20140830

छाती फुलाएर भन्छु नेपालमा जातीय संघीयता चाहिदै चाहिदैन !

Dil Nisani Magar

- दिल निसानी मगर
 अघिल्लो पटक प्रकाशित भएको सामाग्रीलाई टिप्पणी गर्ने मनुवाहरुको आवेग, भाषा शैली फोहोरी रवाफ र उत्तेजना देखेर मलाई बडो उदेक लाग्यो । यस्तो कुरा आमाको कोखमा सिक्न पाइछ कि कालान्तरमा अध्ययन गर्दै जाँदा मिल्ने हुन भन्ने उपाय मलाई हेक्का भएन । हुनु पनि हुदैन । भैहाल्यो भने पनि अपशब्दको चाङ्गलाई जिबनकलाको बिडम्बना ठान्छु म । म फेरी केहि कुरा प्रस्ट पार्न चाहन्छु । कुनै पनि विचार डाक्टरको 'प्रयोगशाला' बाट आउदैनन् । विचारको दोश्रो रुप बहस हो । संसारमा अकाट्य भन्ने चिज 'अक्सिजन' बाहेक अरु छैन । कट्टर आलोचक नै मेरा भगवान हुन् । बरु मुक्तकण्ठका प्रशंसालाई म अलिक शंका गर्दछु । म आज पनि मेरो चौडा छाति फुलाएर भन्छु-नेपालमा जातीय संघियता चाहिदैन । यदी कसैलाई चाहिन्छ भने त्यो स्वाभिमान नेपाली नागरिकको लाशको थुप्रो माथि टेकोस । केहि जडबादी जातीय कुण्ठाको कुम्लो बोकेका आलोचकलाई म जवाफ दिन चाहन्छु । मोटा-मोटा किताब हामीले पनि पढेको हो । दर्शनलाई नेपालीमा उल्था गर्न पनि सिकेको हो । तर नेपाली सामाजको स्तर र अध्ययनको अनुमान गर्ने हो भने बौद्धिक बर्ग एकातिर अनि सामान्य नागरिक अर्को तिर छन । जनतालाई संघियता लगायतका धेरै मुद्दामा अवगत नहुनुको मुख्य कारण पनि यही हो अत: दर्शन र किताबको किरालाई थाति राखेर नेपाली
सामाज र नागरिक को योग्यता मुताबिक विचार सम्प्रेषण हुन् जरुरी ठान्दछु ।
देश दर्शन र विचारले चल्न सकेन । सिध्दान्त र नियम कानुनले पनि देश चलेन । संविधानमा देश चलेन । सहमती सम्झौतामा देश चलेन । तसर्थ अब देशलाई भावनाबाट चलाउनु परेको छ । भावुकताबाट चलाउनु परेको छ । माया,सद्भाव र एकताबाट देशलाई दिशा दिन परेको छ । भाइचारा , मातृत्व र भातृत्वको उत्पेरणा जगाउनु परेको छ । पशुपतिनाथले हामी सबैको कल्याण गरुन । तथास्थु...

मेरा मतुवाली दाजुभाइ मुलबासी हुन की मुलुकबासी हुन भनेर म कैयौ पटक छक्क पर्छु । शिव भगवानले यिनलाई ख्याल गरुन । पार्वती माताले यिनलाई सद्बुद्धि दिउन । अकेला देवीले यिनलाई सत्मार्ग पहिल्याउने गोरेटो देखाउन । बालहठ र बहुलट्ठीपनले यिनलाई कुमार्गको कारखानामा पुर्याउन लाग्यो । आँपको बुटामा डलर फल्न थाल्यो । नेपाली खुद्रा रकम-कलम त हराइ गयो । धर्म बेचेपछि पहिचान किनिन्छ । झन्डा फेरेपछि पैसा पाइन्छ । पैसा बीना पहिचानको लडाई हुदैन !

उनीहरु मगर वा अन्य कुनै जात हुन कि मानिस हुन भनेर पनि म घोतलिन्छु । उनीहरुलाई म लेन्दुपथको बाटोमा फुलमाला बोकेर उभिइ रहेको एउटा स्वागतदृवार जस्तो पनि देख्छु । मुखमा अभिजात बर्गको नारा जपेर नेपाली बंश विनासको होडबाजी म देख्छु । म यिनलाई नेपाली पहिचानका हत्यारा देख्छु । म यिनलाई नेपाली यस्ता, अखन्डता र सार्भौम मुलुकको दलाल देख्छु । मानिसको पहिचान भनेको मानव अधिकारका मुल्य हुन ।

नागरिता खोसिनु भएन । गोजीमा नेपाली नागरिकता बोकेर देशभित्र अर्को देश जन्माइ दिने काइदाको उपाय तिब्बतीयन खेमाको हो । मंगोल अनुहारको असली पहिचान खोज्न मंगोलीया भन्ने देशमा जानु पर्छ । छत्तीस बर्णको फुलबारीमा यो खोजेर पाइदैन । उसै पनि यो छत्तीस वर्ण माथी चार जातको घाँटी जोडिएको छ ।

मगरात प्रदेशबारे मेरो भन्नु-
मगरातको सानो भुमिमा हामी खुम्चिने हैन । नेपाल नै हाम्रो बनाउने हो । सकिन्छ भने विशाल भारत र चीनलाई पनि नेपाल बनाउने हो । हामी जस्तो ठुलो छाती भएको मानिस सानो भुमिमा खुम्चिएर बस्न सक्दैनौ । कम्तीमा पनि म सक्दिनँ । म संसार ।लाई हल्लाउन चाहन्छु । इतिहासको किताबमा लेखियोस न, मगरले संसार हल्लायो भनेर ।

आफ्नो इलकामा त कुकुर पनि बाठो हुन्छ । बाजेको खेतमा त लाटा सन्तानले पनि जोतेर खान्छन । हामी दुनियाँ सँग झुक्नु हुदैन । अस्थायी शक्ति र तानासाहीको अगाडी लम्पसार परेर सुत्नु हुदैन । हामी संसारलाई कजाएर खान सक्ने बल बुँतालाई कम्मर कसेर स्थापित गराउँ । नयाँ विचार इतिहासको निर्माण र अग्रगामी पहिचान केबल डिजिटल योगसंगको संसर्ग बाट मात्र संभब छ ।

मगरात प्रदेश मुर्दाबाद भन्नु आत्मरतीको कुरा होइन । आत्मगोल पनि होइन । यो त बुझेरै भनेको छु सिधा कुरा बुझ्नलाई ठुलो छाति र खुल्ला दिल चाहिन्छ बाङ्गो कुरा बुझ्नलाई केबल ओखरको घाजी झैँ सुकेको खप्पर भए पनि भै हाल्छ । हामी निमुखा छैनौ ।
मगराती छातिको चौडाई र लम्बाई मागेर खाने होइन पुस्ताको नाम भजाएर आफ्नो छाक टार्ने होइन-हामीले । हामीलाई भुगोलको सानो भुमि मा कैद गर्नु भनको हाम्रो छाती तित्राको भन्दा पनि सानो हुनु हो । भ्यागुताको जस्तै उफ्राइ हुनु हो । भ्यागुता खुब उफ्रिन्छ । किनभने उसको लागि कुवा आफ्नो राज्य हो । आफ्नो इलाका हो । तर भ्यागुता उफ्रेर संसारको उज्यालो नजरमा कैद गर्न सक्दैन ।
हो मलाई थाहा छ । हामीलाई हामो भाषाको माया छ । भेषभुसाको प्यार छ । र रिति रिवाजको स्थायित्त्वकरणको चिन्ता छ । यो सब थोक चिन्ता बटुलेर देशको छातिमा आगो बाल्ने काम नगरौ । सडकमा टायरका धुवा बालेर जीव-जनावरको वातावरण धमिलो नबनाउ । तिनाउ नदीको तुइनमा दुवै हात भगवानको नाममा सुम्पिएर झुन्डिएकी नानीको नमस्कार गर्न पनि हात हुदैन । तर हामिसंग हात छ हात छउन्जेल हामी सक्छौ हामी गर्छौ ।
म हमेसा एउटा लाइनको भजन गाउने गर्छु- विश्वमा ठुला-ठुला परिवर्तनहरु आए, बर्लिन पर्खालहरु ढले । मानिसहरु परिवर्तन हुन थाले । परिवर्तन आजको मूल आवश्यकता हो । परिवर्तन हुन नचाहने मान्छे-इतिहासको बोझले किचिएर मर्छ ।
मगर पनि आम मानिस हो । मैले उठाएको बैचारिक आधार पुन राखु- मान्छे विवेकशील छ र उ परिवर्तन हुन चाहन्छ । संसारमा जति पनि मान्छे परिवर्तन भएका छन त्यी विवेकशील छन । बुद्दु मान्छे परिवर्तन हुन चाहदैन केवल पुर्खाको पहिचान बेचेर खान खोज्छ । यो संसारमा के परिवर्तन भएको छैन बरु जलवायु परिवर्तन भएको छ । आँधीका गतिहरु परिवर्तन भएका छन् । सुनामी बग्ने दिशा परिवर्तन भएको छ र मान्छेको समुदाय पनि परिवर्तन भएको छ, पहिचान ठुलो कुरा होईन परिवर्तन ठुलो कुरा हो ।
हिन्द महासागरमा पाइने एकप्रकारको एनोमालेप्स क्याटोप्ट्रन नामक माछाले आँखाको तलपट्टि एक प्रकारका प्रकाश लिएर हिड्छ । समुद्रको अँध्यारो गहिराइमा सो प्रकाशबाट आफ्नो मार्गलाई सजिलै पत्ता लगाउन सक्दछ तर त्यो प्रकाश दिने प्रकाशपुञ्ज पनि कुनै निर्जिव साधन नभई विभिन्न प्राकृतिक कारणवश यसको ठीक आँखामुनि झुण्ड बनाएर बस्ने र माछासँगै टाँसिएर यात्रा गर्ने प्रकाशमान जीवाणुको ठूलो समूहमध्ये एक सानो झुण्ड हो । र हामि पनि झुण्ड नै हौ मानिस आपसको सहयोग बिना बाँच्न सक्दैन ।
हो, हामी अगाडी बढ्नु पर्छ । हाम्रो समुदायको विकाश हुनु पर्दछ । तर हतारले होइन । अर्कोलाई उछिन्ने महत्वाकांक्षामा सहयात्रीलाई धक्का दिएर, घोच्याएर होइन, आफू उक्लने प्रयासमा अरूको खुट्टा तानेर, अर्कालाई छिर्के हानेर होइन । अर्थात् आफ्नो महत्वाकाँक्षा पूर्तिका लागि उचित अनुचित सबै हतकण्डा प्रयोग गरेर, बाटो कुबाटो सबैतिर दगुरेर होइन ।
सीधा, स्वच्छ र परदर्शी मार्गबाट इमानदारी, लगनशील मिहिनेत र श्रमको साधनादारा मतापसँग एउटै गति, एउटै लय र एउटै तालमा । बिश्वब्यापी मान्यताको आधारमा हामी अगाडी बढ्नु छ । हामीलाई हाम्रा सन्तानले मात्र हेरिरहेका छैनन । आकासमाथि पनि डिजिटल क्यामरा जडान छ । जमिन उनी पनि भु-गर्बको आगाडि पनि संसार छ लुकाउने कुरा केही छैन ।
एक्काइसौ शताब्दीमा पनि उन्नाइसौँ शताब्दीको अवस्थामा गुज्रिरहेको नेपाली नारीको चेतनामा मेरो लेखले केही सचेतना जगाउनु पर्ने हो । तर अफसोच ! यहाँ त्यो वातावरण सृजना हुन अझै दुईसय शताब्दी लाग्छ भन्ने मेरो अनुमान छ । समस्या र अवगुणहरु प्रशस्त आफ्नो लेखमा छर्नु परेको छ तर त्यसको कारण र निराकरण पटक्कै बटुल्नु परेको छैन ।
सार्थक भएर पनि अझै म मगर दाजु भाइ तथा दिदि बहिनीलाई बेलगाम बनाएर सौखको लागि खेल मैदानमा निसंकोच दौडन आग्रह गरिरहेको छु । अनैतिक योजनाहरुसँग लाज पनि लाग्छ अनि रहर पनि । सम्झौतालाई अनैतिक पनि भन्न मिल्दैन तर प्रस्तुत गराइमा एक उदाहरण अर्को उदाहरणमा अपवाद बनिदिन्छ । समुदायका फरक फरक पाटा यस्तै हुन । हरेक पाइलामा बाधा र अवरोधहरुले छाती फुलाएर चुनौती दिई रहेका हुन्छन । हामी चुनौतीसंग लडौं ।
राजनैतिक उदाहरणको लागि-जनजाति सजग र सचेत हुन्छ उसले आफ्नो समूदायको हक हित भन्दै कहिल्यै कराउँदैन, उफ्रदैन । उसले नबोलीकनै भित्रभित्रै कपट, जालझेल गरेर आफ्नो अधिकार स्थापित गराएरै छाड्छ । हामी जालझेल र षड्यन्त्र गर्नु त पर्दैन तर बौद्धिक जाल रचेर अगाडी बढ्नु आजको आवश्यकता हो ।

पाकिस्तान भित्रै बलुचीस्थान जन्माउँन मारामार छदै छ । जातीय अहंकारवाद सामन्ती व्यवस्थाको संस्कार हो । अहिले पहिचान र अधिकारको आन्दोलन चल्दा त्यो अहंकारवादको प्रदर्शन गर्नु भनेको आन्दोलनका लागि प्रत्युत्पादक कुरा हो । साथीहरू अमेरिकाले खडा गरेका बिन लादेन र इन्दिरा गान्धीले खडा गरेका भिन्डरवालेको बुद्धिमा पसेका छन । चाँडै बुद्धि पलाओस !
बाबरी मस्तिज भत्काउने हिन्दू उग्रबादी जस्तै किसिमका उग्रबादीहरु तराइमा बस्छन । बेला बेलामा मुस्लिमसँग लडाईं लड्छन, नेपालगन्जमा त धेरै मुस्लिम पनि मारिए दङा फसाद भएर, पछि स्थानिय चुनाव पनि शिव सेनाले जित्यो । हाम्रो मुलुकमा गाई काटिन थाल्यो भने भोलि हिन्दुहरु एक भएर तराइबाट ती अतिवादीहरु त्रिसुल बोकेर पहाड न उक्लिउन कमल थापाले संगठन गरेर अहिले तातो तातो कुरामा सहमत गरेर भविष्यमा आफ्नै मुलुकमा लडाईं ननिम्त्याउने छ । उनीहरुको अलिकति पहिचान यो पनि हुनु पर्छ-गोरु काटेर खान पाउनु पर्छ भन्ने माग संगसंगै ओ माने पेमे होम जप्नु लाई केबल संयोग मात्र मान्न सकिदैन । यो अनपढ र अज्ञानताको पराकाष्ट नै हो ।
साथीहरू अमेरिकाले खडा गरेका बिन लादेन र इन्दिरा गान्धीले खडा गरेका भिन्डरवालेको बुद्धिमा पसेका छन । कुनै पनि चीज फुटाउन त्यती गार्हो छैन । देशलाई सिक्किमीकरणको दिशामा धकेलेर सोचौ, एक पटक मगज खोलेर सोचौं यदि काठमान्डौको केन्द्रिकृत ब्यबस्थाका कारण अन्य जिल्लाहरुको सन्तोषजनक बिकास हुन नसकेको हो भने कम्तीमा चितवन र पोखरामा अन्तराष्ट्रियस्तरको एयरपोर्ट बनाई दिउँ अनि काठमाण्डौ दुई दिन भित्रमा हुम्लाको सिमिकोट जस्तै बन्दछ । यद्दपी हाम्रो चाहाना काठमान्डौलाई हुम्लाको सिमिकोट बनाउने हुनु हुदैन ।
हाम्रो चाहना काठमाडौलाई काठमाडौँ बनाउने हो । कर्णालीलाई कर्णाली बनाउने हो । सुदुर पुर्व र सुदुर पश्चीम भन्ने ठीक छैन, यो सुदुरमा भाव गतिलो छैन ? अन्यथा पाँच विकास क्षेत्रलाई नै संघ घोषणा गर्दा हुन्छ । विकास गर्नको लागि के पाँच विकास क्षेत्र काफी छैन ? अहिले दुर दराजमा रहेका नेपालीलाई थानकोट काट्नु पर्नेको सबैभन्दा ठुलो कारण गौचरनको विमानस्थल होइन ? के गौचरनको बैकल्पिक उडान र अबतरण स्थल छोरेपाटन वा रामपुर बन्न सक्दैन ?
आहा ! त्यो इलाम ! चिया बगानमा एक कपी फोटो खिचुँ र यम बरालले झैँ-बादलुको घुम्टोले इलाम बजार छोप्दा मैले सबै पीरलाई बिर्सु र सम्झु केबल मनको मान्छेलाई । जोमसोमको बजारमा बाह्र बजे हावा चल्दा धनकुटे दाईहरु सुन्तलाको भारी बोकेर पहाड उक्लिउन । अनि पो गजब नेपाल ! यो संसार यसरी बदलिएको छ कालोलाई कालो भन्न पाइदैन, त्यहाँ विभेद हुन्छ ।
मलाई लाग्दैन बाउनहरु किराती भाषा बोल्न खोज्लान वा किराती मगर भाषा बोल्लान, ल भाषा भनेको सुचना यन्त्र हो । दोहोरी कुराकानी बुझिएसम्म जुन भाषा बोल्दा पनि हुन्छ । शरीरलाई छोप्ने एक सरो लुगा जस्तो लगाउँदा पनि हुन्छ । मान्छेले जिवनभर पुर्खाको पहिचान बोकेर हिड्न सक्दैन । बरु सकिन्छ भने आफुले नयाँ नयाँ पहिचानको विकास गर्ने - जो युगसंग तालमेल खान्छ ।
भानुभक्तले रामायण लेखे । नेपाली भाषाको उत्थान गरे । पक्कै पनि उनलाई तत्कालिन तानासाहीहरुले बाहुनको छोरो भनेर अमेरिका पढ्न पठाएका थिएनन होला । त्यही किताब हाम्रा चेम्जोङ्ग काकाहरुले लेख्न सकेको भए भैहाल्थ्यो । अर्को कुरा भाषा, धर्म, र परम्परालाई जोगाउने कुरा त्यति ठुलो हाउगुजी होइन । यो त एउटा संस्थान खडा गरेर सर्न सकिने कुरा पनि हो ।
फुटेर होइन जुटेर केही गर्न सकिन्छ भनेर अरब लिगको स्थापना गरिएको छ । जी 8 का अवधारणा हरु युरोपियन मुलुकमा छदैछ । SAARC भनेको पनि त्यही हो । भागबन्डा नमिलेर उत्तर परदेशबाट अलग भयो उतरा खण्ड । उता आन्ध्रमा कुरा नमिलेर टुक्रियो अनि तेलंगाना जन्मियो । अब पालो माहाराष्ट्रको हो कि जस्तो छ । गोरखा ल्याण्डको कुरा त हामी सबैलाई अबगत नै छ। ल अब पहिचान र धर्मको कुरा गर्ने हो भने इराक बर्षौ देखि सिया र सुन्नी मुस्लिमको चपेटामा छ ।
म मा निकै ठुलो राष्टबाद पलाएको छ । परन्तु राष्टबादका मुल्य-मान्यता बोकेर हाम्रो हिमाल अझैसम्म उभिएकै छ । पुर्खाको भजन गाउन भन्दा पहिला सिन्धुलीगढमा बगेको हाम्रो रगत छोएर कसम खानु पर्छ कि म मरे पनि मेरो देश बाँची रहोस । आफु मरे पछि सबै सकिदैन । अझै अरबौ बर्षसम्म पृथ्वीका सन्तान यसरी नै फोक्सोमा उद्देलित हावा भर्ने छन ल त्यी नालापानी र कालापानी अनि कुमाउ गढको खुन अझै गल्दो छैन ।

नेपाल सानो छ । तर हाम्रा माग ठुला छन । सबैलाई जमिन भाग लगाउनु छ र आफु अझै सानो भएर खुम्चिनु छ । हामीलाई सिमा स्तम्भ हराएकोमा पिर छैन, दौरा सुरवाल लगाउने चलन हराएकोमा पिर छ । मानौ दौरा सुरवाल रहेमा देश रहन्छ सिमा रहिरहनु पर्दैन । कस्तो नियति हो यो ? देश भन्दा ठुलो एक जोर लुगा । एक थान बाजा । एक थान भाषा । जसरी बुद्ध जन्मेको भारतमा हो भनेर अफवा फैलदा सम्पुर्ण नेपालीको खुन उम्लेर आँउछ त्यसरी नै धरान-धनकुटा किराँतीको हो भन्दा मलाई पनि खुन उम्लेर आँउछ, किनभने भुमि भनेको भगवान पनि हो ।
सायद मैले पाल्पा र स्याङ्गजा मगराति भुमि हो भनेर गर्ब गर्ने हो भने त्यहाँका अन्य बहु जाति बहुलाउने छन । यो मिश्रित समुदायमा सबैले दही खान्छन । जमाएर हातमा राख्दैनन् । ल आहा ! त्यो इलाम ! चिया बगानमा एक कपी फोटो खिचु । र यम बराल ले झैँ-बादलुको घुम्टोले इलाम बजार छोप्दा .....मैले सबै पिर लाई बिर्सु र सम्झु ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक