20140728

नेपाली गौरब गोबिन्द गिरी द्वारा निर्मित गुगल जस्तै अर्को सर्च इन्जिन सहितको sagoon.com आयो !

नेपालीको आइडियामा भारतीय डेभलपरसमेत मिलेर बजारमा ल्याइएको सामाजिक संजाल साइट सगुन डटकम यहाँ आयोजित एक कार्यक्रममा शनिबार बलिउड अभिनेतृ तथा नेपाली चेली मनिषा कोइरालाले सार्वजनिक गरिन् । सगुनले उनलाई ब्रान्ड एम्बेसडर बनाएको छ । त्यस अवसरमा उनले आफू सामाजिक संजालमार्फत आफ्ना शुभेच्छुकहरूसँग जोडिदैं आएको बताउँदै सगुनको आफू नियमित प्रयोगकर्ता भएको बताइन् । उनले आफू क्यान्सरबाट भर्खरै मुक्त भएर समाजमा
त्यसबारे सचेतना जगाउँदै हिँडेका बेला सगुनले आफ्नो अभियानमा सघाउने प्रतिवद्धता ब्यक्त गरेकाले यस संजालसँग जोडिन आइपुगेको बताइन् ।
'साथीभाइ, आफन्त र परिवारका सदस्यसँग सुदृढ नेटवर्क स्थापित गर्न सगुन निकै सहयोगी भएको छ,' उनले भनिन््, 'यसको माध्यमबाट एउटै साइटमा शुभकामना सन्देश पठाउन, विभिन्न विषयमा प्रतिक्रिया दिन, मन परेको वेव सामग्री अरुलाई शेयर गर्नलगायत सबै आवश्यकता पूरा गर्न सकिन्छ । यथार्थमा यसले विल्कुलै नयाँ र अनौठो अनुभव दिनेछ ।
सगुन डटकम अमेरिकामा बस्दै आएका नेपाली आइटी इन्जिनियर गोविन्द गिरी गायत मिलेर डेभलप गरेका हुन् ।
ब्यस्त जीवनमा परिवारका सदस्य, आफन्त, साथीलगायतसग नियमित संपर्क र अरु जानकारी लिन आम मानिसको सोसियल नेटवर्किङ साइटसग निर्भरता बढ्दै गएको छ । फरकफरक आवश्यकता पूरा गर्न छुट्छुट्टै वेवसाइट लगइन गर्नुपर्ने बाद्यता छ । शुभकामना संदेश पठाउन, फोटो वा तस्बिर पठाउन, कसैलाई फलो गर्न, प्रतिक्रिया दिन छुट्छुट्टै साइट लगइन गर्नुपर्छ । ती सबैबाट सगुन डटकमले मुक्ति दिने वेवसाइट सार्बजनिक कार्यक्रममा डेभलपर दयालले बताइन् ।
अमेरिकामा रहेका कम्पनीका सस्थापक प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले स्काइपमार्फत लगातार ६ बर्ष दिनरात मेहनतको नतिजा स्वरुप सगुनलाई यस रुपमा ल्याउन सकेको कताए । 'यो सुरुआत मात्रै हो,' उनले भने, 'हामी यसमा यस्ता कुराहरू थप्दै जानेछौं, जसले संसारलाई बदल्ने छ ।'
सगुनमा फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामसहितका  मेसेजिङ साइटको विशेषता छ । सगुनबाट पठाइने फोटो, सूचना शेयर गरेको एक मिनटमै डिलिट हुने भएकाले गोपनियमतामा यसले फड्को मार्ने गिरीको दावी छ । यसमा आफ्नो गोप्य कुरा, फोटोहरु परिवारका सदस्य, साथी वा आफ्नो समुदायका ब्यक्तिहरुलाई मात्र पोस्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट,  फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता यसमा छ । आफ्नो दैनिकीलाई सेड्युलमा राखेर पार्टनरलगायतलाई शेयर गर्न सकिन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक