20140804

प्रचन्ड र बाबुराम पनि अलग हुने तयारीमा, एमाओबादी को उँधो लाग्ने गती तिब्र, पाप धुरीबाट कराउँदैछ !

बाबुराम भट्टराई र देवेन्द्र पौडेललाई स्थायी समिति र टोपबहादुर रायमाझीलाई सचिव बाट हटाउने तयारी
एकीकृत माओवादीले बाबुराम भट्टराई पक्षका नेता गंगा श्रेष्ठ र रामरिझन यादवलाई केन्द्रीय सदस्यबाट निलम्बन गरेको छ । बेलुकी बसेको स्थायी समिति बैठकले दुई जना नेतालाई निलम्बन गरेको हो । धनुषामा समानान्तर जिल्ला समिति घोषणा गर्ने कार्यक्रममा ‘प्रमुख अतिथि बनेकोमा श्रेष्ठलाई तीन र विशेष अतिथि बनेकोमा यादवलाई एक महिनाका लागि निलम्बन गरिएको’ एकीकृत माओवादीका नेता हितराज पाण्डेले जानकारी दिनुभयो । पहिले नै जिल्ला समिति बनेको धनुषामा भट्टराई पक्षले अलग सम्मेलन गरी
समानान्तर जिल्ला समिति घोषणा गरेको थियो । त्यस्तै एकीकृत माओवादीको संस्थापन पक्षले बाबुराम भट्टराई र देवेन्द्र पौडेललाई स्थायी समिति र टोपबहादुर रायमाझीलाई सचिव बाट हटाउने तयारी गरेको छ । स्थायी समिति बैठकमा लगातार तीन पटक उपस्थित नभएको भन्दै हटाउने तयारी भएको हो । ‘उहाँहरु लगातार तीन वटा बैठकमा आउनुभएको छैन् ।’ अध्यक्ष प्रचण्ड पक्षीय एक पदाधिकारीले भने ‘तीन पटक लगातार बैठकमा उपस्थित नभएमा हटाउने व्यवस्था छ । हामी एक पटक सोध्छौं । नआए विधानमा भए अनुसार कदम चाल्छौं ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक