20140917

वैद्यले गोलमेच सम्मेलनको नाममा दलहरुले आफूहरुका मागलाई झारा टार्ने ढंगले लिएकाले सम्मेलन बहिस्कार गरेको दाबी गरे !

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले गोलमेच सम्मेलनको नाममा दलहरुले आफूहरुका मागलाई झारा टार्ने ढंगले लिएकाले सम्मेलन बहिस्कार गरेको दाबी गरेका छन् । ३३ दलीय मोर्चाको मागलाई सम्बोधन गर्नुको साटो झारा टार्ने र टालटुले पाराले सरकार र राजनीतिक दलले गोलमेच सभा गर्न लागेको उनको आरोप थियो ।
ललितपुरमा बुधबार पार्टीको  प्रशिक्षण कार्यक्रममा वैद्यले संविधानसभालाई अधिकार सम्पन्न बनाएर छलफल गर्ने सहमति विपरित दलहरु अघि बढेका कारण सर्वपक्षीय राजनीतिक सभा बहिष्कार गर्नुपरेको तर्क गरे ।
वैद्यले दलहरु सर्वपक्षीय गोलमेच सम्मेलनको विधि, प्रक्रियाबारे पनि स्पष्ट नभएको तथा विगतमा आफूहरुले पेश गरेको गोलमेच सम्मेलनको ८ बुँदे एजेन्डाप्रति पनि गम्भीर नभएको बताए ।उनले जनयुद्धकालीन मुद्दा ब्युँत्याउने, सहिद तथा बेपत्ताको परिवारप्रति उदासीन तथा विगतमा भएका असमान सन्धि–सम्झौता पुर्नमूल्यांकन नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।
यि बैद्यबाले के खोजेका हुन कुन्नी ?? सधैं बिच्किने, अनी अशिक्षित, बेरोजगार, गरीब गुरुवाहरुलाई भड्काएर यिनले के पाउने होलान ! यही गर्दा गर्दै कुन दिन पोस्टबहदुर बोगटी भेट्न पुछन यि बैद्यबा पनि हेर्नुहोला !       


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक