम्म भएको छलफलमा प्रत्येक सदनमा कति सदस्य हुने, माथिल्लो सदनमा कस्तो प्रतिनिधित्व हुने, प्रदेश व्यवस्थापिकामा सदस्य सङ्ख्या कति हुने, कार्यकारी राष्ट्रपतिसहितको एक सदनात्मक व्यवस्थापिका रहने वा नरहनेलगायतका विषयमा सहमतिका लागि भएको छलफलमा सभासद्हरुले सैद्धान्तिक रुपमा आफ्ना धारणा राख्नुभएको थियो । उपरोक्त कतिपय विषयमा सहमतिका लागि राज्यको पुनःसंरचना र निर्वाचन प्रणालीमा सहमति गर्दा सम्बोधन गर्ने गरी विवादको सूचीबाट हटाउने सहमतिसमेत भएको छ । बैठकमा पूर्व प्रधानमन्त्री एवम् सभासद्द्वय
पुष्पकमल दाहाल र माधवकुमार नेपाल, सभासद्हरु रामचन्द्र पौडेल, कमल थापा, चित्रबहादुर केसी, नारायणमान बिजुक्छे, गोकर्ण विष्टलगायतले बोल्नुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक