20140722

"हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ" पशुपति शर्मा र देविका केसीले गाएको यो गीतमाथि पनि नेपाली हरु बिच चरम बाद बिबाद राजनीति शुरु भएछ, जुहारी चल्न थालेछ, कठै नयाँ नेपालमा लोकतन्त्र गणतन्त्रले गर्नु बिकास गरेछ !

पशुपती शर्मा र देबिका केसी दुबै जना मेरा नजिक का कलाकार भाई बहिनी हुन । यि दुई जना नयाँ पिँढिका जजल्यमान कलाकारहरुले बिगतमा म सँग पनि काम गरेका छन । यि दुबै जना लाई नेपाल टिभीमा, लोक दोहोरीमा पहिलो पटक टेक दिएर यिनिहरुलाई राष्ट्रिय स्तर मा ल्याउन मैले पनि पसिना बगाएको छु, कती  गरें या गरिन त्यो उनिहरु आफैले भन्नेछन । आज यि दुई जनाले गाएको एउटा सन्देश मुलक गीत हेरेँ, मैले ३ पटक दोहोर्याएर सुने कही कतै उनिहरुले गल्ती गरे जस्तो देखिन तर पनि उनिहरुलाई कथित जातजाती का कुरा गर्ने र डलर को हरियो कलरमा बिक्नेहरुले बिबादमा पार्न थालेको देख्दा दिक्क लागेर आयो । उनिहरु को यो सन्देशमुलक गीत प्रती र उनिहरुको प्रयास प्रती मलाई गर्ब छ उनिहरुको सिनियर हुनुको नाताले । मात्र यत्ती भन्न मन लाग्यो - "हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ" पशुपति शर्मा र देविका केसीले गाएको यो गीतमाथि पनि नेपाली हरु बिच चरम बाद बिबाद राजनीति शुरु भएछ, जुहारी चल्न थालेछ, कठै नयाँ नेपालमा लोकतन्त्र गणतन्त्रले गर्नु बिकास गरेछ !' - रामप्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक