20140802

पहिरोबाट सुनकोशी नदी थुनिए पछी त्यस क्षेत्रमा व्यापक धनजनको क्षति, अहिले सम्म नौ जनाकाे मृत्यू पुष्टि, पुरिने तथा घाइते हुनेको संख्या एकिन नभए पनि सयौं हुन सक्ने अनुमान ! पहिरोले थुनिएको सुनकोशी नदी शनिबार अपरान्ह ३ बजे पछि बग्न सुरु

सिन्धुपाल्चोकको बाह्रबिसेसँग जोडिएको राम्चे ५ को जुरेमा गए राति खसेको पहिरोले थुनिएको सुनकोशी नदी शनिबार अपरान्ह ३ बजे पछि बग्न थालेको छ । पानी भरिएर ओभर फ्लो भइ सुनकोशी बग्न थालेको हो । ओभर फ्लो भएर गएको पानी एउटा छेउबाट बग्न सुरु भए पछि सो क्षेत्रको खतरामा जोखिम कम भएको महसुस गरिएको छ । तल्लो तटका बासिन्दा पनि सुरक्षित स्थान तिर सरिरहेका छन् । अहिले सम्ममा नौ जनाकाे मृत्यू पुष्टि भएको छ र पुरिने तथा घाइते हुनेको संख्या एकिन नभए पनि सयौं हुन सक्ने अनुमान गरिएको छ । नकोशी विपतमा खटिएका सुरक्षाकर्मी र अन्य सरकारी कर्मचारी अझै पनि हाई अलर्टमा रहेको गृह मन्त्रालयले जनाएको छ ।  






पहिरोबाट सुनकोशी नदी थुनिए पछी त्यस क्षेत्रमा व्यापक धनजनको क्षति भएको छ ! यो फोटोमा डूबनै लागेको रातो रंगको छाना भएको घर सानिमा ग्रुपद्वारा १० बर्ष अगाडी निर्मित सुनकोशी जल-बिद्युत योजनाको पावरहाउस हो ! सानिमा ग्रुपद्वारा निर्मित यो पहिलो जलबिद्युत परियोजना हो ! यो फोटो आज बिहानको हो ! दिउसो सम्म त्यो छाना पानीले पुरै ढाकीसकेको छ ! ज्यान गुमाउने सबैमा हार्दिक श्रदान्जली तथा शोकाकुल परिवारमा समबेदना !






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक