20140803

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइरालाले लज्जास्पद व्यवहार देखाए !

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइरालाले लज्जास्पद व्यवहार देखाएका छन् । त्रिभुवन बिमानस्थलमा बिहान कोइरालाले देखाएको लज्जास्पद व्यवहारले राष्ट्रकै बेइज्जति भएको छ । त्रिभुवन बिमानस्थलमा सुशीलको व्यवहारलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार बनाइरहेका छन् । यस्तो छ सुशीलको बेहोसी :
 पहिलो,
sushil-modi1मोदीलाई बिमानबाट झरेपछि पुष्पगुच्छा लिएर तयार भएका प्रधानमन्त्री कोइराला होस हराएझैं देखिए । मोदी आफ्नो नजिक आइरहँदा उनी केही हौसिरहे जस्तो देखिन्थे । एकघण्टादेखि नै मोदीलाई दिन तयार पारेको पुष्पगुच्छाको टुप्पो उनले आफैतिर फर्काए । त्यतिमात्र होइन, मोदीलाई दिनुपर्ने पुष्पगुच्छा उनले धेरैबेर आफ्नै
हातमा राखिरहे । मोदी पुष्पगुच्छा लिन खोज्थे, तर कोइराला हातमै समाइराख्थे । कोइरालाले छाड्दै छाडेनन् । त्यसपछि मोदी आफैंले ताने । र, सहयोगीलाई पुष्पगुच्छा दिए ।sushil-modi-subash-nemwang मोदी आउनुअघि नै पत्रकारहरुलाई फोटो खिच्नका लागि निश्चित ठाउँमा लगेर राखिएको थियो । पत्रकारहरु सुशीलले मोदीलाई पुष्पगुच्छा दिएको तस्वीर खिच्न खोजिरहेका थिए । तर, सुशीलले क्यामेरातिर पिठ्युँ फर्काइदिए । उता मोदी भने क्यामराम्यानतिर फर्कसकेका थिए । मोदीले नै पत्रकारहरुले फोटो खिच्न थालेको संकेत गरे । तैपनि कोइरालाले बुझेनन् । साथमै रहेका सञ्चारमन्त्री मिनेन्द्र रिजालले पछाडिबाट कोटमा समातेर तानेपछि मात्र कोइराला फिस्स हाँस्दै क्यामेरातिर फर्किए । यो देखेर मोदी भने हाँसिरहेका थिए । 
दोस्रो,
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले स्वागत गर्ने क्रममा पनि कोइरालाले उही बेहोसीपन देखाए । नेम्वाङ मोदीको स्वागतका लागि अघि सरे । नेम्वाङ र मोदीले हात अगाडि लम्काए । तर, बीचमा उभिदिए कोइराला । उनीहरुले हात मिलाउन नपाएपछि सुशीललाई फेरि मिनेन्द्रले ताने । जुन तस्वीरमा प्रस्टै देखिन्छ । मिनेन्द्रले तानेपछि मात्र नेम्वाङ र मोदीले हात मिलाउन पाए ।
 तेस्रो,
स्वागत सकिएपछि पालो आयो सलामीको । नेपाली सेनाले मोदीको सम्मानमा १९ तोपको सलामी दियो । त्यतिबेला सबैभन्दा पहिला राष्ट्रिय धुन बजाइयो, अनि नेपाली । सुशीलसँगै उभिएका मोदीले दुवै धुन बजाउँदा दाहिने हात उठाएर सलामी ग्रहण गरे । तर, सुशीलले सलामी ग्रहण गर्दै हात उठाएनन् । मोदीको छेउमा उभिरहे । मिनेन्द्रसँग रिसाए सुशील मोदीका सामु मुख नखोले पनि मोदीलाई बिदा गरेर होटल हायततिर पठाएपछि भने कोइरालाले संचारमन्त्री रिजाललाई हप्काए । मोदीका सामु पटकपटक आफ्नो पाखुरामा समातेर तानेको भन्दै कोइराला रिजालसँग रिसाएका हुन् । आफ्ना समकक्षी र अन्तर्राष्ट्रिय मिडिया सामु रिजालको त्यस्तो व्यवहार कोइरालाले अपमानित महसुस गरेको स्रोतले बतायो । रिजालले भने आफूले अपमान नभइ सहयोगमात्र गरेको जबाफ दिएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक