20140824

काठमाडौंको टुँडीखेलमा ३५ हजार मानिसको प्रयोग गरेर शनिबार नेपाली राष्ट्रिय झन्डाको आकर्षक आकृति, विश्व रेकर्ड कायम

तस्वीरः प्रकाश माथेमा नेपाली नेपाली बिच फाटो ल्याउने खलनायक, राष्ट्रद्रोही, नेपाल आमाको कोखबाट जन्मिएका एक जना कुपुत  आङकाजी शेर्पा फेरी बहुलाए ! आदिवासी जनजाति आन्दोलनका कथित अगुवा आङकाजीले चन्द्र-सूर्य अंकित झण्डा नेपालको राष्ट्रिय झण्डा हुन नसक्ने दाबी गरे, उनले मानव झण्डाको किर्तिमान कायम गर्ने प्रयासको भत्र्सना गर्दै उनीहरुलाई अति हिन्दूवादीको संज्ञा ! शेर्पाले नेपालको राष्ट्रिय झण्डाको निन्दा गर्दै यसलाई एकात्मक हिन्दू धर्मको प्रतीक अंकित गरेको झण्डा नेपालजस्तो बहुजातीय बहुभाषिक, बहुधार्मिक देशको झण्डा किमार्थ हुन नसक्ने जिकिर ! 
काठमाडौंको टुँडीखेलमा ३५ हजार मानिसको प्रयोग गरेर शनिबार नेपाली राष्ट्रिय झन्डाको आकर्षक आकृति बनाइएको छ । ‘शान्ति र समृद्धिका लागि मानव मूल्य’ नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो । जो, जहाँ, जसरी भए पनि चन्द्र सूर्य अंकित झण्डामुनि सबै नेपाली
एक हौं भन्ने भावनालाई जगाउन यसरी झन्डा बनाइएको आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए । राष्ट्रिय भावना स्थापनासँगै आफूहरुको यो अभियानले विश्व कीर्तिमान कायम गर्ने पनि उनले बताए । यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९ सय ५७ मानिस उपस्थित गराई झण्डा बनाएर विश्व रेकर्ड कायम गरेको थियो । एकजना मानिसले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेर १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारको झन्डा बनाइएको छ । संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य तथा आदिवासी जनजाति आन्दोलनका अगुवा आङकाजी शेर्पाले मानव झण्डा बनाएर गिनिज बुकमा नाम लेखाउने कार्यमा पूर्वराजा ज्ञानेन्द्र शाहले लगानी गरेको आरोप लगाएका छन् ।
ang kaji sherpaशनिबार काठमाडौंको टुँडीखेलमा जम्मा भएर ३५ हजार नेपालीले मानव झण्डा बनाई पाकिस्तानको कीर्तिमान तोडेका थिए । नेपालले बनाएको यो कीर्तिमानीको सर्वत्र प्रशंसा भइरहेका बेला आङकाजीले यसमा बेखुशी प्रकट गरेका हुन् ।
शेर्पाले चन्द्र-सूर्य अंकित झण्डा नेपालको राष्ट्रिय झण्डा हुन नसक्ने  दाबी गरेका छन् । उनले मानव झण्डाको किर्तिमान कायम गर्ने प्रयासको भत्र्सना गर्दै उनीहरुलाई अति हिन्दूवादीको संज्ञा दिएका छन् ।
शेर्पा फेसबुकमा  लेख्छन्- ज्ञानेन्द्र र अतिहिन्दूवादीले देशी विदेशी शक्तिकेन्द्रले दिएको ३५ लाख खर्च गरेर भदौ ७ गते टुँडीखेलमा भारतबाट ल्याइएको सूर्यवंशी चन्द्रवंशी हिन्दूधर्मको झण्डालाई नेपालको राष्ट्रिय झण्डा भनेर प्रदर्शन गरेकोप्रति आदिवासी जनजाति, मधेशी, मुस्लिम घोर आपत्ति प्रकट गर्दछौं’ ।
शेर्पाले नेपालको राष्ट्रिय झण्डाको निन्दा गर्दै यसलाई एकात्मक हिन्दू धर्मको प्रतीक अंकित गरेको झण्डा नेपालजस्तो बहुजातीय बहुभाषिक, बहुधार्मिक देशको झण्डा किमार्थ हुन नसक्ने जिकिरसमेत गरेका छन् ।

Nepal-Flag
nepal-Flag-2
nepal-Flag-3


Participants toss placards into the air after completing an attempt to break the Guinness World Record for the Largest Human National Flag at Tundhikhel in Kathmandu
We've done it! Nepalese celebrate their victory in breaking the record and show their dedication oh, oh, oh, dedication oh, oh, dedication, that's what they've got
Traffic moves past a field where Nepalese are participating in an attempt to break the record for the largest human national flag, in Katmandu, Nepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक