20140808

‘राज्यले प्रहरीलाई गोली किन दिएको ? गोलीको काम यस्तै अवस्थामा ठोक्ने त हो नि । अपराधीले प्रहरीमाथि गोली ताकेका बेला प्रहरी हेरेर बस्दैन, ठाउँको ठाउँ हानेर मार्न पाउँछ ।’

उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा डन दिनेश अधिकारी ‘चरी’ मारिएको बताए
उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा डन दिनेश अधिकारी ‘चरी’ मारिएको बताएका छन् । चरीको सुनियोजित हत्या भएको भन्दै सत्तारुढ एमाले सभासदहरुले संसदमा हंगामा गरेपछि गौतमले रोष्टममा उपस्थित भएर जवाफ दिएका हुन् । गृहमन्त्री
गौतमले चरी २०६२ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको र जिल्ला अदालत काठमाडौं तथा जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध गम्भीर फैजदारी मुद्दा चलिरहेको बताए । चरी भीमढुंगा हुँदै धादिङतर्फ जान लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले पक्राउ गर्दा खोज्दा प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको गृहमन्त्रीले बताए । ‘प्रहरीलाई शंका लागि पक्राउ गर्दा खोज्दा निजले प्रहरीतर्फ गोली प्रहार गरेकाले जवफी कारबाहीमा निजको मृत्यु भएको हो’ उनले भने । घटनाबारे गृह मन्त्रालयले समेत विवरण संकलन गरिरहेको उनले बताए । गौतमका अनुसार चरीविरुद्ध काठमाडौं प्रशासनमा हात हतियार तथा खरखजना, जिल्ला अदालतमा सवारी अंग भंगको मुद्दा चलिरहेको छ । यस्तै राधा भण्डारीमाथि खुकुरी हानी ज्यान मार्ने उद्योग गरको, हरिप्रसाद काफ्ले शर्मासँग ज्यान मार्ने धम्की दिइ रकम असुल गरेको र अपहरणको प्रयास गरेको, नवराज अधिकारीसँग पनि रकम मागेको र अवैध हातहतियार भित्र्याएको उजरी छ । तर, पार्टी उपाध्यक्षसमेत रहेका गृहमन्त्रीले संसदको रोष्टममा उभिएर दिएको जवाफमा एमाले सभासदहरुले चित्त बुझाएनन् । गृहमन्त्री बोलेर रोष्टम छाड्ना साथ एमाले सभासद राजेन्द्र पाण्डेले टेबुल ठटाए । सभामुख सुवास नेम्वाङले गृहमन्त्रीले बोलेपछि टिप्पणी गर्ने नियम नरहेको पाण्डेलाई सम्झाए । सभामुख र एमाले सभासद पाण्डेबीच जुहारी नै चल्यो । पाण्डेले ‘मन्त्री ज्यूले पुलिसले लेखिदिएको रिपोर्ट आएर पढ्नुभएको छ । यो यत्तिकै टुंगिने विषय होइन’ भनेपछि एमाले सभासदहरुले टेबुल ठटाएर समर्थन गरे । घुमाएर भए पनि पाण्डेले आफ्नो कुरा राखेको भन्दै सभामुखले सदनको कारबाही अघि बढाए । डन दिनेश अधिकारी (चरी) माथि भएको गोली प्रहारबारे गृहमन्त्री वामदेव गौतमले छानविन गर्ने बताइरहँदा र एमाले अध्यक्ष केपी ओलीले सुनियोजित हत्या भएको भनिरहँदा प्रहरी अधिकारीले भने यो घटनालाई ‘उत्कृष्ठ काम’ बताएका छन् । घटनास्थलमा भेटिएको चरीले प्रयोग गरेको पेस्तोल ‘प्रहरीले चरीमाथि गोली ठोकेर उत्कृष्ठ काम गरेको छ, राज्यका सिपाहीमाथि गोली ताक्नेलाई यसै गर्नुपर्छ,’ गुण्डा नियन्त्रण अभियान चलाएका काठमाण्डौका एक पूर्व प्रहरी अधिकारीले  भने- ‘राज्यले प्रहरीलाई गोली किन दिएको ? गोलीको काम यस्तै अवस्थामा ठोक्ने त हो नि । अपराधीले प्रहरीमाथि गोली ताकेका बेला प्रहरी हेरेर बस्दैन, ठाउँको ठाउँ हानेर मार्न पाउँछ ।’ ‘तर, चरीलाई घुँडामुनि गोली हानेर पक्रन सकिँदैनथ्यो ? प्रहरीले नक्कली इन्काउन्टर खडा गर्‍यो भन्ने एमाले नेताहरुको आरोप छ नि ?’ अनलाइनखबरको प्रश्नमा ती अधिकारीले भने- ‘गोलीले घुँडा र छाती केही भन्दैन, प्रहरीमाथि गोली चलाउनेलाई छातीमात्रै होइन, टाउकोमा पनि हान्न पाइन्छ, त्यहाँ म भएको भए टाउकैमा हान्थें ।’ चरीमाथि भएको गोली प्रहारलाई लिएर प्रहरीमाथि अनुसन्धान वा कारवाही हुनै नसक्ने ती अधिकारीले बताए । ‘समाजको शत्रु मारेर प्रहरीले उत्कृष्ठ काम गरेको छ, यस्ता विरोधले प्रहरी संगठनमा केही हुनेवाला छैन, जसले प्रहरीको विरोध गर्छन्, तिनीहरु आफैं नांगिन्छन् ।’ उनले भने- ‘अपराधी भेट्न अस्पताल-अस्पताल दौडिने नेताहरुको विरोधले प्रहरी संगठन हल्लिनेवाला छैन, यो घटनाले प्रहरी संगठनलाई अझ शक्तिशाली र मजबुद बनाएको छ । विरोधले केही हुनेवाला छैन ।’ आक्रोश व्यक्त गर्दै ती अधिकारीले भने- ‘नेता र अपराधीको साइनो सम्बन्ध कस्तो रहेछ भन्ने यो घटनाले देखाएको छ, समाजको शत्रु मर्दा प्रहरीलाई कारवाही गर्ने ? यी नेताहरुले के गर्न खोजेका हुन् ?’ चरीको हत्यासम्बन्धी घटनालाई केटीकाण्डसँग जोडेर प्रचार गरिए पनि केही हुन नसक्ने उनले बताए । ‘यस्ता प्रचारले केही हुँदैन, प्रहरीले साह्रै राम्रो काम गरेको छ ।’ उनले भने । यस्तो काम गर्ने प्रहरीलाई हेडक्वार्टरले पुरस्कृत गर्नुपर्ने उनले तर्क गरे । विगतमा पनि डाका र अपराधीलाई मार्ने प्रहरीलाई फुली थपिदिने परम्परा रहेको उनले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक