20140910

आफूलाई आदिबासी जनजातिहरुको नेता भनाउने श्री ६ आङकाजी शेर्पाद्वारा जातिय र धार्मिक द्वन्द भड्काउने दुस्साहस, हिन्दूहरु लाई आतंकबादी गुण्डा भन्दै कडा चेतावनी !!!

  आङकाजी शेर्पाको भनाइ हेर्नुस् जस्ताको तस्तै र आफै मुल्याङ्कन गर्नुस् उनी ठीक छन या बेठिक ! उनले अाइरहेको दसैंको पनि धज्जी उडाएका छन !

दशै तपाईको चाड हो वा होईन बुझेर मात्र मनाउनु होला !
(1) दशै भारतबाट आयत गरेको चाड हो । नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस

काहि कतै कसैले पढनु भएको छ ?

(2) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र खस भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।

(3) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्डाएर हत्या गरेको थियो । यसप्रकारका त्रास फैलाए राईहरुलाई दशै मान्न र टिका लगाउन बाध्य बनाए ।

(4) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउामा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।

(5) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।

(6) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउाका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाा र बााया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।

(7) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।

(8) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लागएर शान्तिपूर्ण वार्त गर्न विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउामा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।

(9) दशैबारे हाम्रा मागहरु :-
* सबै नेपालीले दशै नमान्ने भएको र भारत लगायत अन्य देशका हिन्दुहरुले पनि दशै मान्ने भएकोले दशैलाई नेपालीहरुको चाड होईन हिन्दुहरुको चाड भनियोस ।

* राज्यको ढुकुटीबाट करोडौ रुपैया खर्चेर, सेना प्रहरी लगाएर वर्षको ३५ दिन सार्वजनिक विदा दिएर हिन्दुको चाड पर्व दशै, तिहार, जनै पूर्णिमा, तिज, बसन्त पञ्चमी मनाउने कार्यहरु बन्द गरियोस वा आदिवासी जनजातिका चाडहरु सकेला, भुमे पूजा, चोनाम पर्व, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघीमा पनि सैनिक मञ्चमा सेना प्रहरीले हर्ष बढाईका साथ मानइयोस ।

* हिन्दुधर्मका समाचारलाई मात्र प्राथमिक्ताका दिएर सरकारी तथा अतिहिन्दुवादी सञ्चार माध्यमाहरुले आाख फुटने गरेर देखाउने कान नै बन्द हुने गरेर सुनाउने पक्षपातीपूर्ण व्यवहार बन्द गरियोस र सबै धर्मका चाडपर्वबारे समावेशी समाचार सम्प्रेषण गरियोस ।

* नेपालको राष्ट्रियता र राष्ट्रिय एकता आधार हिन्दुको चाड दशै, तीज, जनै पूर्णीमा, खस भाषा र दौरा सुरुवाल टोपी मात्र हुन सक्दैन । नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको आधार सकेला, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, भूमे पूजा, महपूजा, माघी, ईद पनि हुनुपर्छ, शेर्पा, राई, गुरुङ, मगर, तामाङ, लिम्बु, थारु, नेवार, मुश्लीम लगायत अन्य जातजातीको भाषामा हुनुपर्छ र हिमाल, पहाडमा र तराईमा लगाईने पोशाकहरुलाई बनाइयोस ।

(10) सस्तो राजनीतिक लोकप्रियता हासिल गर्न, साम्प्रदायिक सदभाव विथोल्न वा देश खण्डीत गर्ने हाम्रो आवजको उद्वेश्य किमार्थ होईन । हाम्रो आवज न्यायको लागि हो, समनताको लागि हो, भाषा, धर्म, संस्कृति, आर्थिक, राजनीतिक र समाजिक विभेदहरु समाप्त गर्दै समतामूलक समाज र समृद्धिशाली नयाँ नेपाल निमार्ण गर्ने नै हो ।

(11) प्रधानमन्त्रीको कुर्सीको पाउनका लागि पहाडे शासक वाहुन नेताहरुले आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनबारे कुरा उठाउदा देश टुक्र्याउने र सामाजिक सदभाव विथोल्ने आरोप नलाग्ने । तर आदिवासी, मधेशी, दलित, मुश्लीम, महिलाले आफ्ना उत्पीडनका कथा र व्याथहरुबारे आफैले आवज उठायो भने देश टुक्रिने, सामाजिक सदभाव विथोलिने आरोप लाग्ने, यो कस्तो बिडम्बना हो ? के यो न्यायोचित छ ?

(12) आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनका कथा व्यथाहरु विक्री गरेर राजा महाराजा, निरंकुश निर्दलिय पञ्चायती व्यवस्था, वहुदलवादी दल र गणतन्त्रवादी दलहरुले नोट, भोट बटुले, सिहदरवारको सिंहासनमा कोईराला, खनाल, नेपाल, दहाल, भट्टराईलाई पु–याएर शासन गरे तर हाम्रो कथा व्याथहरुमा कुनै परिवर्तन आएन ।

(13) अब हाम्रा लागि हामी आफै उठनु पर्छ भन्ने चेतनाको विकाश हामीमा भएकोछ । जस्को सवाल उस्को अगुवाई भन्ने भनाईबाट हामी प्रेरित भएको छौ । अब हाम्रा लागि कसैले बोल्नु पर्दैन, हामी आफै बोल्छौ, हामी आफै संठीत हुन्छौ । अब मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाको उत्पीडनका कथा व्यथा विक्री गर्ने अधिकार कसैलाई हुनै छैन । सर्वाधिकार हामी आफैमा सुरक्षित हुनेछ । हेक्का रहोस !

(14) देशको ढुकुटी रित्याउने शासक पहाडे वाहुनहरु अनि नेपालको नदीनाला, वनजंगल बेचेर खरबौ डलर झ्वांम बनाउने शासक पहाडे वाहुन । आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गा, कमैया कमलरीको आर्थिक, राजनैतिक, शैक्षिक सशक्तिकरणका लागि खोलिएका ५,२२७ संघसंस्थाहरु मध्ये ८० प्रतिशत संघसंस्थाहरु शासक पहाडे वाहुनहरु कै छन् । यदि विश्वास लाग्दैन भने गैह्र सरकारी संस्था महासंघ (फेडेरेसन अफ नन गर्भमेन्टल अर्गनाईजेसन अफ नेपाल) को वेभ साईडमा गएर सदस्यहरुको नामवाली हेरियोस । उर्मिला आर्याल, आरजु देउवा, भिम रावल, के पी ओली, गगन थापा, योगेश भट्टराई, टोपवहादुर रायमाझीका संघसंस्थाले वार्षिक खरबौ डलर झवाँम बनाउछन् । अब भन्नोस डलर कस्ले पाउने रहेछ ? शासक पहाडे वाहुनले की आदिवासी, मधेशी, मुश्लीमले ? धान खाने मुसा चोट पाउने भ्यागुता ! विदेशी डलर र राज्यको ढुकुटी रित्याउने शासक पहाडे वाहुन अनि आरोप लगाउछ आदिवासी, मधशी, दलित र मुश्लीमलाई ?

(15) न्याय र समानताका लागि उठेको अवाज कुनै विदेशी डलरको उपज होईन चेतना अभिबृद्धिको उपज हो । हेक्का रहोस !- आङकाजी शेर्पाको फेस बुक वालबाट साभार । 

आङकाजिले लेखेको भाषा, बोलेको भाषा, यिनका भनाइ र कुतर्क सुन्दा हेर्दा लाग्छ यिनी जती निच र तल्लो दर्जाको बिबेक शुन्य मान्छे नेपालमा बिरलै होलान । यिनी पनि आदिबासी जनजतिका नेता रे कती लाज मर्दो कुरा ! आदिबासी जनजाती साथीभाइहरु कै बदनाम गर्ने भयो यो आङकाजीले बेलाई मा सोच्नुस् है भन्छन पर्यबेक्ष्यक ।   
यि आङकाजी हुनकी भाङ खाएका भाङकाजी आफै छुट्याउनुस् !
अन्जु पन्तलाई कसरी भन्ने क्रिश्चियन ?
-अर्जुन बराल, दक्षिण कोरिया 
भारद्वाज गोत्रका विष्णु पन्त तथा मञ्जु योञ्जन पन्तका पाँच सन्तान मध्येकी कान्छी अन्जु पन्त अहिले हिन्दु र क्रिश्चियन धर्मको चेपुवामा परेकी छिन् । सबैभन्दा बढी गीत गाएर, सबैभन्दा बढी आम्दानी गरी सबैभन्दा बढी अवार्ड प्राप्त गर्न सफल यी गायिकाले नेपाली गीत–सङ्गीतका शुभचिन्तक एवंम सबै धर्मावलम्बीको साथले लगभग छ सयको हाराहारीमा गीत गाएकी छिन् । आजभन्दा लगभग दुईदशक अगाडीतिर संगीतगुरु कृष्णमान डंगोलकै सङ्गीतमा रेडियो नेपालमा “मनवा मननै योगी बनाउँ….” बोलको भजन रेकर्ड गराएकी अन्जु पन्त पछिल्लोपटक धर्म परिवर्तन गरी क्रिश्चियन भएकी थिइन् । तर, कलाकार कुनै जात, धर्म, वर्ण र क्षेत्रको अधिकारमा रहँदैनन् सबैका समान हुन्छन् भन्ने मान्यतालाई लत्याएर हिन्दु धर्मलाई होच्याएको भन्दै सामाजिक सञ्जालमा अन्जु पन्त बहिष्कार अभियान नै चलाएको पाइन्छ । हुन त सामान्य गीतझै पैसा लिएर क्रिश्चियन गीत गाएकी अन्जु पन्तले क्रिश्चियन धर्म अंगालेपछि गीत सङ्गीतको सुरुवात नै मैले प्रभुका तीनवटा गीत गाएर गरेकी थिएँ भनेकी थिइन् । यो सत्य हो किनकि हिन्दुधर्म, बौद्घधर्म, ईसाईधर्म, ईस्लामधर्म, सिन्तोधर्म, शिखधर्म, यहुदी, जोरोयसट्रिनाजीयम, टाओईजअम लगायत सबै धर्ममा सत्य, प्रेम, शान्ति र अहिंसा एवम् संसारमा पाप गर्नेले दण्ड पाउँछ, भगवान् सर्बश्रेष्ठ हुनुहुन्छ, उहाँले नै यो सारा जगतको सृष्टि गर्नुभएको, पापबाट मानवलाई भगवानले नै बचाउनु हुन्छ, पाप गर्ने नर्क जान्छ भन्ने सार छन् जसले गर्दा प्रभु भन्ने उनै भगवान् हुन् भनेर बुझन् सकिन्छ । तर आफू क्रिश्चियन भय भन्दैमा संसारको सबैभन्दा पुरानो हिन्दुधर्मलाई होच्याएर हिन्दुआराध्यदेब भगवानको नामनै नलिनु भन्ने बाईबलमा कहीँ लेखिएको पाइँदैन् । यदि क्रिश्चियन धर्मावलम्बी अन्जु पन्त पक्का भएकी हुन् भने उनले बाईबल अध्ययन गरेकी छैैनन् किनकि परमेश्वरलाई भनिने “गड ईज लाईट” शिव र दिब्यज्योति नै क्रिश्चियनहरुको हो । जङ्ग बहादुर राणाले युरोप भ्रमणको बेलामा एकजना पादरीसँगै नेपाल ल्याएपछि मात्र हो नेपालमा क्रिश्चियन धर्म भित्रिएको । त्यस्तै हिन्दुधर्मको अस्तित्व लोप हुने ठानेर पृथ्वीनारायण शाहले नेपालबाट क्रिश्चियन प्रचारक केपुचिन पादरीहरुलाई लखेटेका पनि थिए । हिन्दुधर्मपछि धेरै पछि जन्मिएका हुन् क्रिश्चियन र मुस्लिम धर्म तर नेपालका बौद्ध र हिन्दुहरु चाहे मुसलमान किन नहोस् चाहे क्रिश्चियन सबैलाई आदर गर्दछन् । अन्जु पन्त जस्तो लोकप्रिय कलाकारलाई थाहा रहेनछ, क्रिश्चियनको बारेमा । जिसस क्राईस्टकी आमा हिन्दु थिइन्, परमपिता परमेश्वरका पुत्र र ईसाई त्रिमुर्तिको तृतिय सदस्य जिसस क्राईस्ट पनि हिन्दु संस्कारका बलबाट माथि उठेका हुन् । अन्जु पन्तलाई गीतसंगीतको क्षेत्रमा तातीताती गर्न सिकाउने उनकी फुपु जानकी केसी पनि हिन्दु हुन् । अनि हिन्दुधर्म र ग्रन्थले कुनैपनि वर्ण जातीलाई ज्ञान र मोक्षप्राप्तीका लागी रोकेको छैन जसले गर्दा उनी क्रिश्चियन भइन् अनि आफूलाई अन्जुपन्तले कुन स्थानमा राखिन त ? क्रिश्चियन मूलकी लीशा मिनरले अमेरिकी लोकप्रिय पत्रिका न्युजवीकको सन् २०१० को मार्च १३ को संस्करणमा “हिन्दुहरूको पुरानो ग्रन्थ ऋग्बेद अनुसार हामी सबै हिन्दु हौ ॐ नै एक सत्य हो” भनेर लेखेकी छिन् भने नेपालमा राजाबाट पुनःस्थापित प्रतिनिधि सभाले २०६३ जेठ ३ गते धर्म निरपेक्षता घोषणा गर्दा टिप्पणीकार अस्टिन क्लिनले आफूलाई अचम्म लागेको भन्दै लेखेका छन् “विश्वभरि धर्मनिरपेक्षताको विरोध गर्ने क्रिश्चियन र ईस्लामधर्मका अनुयायी नेपालजस्तो हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता गर्नुपर्छ भन्ने पक्षमा किन छन् ?” धर्मनिरपेक्षताको पहिलो पटक प्रयोग गर्ने ब्रिटिशलेखक जर्ज ज्याकोब हुन् उनले आफनो व्याख्यामा धर्मनिरपेक्षता कुनैपनि धर्मको तर्कप्रतितर्क होइन साथै कुनैपनि धर्मको असार्दन्भीकता पुष्टि गर्न नहुने, धर्मसँग कुनैपनि स्वार्थ खोज्न नहुने, धर्मबिरोधी बन्न नहुँने भन्दै लेखेका छन् तर अन्जु पन्तबाट त्यही भएको पाइन्छ । साठी प्रतिशत क्रिश्चियन धर्मावलम्बी भएको बेलायत एउटा धर्मनिरपेक्ष राष्ट्र भएतापनि कानुनी दस्ताबेज अनुसार क्रिश्चियन उसको आधिकारिक धर्म हो । ८२ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी भएको राष्ट्र नेपालपनि एक धर्मनिरपेक्षता राष्ट्र हो । यहाँका जनताले सबैधर्मलाई माया गर्छन् होच्याउँदैनन् तर अन्जु पन्तजस्तो कलाकारले होच्याइन् । अन्जु पन्तलाई के थाहा अमेरिकी राष्ट्रपति बाराक ओबामाले बाईबल समातेर शपथ ग्रहण गरेपनि खल्तीमा हनुमानको फोटो राख्छन् उनलाई बाइबलले दिन्छ । अमेरिकी अभिनेत्री एंवम निर्मात्री जुलीया रोर्बटले हिन्दु धर्म अपनाइन् तर उनले क्रिश्चियन धर्मको आलोचना गरिनन् । इस्लामिक देश ईन्डोनेसियाको पैसामा भगवान् गणेशको फोटो छ खोइ विरोध भएको छैन । बेलायती महारानी चर्चमा गएर प्रार्थना गर्ने र उही सपथ खाने गर्छिन् तर उनले कुरान, गीतालाई विरोध गर्दिनन् भने हिन्दुधर्मको बाहुल्यता भएको देशमा बस्ने बाईबलका सार विपरीत क्रियाकलाप गर्नेलाई के नेपालीजगतले अबका दिनमा सहजै स्वीकार गर्ला र ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक