20140918

को हुन सि के राउत ? कहाँका हुन् ? यिनको परिवार, आफन्त को, कहाँ छन ? कससंगको नाता देखाएर यिनले नेपालको नागरिकता लिएका थिए ?

- सुबोधराज प्याकुरेल
को हुन सि के राउत ? कहाँका हुन् ? यिनको परिवार, आफन्त को, कहाँ छन ? कससंगको नाता देखाएर यिनले नेपालको नागरिकता लिएका थिए ? र अहिले यिनीसंग कुनकुन देशको नागरिकता छ ? यिनका आफन्त, छरछिमेक यिनको अभिव्यक्तिका बारेमा के भन्छन ? असल पत्रकारले नालीबेली खोतल्नुस् । गृहमन्त्री, प्रधानमन्त्रीले २४ घण्टाभित्र राष्ट्रलाई यो जानकारी दिनुस् । सक्नुहुन्न राजीनामा दिनुस् । अन्यथा तत् तत् पार्टीले गृहमन्त्री र प्रधानमन्त्रीलाई पदबाट बर्खास्त गर्नुस् । निम्छराको काम छैन मुलुकमा । नेपाल आमाको नमक खाएर हुर्केको कृतघ्न रहेछन् सि के, जो हाम्री जन्मभूमिलाई बेष्या भन्छ र पनि फूर्ति लगाउँछ । तिनको पक्षमा मधेसी छन्, त्यसैले खबरदार कारवाही गर्लास् भन्ने तथाकथित मधेसी विद्वान पल्टेका, डेट एक्सपायर स्वघोषित मानव अधिकारवादीहरुले सार्वजनिक प्रष्टीकरण जारी गरुन् । 
ठाउँ ठाउँमा विभिन्न मधेसी पार्टीका नाममा जुलुस-हंगामा गर्नेहरुले तुरुन्तै जनता समक्ष क्षमायाचना गरुन् । सि के केही वर्ष अघि ट्याक्सी चढेछ । तिर्ने पैसा छैन भनेछ । अमेरिकाको वैज्ञानिक हुँ, मधेसको सबभन्दा बढी पढेको बिद्वान हुँ भनेर सित्तै उम्किन खोजेको रहेछ । तर ट्याक्सी चालकले प्रहरी कार्यालयसम्म ट्याक्सी हुइँक्याएर ल्याएछन् र उनलाई पेशेछन् । सि के ले ड्युटी कमाण्डरलाई मसंग अहिले पैसा छैन, तपाई मेरो घडी
राख्नुस् र चालकलाई २ सय तिरिदिनुस्, म पैसा लिएर घडी छुटाउन आउँछु भनेछन् । प्रहरी अधिकृतले त्यसै गरेर उनलाई उम्किन सघाएछन् । अहिले बैंककको सुरक्षा र मानवअधिकार सम्बन्धी कार्यक्रममा म उनै प्रहरी संगै छुँ । मधेसमा गृहयुद्ध मच्चाउने कुत्सीत मनसायका साथ आएको हो यो सिके नामको मान्छे । केही राष्ट्रका दाताहरुको पनि नियत अनुगमन गरियोस् । समाज कल्याण परिषद् लगायत जहाँ जहाँ पार्टी क्याडरको बोलबाला छ, त्यहाँ त्यहाँ सबभन्दा बढी राष्ट्रघातको खेल खेलिन्छ । माननीय मन्त्री निलम के सी होसियार हुनुस् । मधेसका नागरिक संगठित हुनुस् । तपाईँहरु उपर आक्रमण गराउने र तपाईँहरुको लासमा, बरवादीमा टेकेर संघीय राज्यहरुको ठूलठूला दर्जामा पुगेर मनपरी गर्ने कुत्सीत मनसायकासाथ केही मान्छे लागेका छन् । केहीले अनावश्यक ढंगले सारा मधेसी उपर आक्रमण गर्ने दुस्साहस गर्न सक्छन् । हेक्का रहोस् । हामी सम्पूर्ण नेपाली एक छौँ र रहन्छौँ । अन्याय, अत्याचार, अज्ञानता, तकलिफ मधेसी, पहाडी हुँदैन । जातीयताको बोली बोल्नेहरुलाई बिल्कुल छेउ पर्न नदिनुस् । चिप्ले कीरा जस्ता नेता, अकरमण्य प्रशासन, अनि कता धुवाँ देखिन्छ त्यतै पुल्ठो झोँस्न तम्तयार माओवादी / एमाओवादीबाट मुक्त नेपाल बनाउन नसकुन्जेल यस्ता छुस्केराले चकचक गरिरहने छन् । (सुबोधराज प्याकुरेलको फेसबुकबाट)


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक