(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140819

राजनीतिक क्षेत्रका महान नौटँकी प्रचण्डले कटवालका कारण माओवादीको रौं पनि नहल्लिएको प्रतिक्रिया दिए, आत्मकथा इतिहासकै ‘वाहियात’, कटवालले नौटंकी गरेको उनको आरोप

रौं हल्लिए नहल्लिएको त तपाईंलाई थाहा होला तर छबिलालको प्रधानमन्त्रीको कुर्सी,  छबिलाल अध्यक्ष रहेको सबैभन्दा ठुलो पार्टी एमाओबादी २६ सिटमा पुगेर बेस्सरी हल्लिएको जगत ले देखेकै छ छबिलाल जि ! भन्दै छन पर्यबेक्षक
पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको एमाओवादी अध्यक्ष पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले भर्खरै प्रकाशित आफ्नो आत्मकथामा उल्लेखित माओवादीलाई आफ्नो प्रधानसेनापतित्वकालमा सैनिकमञ्चमा आमसभा गर्न नदिएको तथ्यमा कुनै असत्यता नरहेको प्रस्ट पारेका छन्। आफू प्रधानसेनापति हुनुअघि २०६३ जेठ १९ गते टुँडिखेलमा आयोजित सभाबाट केही माओवादी स्वतस्फुर्त रुपमा सैनिक मञ्चमा छिरे पनि त्यो घटनाबारे आफूले आत्मकथामा उल्लेख नगरेको उनले उल्लेख गरेका छन्। उनले फेसबुकमार्फत जारी प्रस्टीकरणमा उल्लेख गरेका छन्, 'मैले प्रधानसेनापतिको फुली लगाएको २०६३ भदौ अन्तिम साता हो, अहिले सामाजिक सञ्जालमा उल्लेखित घटना २०६३ जेठ १९ गतेको हो, जतिबेला म चिफ भएकै थिइनँ । खुलामञ्चमा गरिएको माओवादीको त्यो सभाबाट एउटा हुल स्पोन्टेनियस्ली सैनिक मञ्चतिर पनि छिरेको मैले
थाहा पाएको हुँ। यो कुरा त्यतिबेलाका पत्रपत्रिकाले समेत उल्लेख गरेकै छन्। त्यतिबेला अचानक आइपरेको परिस्थितिबाट ठूलो जनधनको क्षति हुन नदिन सेनाले संयमता अपनाएको थियो। म चिफ नहुँदाको घटना भएकाले यसबारे पुस्तकमा उल्लेख गरिएको छैन।' उनले पुस्तकमा उल्लेखित सन्दर्भ म चिफ भइसकेपछिको त्यो घटनालाई लिएर हो जतिबेला माओवादी पार्टीले प्रचण्डको उपस्थितिमा पहिलो आमसभा नै सैनिक मञ्चमा गर्ने तयारी गरेको थियो भनेर प्रस्टीकरण दिएका छन्। उनले भने, 'अघिल्लो घटनाबाट पाठ सिकेरै राष्ट्रिय अस्मितामाथि प्रहार हुन नदिन मैले योजनाबद्ध रूपमा सैनिक मञ्चमै गर्न लागिएको सभा त्यहाँ हुन नदिएकै हुँ।'
प्रचण्डको तिव्र आलोचना गरेका छन् । मंगलबार आफ्नै निवास लाजिम्पार्टमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो आलोचना गरेका हुन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व प्रधानसेनापति कटवालको आत्मकथालाई इतिहासकै ‘वाहियात’ भनेर आरोप लगाए । प्रचण्डले कटवालका कारण माओवादीको रौं पनि नहल्लिएको समेत प्रतिक्रिया दिए । पुस्तक यथार्थ धरातलमा नभएको र कटवालले नौटंकी गरेको उनको आरोप थियो । उनले कटवाल शिकारीका रुपमा प्रयोग हुने मान्छे भएकोसमेत आलोचना गरे । 

कटवालको आत्मकथा पढ्दा

अमित ढकाल 


आत्मकथा लेखन एक हिसाबले सिनेमा निर्माणजस्तै हो। आत्मकथा लेख्ने मानिसले यसै पनि जीवनको लामो हिस्सा तय गरिसकेका हुन्छन्। मूलघटनाहरू मानिसको जीवनको फरकफरक कालखण्डमा हुने हुन्। कतिपय यी घटनामाथि मानिसको नियन्त्रण हुन्छ। कति घटनाले मानिसको जीवनलाई नै नियन्त्रण गरिदिन्छन्। नयाँ मोड दिन्छन्।
आत्मकथा लेखकको सुविस्ता के हो भने, वर्तमानमा उभिएर उसले ती घटनालाई हेर्छ, अर्थ लगाउँछ र एउटै कथामा तिनलाई बुन्छ।
फरक कालखण्डमा भएका ती घटना जीवनका मोड र भोगाइ एउटै कथामा उनिएपछि सजीव भएर आउँछन्, पट्यारलाग्दा सिनेमा सुटिङका सिन एउटै ठाउँमा राखेर रोमाञ्चक सिनेमा बनाएजस्तै।
अठारौं शताब्दीका प्रसिद्ध बेलायती लेखक, साहित्यकार स्यामुयल जोन्सनले लेखेका छन्, ‘कुनै मानिसको जीवनी सबैभन्दा राम्ररी लेख्ने ऊ आफैंले हो।’
आत्मकथामा मानिसले आफ्नो भावना, सपना र आरोह–अवरोह, घटना र जीवनका छिद्रहरूलाई जति मसिनो गरी केलाएर लेख्न सक्छ, त्यसरी अर्को व्यक्तिले लेख्न सम्भव छैन।
पाठकका लागि भने आत्मकथा पढ्नु भनेको सम्झौता गर्नु हो।
आत्मकथामार्फत् मात्रै मानिसले अर्को व्यक्तिको जीवनका छिद्रमा प्रवेश पाउँछ। तर, कुन छिद्रमा प्रवेश दिने र कुनमा निषेध गर्ने भन्ने निर्णय लेखक आफैंले गर्छ। त्यसैले आत्मकथा मानिसको जीवनको पूर्ण ऐना हैन।
फ्रेन्च लेखक आन्द्रे मौरियो आत्मकथा लेखनका खरा आलोचक हुन्। उनको विचारमा आत्मकथाको ‘नायक’मा आफ्ना असफलता लुकाउने र आफ्ना लागि अप्रिय वा आफ्नो व्यक्तित्वमा दाग लगाउनसक्ने घटना ‘बिर्सने’ विलक्षण प्रतिभा हुन्छ।
रुक्मांगद कटवालको आत्मकथा पठनीय छ। राणा शासनकालमै सर्वस्व हरण गरेर सेनाबाट निकालिएका हवलदारका छोरा सय वर्षभित्रै त्यही सेनाको प्रधानसेनापति बन्नु कम रोमाञ्चक यात्रा हैन। एक हिसाबले नेपाली राज्य र सेनामाथि पूर्वी पहाडको सामान्य कटवाल परिवारले लिएको बदला हो यो।
यो आत्मकथाभित्र झन्डै सय वर्षअघिको पुरातन नेपाली समाजमा आफूलाई मन परेको क्षेत्री केटोसँग विवाह गर्ने एक विद्रोही तथा साहसी नेवार केटीको कथा पनि छ। माइतीबाट पूरै त्यक्त यी महिलाले आफ्ना श्रीमानको असामयिक मृत्युपछि झेलेको कठोर जीवनको सानो पाटो छ। ऐँठन पर्ने अभावबीच पनि ती महिलाले आफ्नो कान्छो छोराका लागि सपना देख्छिन्। उसमा सम्भावना देख्छिन्। छोरालाई फुर्क्याउँछिन्, ‘कान्छो, तेरो त ग्रहगोचर पनि राम्रो छ रे, ठूलो मान्छे हुनुपर्छ बाबै।’
उनी छोरालाई हौस्याउँथिइन्, ‘छोरा ठूलो मान्छे बन्नुपर्छ। घोडा चढेर हिँड्नुपर्छ। डाँकाकै किन नहोस्, सरदार नै हुनुपर्छ।’
छोराको सम्भावनामा उनी आफ्नो दुःख बिर्सिन्थिन्। आमाले भरिदिएको आत्मविश्वास र उनकै सपनाको पखेटा हालेर ‘कान्छो’ ले सानैमा उडान भर्‍यो। त्यही उडानले कालान्तरमा जंगी अड्डामा प्रधानसेनापतिका रूपमा स्थापित गर्‍यो।
पूर्व प्रधानसेनापति कटवालको जीवन आफैंमा एउटा तिलस्मी कथा हो। राजा महेन्द्रको पूर्वाञ्चल भ्रमण बेला उनलाई भेट्न शाही सवारीका पछिपछि तीन दिनसम्म हिँडेर सुरु भएको आठ वर्षीय बालकको यो यात्राले आफ्नै बलबुतामा जंगी अड्डाको दुरी तय गरेको हो। जसले यो आत्मकथा पढ्नेछन्, तिनमा त्यसपछि दरबारले कटवाललाई बनाएको भ्रम टुट्नेछ।
लगभग हरेक आत्मकथा आख्यानका नायकजस्तै कटवालले पनि आफ्ना कमजोरीबारे, आफ्ना गल्तीबारे केही लेखेका छैनन्। आफ्नो सार्वजनिक छवि आफैंले लेखेका कुराले धुमिल नहोस् भन्नेमा उनी पुस्तकभरि नै सचेत देखिन्छन्। आफ्ना कमजोरी लुकाउने कमजोरी भने आत्मकथाभरि पोखिएको छ।
...
पुस्तकको सुरुवात कटवालको व्यावसायिक जीवनको सबैभन्दा महत्वपूर्ण कालखण्डबाट हुन्छ। पुष्पकमल दाहाल नेतृत्वको माओवादी सरकारले उनलाई प्रधानसेनापतिबाट हटाउन खोजेको तर असफल भएको त्यो घटना ‘कटवाल प्रकरण’ का नामले नेपालको इतिहासमा दर्ज छ।
वैशाख ६ मा राजीनामा दिन प्रधानमन्त्रीले भनेदेखि उनलाई बर्खास्त गर्ने असफल प्रयास गरिएको वैशाख २० गतेसम्मको समय नै कटवालको जीवनका ‘डिफाइनिङ’ दिन हुन् जसले कटवालको सार्वजनिक छवि निर्माण गरे।
सरकारले बर्खास्त गरेका उनलाई वैशाख २० गते १२ बजे अगावै राष्ट्रपतिले थमौति गरे। कटवाल वैशाख २०, २१ र २२ को रात सेनाको मुख्यालय भद्रकालीमै सुते।
यी सकसपूर्ण १८ दिन (वैशाख ६ देखि २३ सम्म) आत्मकथामा डायरीजस्तै गरी प्रत्येक दिन रोमाञ्चक रूपमा समेटिएका छन्। प्रस्ट रूपमा नखुलाए पनि यो डायरीले धेरै कुरा भनेको छ। प्रचण्ड र बाबुराम जसरी पनि कटवाललाई निकाल्न कम्मर कसेर लाग्दा माओवादीभित्रकै केही वरिष्ठ नेता उनलाई हटाउने पक्षमा नरहेको देखिन्छ।
 कटवाल लेख्छन्, ‘हुन त मोहन वैद्य (किरण), कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द र देव गुरुङ आफूहरू स्पष्टीकरणको पक्षमा नभएको बारम्बार बताइरहनुभएको थियो।’
उनी थप लेख्छन्: ‘हाम्रो नेतृत्वलाई बुझाउन सकिएन ?’ सञ्चारमन्त्रीसमेत रहेका महराले मलाई पटकपटक भन्नुभएको थियो।
माओवादीले मात्र सेनाभित्र खेल्न खोजेको थिएन। माओवादीभित्र पनि सेनाको पहुँच थियो भन्ने देखाएको छ। कटवाल एक प्रसंगमा लेख्छन् : ‘मैले कुरा बुझेँ, माओवादीले मलाई अवकाश दिन बोलाए। एक शुभचिन्तक माओवादी मन्त्रीले यो सम्भावनाबारे जानकारी गराइसकेका थिए।’
 प्रचण्डले कटवाललाई हटाउने असफल प्रयासको भोलिपल्टै राजीनामा दिएका थिए। आफ्नो राजीनामा मन्तव्यमा उनले भने, ‘विदेशी प्रभुसँग झुक्नुभन्दा राजीनामा दिन उचित ठानेँ।’ उनको इसारा भारततर्फ थियो।
कटवाललाई उनको पदावधि सकिनु चार महिनाअघि हटाइनु हुन्न भन्नेमा भारत मात्र थिएन, कटवाल स्वयं चट्टान सरी उभिएका थिए। उनी कुनै लोभ, लालच, डर र धम्कीसामु झुकेनन्। राष्ट्रपति, नेपाली कांग्रेस, एमालेको ठूलो हिस्सा, मधेसी पार्टी कोही पनि उनलाई प्रधानसेनापतिबाट हटाउने पक्षमा थिएनन्। भारत पनि कति गहिरोसँग त्यसमा संलग्न थियो भन्ने तथ्य कटवालको आत्मकथामा उजागर भएको छ।
२०६६ साल वैशाख २० गते आइतबार कटवाल प्रधानमन्त्री निवास पुग्छन्। उनलाई अवकाश पत्र थमाउने बालुवाटारको योजना सफल हुन्न। पत्र नबुझी उनी जंगी अड्डा हानिन्छन्।
 ‘म अफिस पुग्दा सबै पिएसओ बैठक कक्षमा थिए। छत्रमानको नेतृत्वमा उनीहरू सबै मलाई कुरेर बसेका थिए। म पहिला आफ्नो कोठामा गएँ। तीन–चारवटा महŒवपूर्ण कल गरेँ। मलाई अवकाश दिएर कुलबहादुरलाई कायममुकायम सेनापति बनाइएको खबर उनीहरूले पाइसकेका रहेछन्।’
बिहीबार पुस्तक विमोचन क्रममा यो पुस्तकबारे कटवालसँग वार्ता गर्ने अवसर पुस्तक प्रकाशन गृह नेपालयले मलाई जुराइदिएको थियो। मैले कटवाललाई सोधेँ, ‘बालुवाटारबाट जंगी अड्डा पुग्नुअघि नै तपाईंले सबै नेताहरूलाई फोन गरिसक्नुभएको थियो। जंगी अड्डाभित्र पसेर तीन–चार कल कसलाई गर्नुभयो ?’
उनले पन्छिन खोज्दै भने, ‘स्टेट सिक्रेट।’
फेरि घुमाउरो पाराले भारतमा फोन गरेको स्वीकार गरे। तर, उनले फोन गर्नुअघि नै दिल्लीमा कटवालले नियुक्ति पत्र बुझेको सूचना पुगिसकेको थियो, सायद बालुवाटारबाटै।
 यसरी देशभित्रका सबै शक्ति र प्रत्यक्ष रूपमा भारत र परोक्ष रूपमा अमेरिका, बेलायत पनि संलग्न थिए कटवाल प्रकरणमा, माओवादीलाई सेनामाथि हस्तक्षेप गर्नबाट रोक्न।
आत्मकथा विधाको सबैभन्दा ठूलो कमजोरी के हो भने, यो म–पुराण हुन्छ। आफूलाई केन्द्रमा राखेर आत्मकथा लेखिन्छ, अनि त्यही घटनाका अन्य पात्र, चाहे ती आफूभन्दा बलिया किन नहुन्, सहायक पात्रमा बदलिन्छन्। कटवालको आत्मकथाको यो १८ दिनको डायरी पढ्दा यस्तो लाग्छ, यो १८ दिने सिनेमाका ‘¥याम्बो’ उनी नै थिए। उनकै वरिपरि अरू सबै पात्र र घटना घुम्थे। अनि उनैले जंगी अड्डामा नेतृत्व परिवर्तनको माओवादी योजना विफल बनाइदिए।
कटवाल १८ दिने सिनेमाका ‘¥याम्बो’ पक्कै होइनन्। भोलि राष्ट्रपतिले पनि आत्मकथा लेखे भने उनले ¥याम्बोको भूमिका आफ्नै लागि सुरक्षित राख्लान्। दिल्लीमा कसैले त्यसै गर्ला।
एउटा कुरा भने हामीले मान्नैपर्छ। कटवाल एक्लैले माओवादीको जंगी अड्डा प्रवेश रोकेका हैनन्। तर, उनी एक्लैले छोडिदिन भने सक्थे। लोभ, लालच, डर, धम्की कुनै एकका सामु उनले खुट्टा टेकेका भए अरूले थाहै नपाई माओवादीले जंगी अड्डामा झन्डा गाडिसकेका हुन्थे।
पाँच वर्षअघिको माओवादी र आजको माओवादीमा आकाश–जमिनको फरक छ। २०६६ सम्म पनि माओवादीमा युद्ध धङधङ बाँकी थियो। सत्ता कब्जा गर्ने महŒवाकांक्षा ताजै थियो। त्यही महŒवाकांक्षाको पाटो थियो, कटवाल हटाउने योजना। सेनामाथि कब्जा जमाएको भए माओवादी सम्पूर्ण सत्ताकब्जामा जान सक्थ्यो।
युद्ध लडिरहेको माओवादी शक्तिभन्दा सत्ता कब्जा गरेको माओवादी शक्ति बढी उत्ताउलो र हिंस्रक हुन्छ भन्ने इतिहासले देखाएको छ। त्यो सम्भावित त्रासदीबाट देशलाई र स्वयं माओवादीलाई जोगाउनेमा कटवालको ठूलो भूमिका छ। जीवनपर्यन्त कटवालको बाँच्ने ‘लिगेसी’ त्यही हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक