20140807

कमरेड डन चरी मारिए पछि संसदमा हंगामा ! : चरीको गैरन्यायिक हत्या भएको भन्दै धादिङका एमाले नेता कार्यकर्ता र चरीका आफन्तहरु केन्द्रीय कार्यालय बल्खुमा नाराबाजी गर्दै पुगे !

एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनेश अधिकारी चरीको सुनियोजित हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । चरीलाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका धादिङका एमाले कार्यकर्ता तथा चरीका परिवारलाई सम्बोधन गर्दै ओलीले छानबीनका लागि पार्टीले पहल गर्ने आश्वासन दिए । चरीको गैरन्यायिक हत्या भएको भन्दै धादिङका एमाले नेता कार्यकर्ता र चरीका आफन्तहरु केन्द्रीय कार्यालय बल्खुमा नाराबाजी गर्दै पुगेका थिए । सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल
तुलाधर, गुरु बुर्लाकोटी, धनवहादुर घले, जिल्ला अध्यक्ष भूमी त्रिपाठी सहितका नेताहरु केन्द्रीय कार्यालयभित्र प्रवेश गरेपनि अरुलाई मुख्यद्धारमै रोकिएको थियो । ओलीले कार्यकर्ताको कुरा सुनेपछि चरीको सुनियोजित हत्या भएकाले छानबीन समिति गठन हुनुपर्ने बताए । ‘यो सुनियोजित हत्या हो, सर्वदलीय संसदीय समिति वा अन्य निष्पक्ष छानबीन समिति गठन गर्नुपर्छ’ ओलीले भने ।


सभामुख सुवास नेम्वाङले डन दिनेश अधिकारी चरी हत्यकाण्डबारे यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा एमाले सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीको हत्या नियोजित रुपमा प्रहरीले गरेको भन्दै गृहमन्त्रीको जवाफ मागेका थिए ।
एमाले सभासदहरुले चरी हत्याबारे यथार्थ नआए संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले गृहमन्त्रीलाई शुक्रवारको बैठकमा यसबारे यथार्थ जानकारी गराउन रुलिङ गरेका हुन् । नेम्वाङले नेपालगन्जमा एक १८ वषर्ीया युवतीको बलात्कारको घटनाको पनि यथार्थ जानकारी गराउन रुलिङ गरेका छन् ।
एसएसपीलाई निलम्बन गर्न माग
संसद बैठकमा समय लिएर बोल्दै धादिङका एमाले सभासदहरुले गृहमन्त्री बामदेव गौतमको आलोचना गर्दै प्रहरीले बर्दीको आडमा गैरन्यायिक हत्या गरेको आरोप लगाएका थिए ।
सभासद पाण्डेले चरीलाई चक्रपथभित्रै  हत्या गरेर भीमढुंगामा नक्कली मुठभेड रचिएको आरोप लगाए । ‘यो हत्यामा संलग्नहरुलाई न्यायिक कारवाहीको दायरमा ल्याउन एसएसपी पुष्कर कार्कीलाई निलम्बन गरि छनबिन थाल्नुपर्छ’ पाण्डेले भने ।
प्रहरीले बर्दी लगाएर संगठित अपराध गरेको भन्दै उनले चरी अपराधी भए पक्राउ गरि कारवाही गर्नु पर्नेमा नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाए । ‘चरीलाई मारिएको ठाउँमा एक थोपा रगत छैन यसले पनि उनलाई बाहिर मारेर लगेको पुष्टि हुन्छ’ पाण्डेले भने ।
हत्यामा ५० लाख ?
एमालेकै अर्का सभासद गुरु बुर्लाकोटीले एक प्रहरी अधिकृतले प्रेमिकाको निहुँमा चरीको हत्या गराएको आरोप लगाए ।  ‘चरीकी प्रेमिकालाई मन पराउने ती प्रहरी अधिकृतले ५० लाख खर्चेर भने पनि चरीको हत्या गराउँछु भनेका थिए । उनैको टोलीले मारेको भन्ने छ, यथार्थ बाहिर ल्याइयोस’ बुर्लाकोटीले संसद बैठकमा भने ।
बुर्लाकोटीले चरीको हत्याका पछाडि ठूलो खेल रहेको भन्दै यसको निष्पक्ष र न्यायिक छानबीन हुनुपर्ने माग गरे ।
अर्का सभासद गंगालाल तुलाधरले चरी हत्या प्रकरणमा प्रहरीले तथ्य बंग्याएर पुष्टि गर्न खोजेको भन्दै संसदलाई यथार्थ जानकारी गराउन माग गरे ।
बुधबार साँझ काठमाडौंको भीमढुंगामा मुठभेड भएको र घटनामा चरी मारिएको प्रहरीले बताएको छ ।
को हुन प्रेमिका ?
एमाले सभासद्ले संसदमा चर्चा गरेकी चरीकी प्रेमिका हुन- पूर्व मिस टीन नेपाल खुश्वु ओली । सन् २००७ की मिस टीन ओली अहिले एक एनजिओ चलाएर बसेकी छिन् ।
प्रहरीले उनको घरबाट चरीले प्रयोग गर्ने गाडीसमेत बरामद गरेको थियो ।
बुधबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेकी ओलीले आफुलाई मन पराउने एक ब्यक्तिले पुलिस अफिसरको सहयोगमा दिनेशको हत्या गरेको दावी गरेकी थिइन् ।
ती ब्यक्तिलाई आफुले भाउ नदिएपछि पचास लाख खर्च गरेर भए पनि चरीको हत्या गर्ने धम्की दिएको उनको दावी थियो । आज एमाले सभासद्हरुले उनकै दावीमा टेकेर संसदमा बोलेका हुन् ।
चर्चित डन दिनेश अधिकारी चरीलाई प्रहरीले योजनाबद्ध रुपमा हत्या गरेर मुठभेडको हल्ला चलाएको भन्दै एमाले सभासदले संसद बैठकमा गृहमन्त्रीसँग जवाफ मागेका छन् ।
धादिङ क्षेत्र नम्बर ३ का सभासद एबम् एमाले नेता राजेन्द्र पाण्डेले संसद बैठकमा समय माग गरेर बोल्दै चरीको गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई निलम्बन गरि छानबीन थाल्न माग गरेका हुन् ।
धादिङका एमाले कार्यकर्ता समेत रहेका चरीको हत्याबारे यथार्थ जानकारी गृहमन्त्रीबाट नआए संसद अवरुद्ध गर्ने चेतावनी समेत पाण्डेले दिएका छन् । उनले प्रहरी संगठित अपराधको जमात बनेको भन्दै एसएसपी पुष्कर कार्कीलाई निलम्बन गरेर छानबीन थाल्नुपर्ने बताए ।
‘प्रहरीले योजनाबद्ध रुपमा दिनेश अधिकरीको हत्या गरेको छ, यो बर्दीको आडमा भएको संगठित अपराध हो’ पाण्डेले भने । पाण्डेले चरीलाई चक्रपथभित्रै मारेर भीमढुंगामा लगी नक्कली मुठभेड खडा गरेको आरोप लगाए ।
प्रहरीले व्यक्ति हत्या गर्ने अधिकार कहाँबाट पायो भन्दै पाण्डेले भने, ‘यदि गुण्डा भन्दै मार्ने हो भने जेलभित्र रहेकाहरुलाई पनि मारेर जेल खाली गरे भयो । होइन भने गुण्डा भन्दैमा पक्राउ गरेर मार्न पाइदैन ।’
यसैवीच संसद बैठकमै बोल्दै एमाले धादिङका सभासद गंगालाल तुलाधर र गुरू बुर्लाकोटीले अाफ्नै पार्टीका गृहमन्त्री बामदेव गाैतमको चर्को अालोचना गर्दै चरिको हत्या नियोजितरूपमा गरिएको भन्दै निष्पक्ष छानविनका लागि माग गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक