20140918

सिके राउत प्रकरण कसरी आयो ? यसको पछाडिका सबै रहस्य के हुन ? देश टुक्र्याउने कुरा कसरी आयो ? किन बाबुराम देखी पद्मरत्न, दमननाथ सम्म राष्ट्रद्रोही सिके राउत को पक्षमा लागे ??!!

१-  नेपाल आमालाई, आफु लाई जन्म दिने जन्मभूमीलाई बेस्या भन्ने कपुत, आफ्नै आमा माथि बलात्कार गर्न चाहने पटमुर्ख, कथित डाक्टर सिके राउतले नेपालबाट तराइलाई टुक्र्याएर अलग देश बनाउन पाउनुपर्ने माग गर्नु सानो अपराध होइन । बामदेब गौतम जी तपाईं यदी आफुलाई राष्ट्रबादी भन्नुहुन्छ भने तपाईंको गृह मन्त्रालय र यस अन्तरगतको प्रहरी, अनुसन्धान बिभाग लगायत सबै सम्बन्धित निकाय परिचालन गरेर सिके राउत प्रकरण कसरी आयो ? यसको पछाडिका सबै रहस्य तत्काल सार्वजनिक गर्दै यो राष्ट्रद्रोही अपराधीलाई आजिबन जेल पठाउने गरी प्रहरीलाई अदालत मा पेश हुन आदेश दिनुस् नत्र तपाईं भन्दा कमजोर गृहमन्त्री नेपाल मा कोही हुने छैन, नेपाल आमाले तपाईंलाई धिकार्ने छिन ।
२- यस्ता राष्ट्रका महाअपराधीको यो प्रकरणको वास्तविकता पत्ता लगाइ सत्य तथ्य बाहिर ल्याउन आफुलाई पत्रकार भन्न रुचाउने कोही "नेपाली" पत्रकार हुनुहुन्छ भने कृपया हिम्मत गर्नुहोला होइन भने नेपाल आमाले तपाईंहरुलाई सराप्ने छिन ।
 ३- यस्ता राष्ट्रद्रोही सिके राउतको पक्षमा वकालत गर्दै उसलाई तत्काल रिहा गर्न दबाब दिने नेपालका कथित मानबाधिकारबादी पद्मरत्न, दमननाथ देखी बिज्ञप्ती जारी गर्ने सबैले, यसका पक्षमा लबिङ गर्ने हरेक दल, समुह वा ब्यक्तिले यस बारेमा पुनर्बिचार गरी प्रहरी प्रशासनलाई सहयोग गर्नुभएन भने सम्झिनुस् तपाईं पनि आफ्नै आमा माथि बलात्कार गर्न बलात्कारीलाई उकास्ने नालायक सन्तान हो । तपाईं एक किसिमको जिउँदो मुर्दा हुनुहुनेछ ।
४- नेपाल राष्ट्रको न्याय हेर्ने अदालतका न्यायाधिशज्यूहरु, जो जसले यो मुद्धा हेर्दै हुनुहुन्छ, माटोलाई सम्झेर, सिके राउत जस्ता महा राष्ट्रद्रोहिलाई सदा सदाका लागि काल कोठरी पठाउने गरी अादेश गर्न सक्नुहोला, यदी सिके राउत छुट्यो भने यो राष्ट्रद्रोहीले अरु धेरै सिकेहरु जन्माउने छ र भोली तपाईं माथि नै धावा बोल्नेछ, राष्ट्रलाई पोल्ने छ । राष्ट्र भन्दा ठुलो अरु केही हुँदैन । आफ्नी जन्म दिने आमालाई सम्झेर, छातीमा हात राखेर आदेश फैसला गर्न सक्नुभएन भने तपाईंहरु जूनी जूनी सम्मका लागि नेपाल आमाका कलँक साबित हुनुहुने छ । आगे तपाईंहरुकै जो मर्जी । नेपाल आमा को सधैं जय होस् ।  
                         - रामप्रसाद खनाल, नेपाल मदर डट कम,  हाल अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक