20140914

नेपाल टुक्र्याउने माग गर्दा प्रहरी पक्राउमा परेका डा. राउत लाई अबिलम्ब रिहा गर्न बाबुराम भट्टराई खुलेर अगाडि आए ! बुझी नसक्नुछ नेपालको फोहोरी राजनीति, होइन के हुन लाग्या हो यस्तो !!!

राज्य विप्लव र राजद्रोहमा मुद्दा चलाउने प्रशस्तै आधार हुँदाहुँदै प्रहरीले तराई टुक्र्याउने अभियान चलाइरहेका डा. सीके राउतलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ। आइतबार उक्त मुद्दामा म्याद थप गरी मोरङ प्रहरीले आवश्यक अनुसन्धान थालेको बताएको छ।
'स्वतन्त्र मधेस गठबन्धन'का नाममा तराई टुक्र्याउने अभियानसहित रंगेलीमा सर्वसाधारणलाई प्रशिक्षण दिइरहेका बेला डा. राउतलाई शनिबार राति साढे ८ बजे मोरङ प्रहरीले पक्राउ गरेको थियो। प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार उनलाई तत्कालका लागि सार्वजनिक मुद्दा चलाइएको हो र आवश्यक अनुसन्धानबाट पछि के गर्ने भन्ने विषयमा छलफल हुनेछ।'अहिले तत्काल अरू कुनै मुद्दा चलाउने/नचलाउने भन्ने माथिल्लो तहको पनि सरोकारको विषय भएकाले सार्वजनिक मुद्दामा अनुसन्धान थालिएको छ,' ढकालले सेतोपाटीसँग भने, 'के कसरी अघि बढ्ने विषयमा छलफल होला।' ढकालका अनुसार
उनीबाट प्रमाण जुटाउने काम भने भइरहेको छ।
 
उच्च अधिकारीका अनुसार डा. राउतबाट राज्य विप्लव (राज्य टुक्र्याउने) र राज्यद्रोह (राज्य नमान्ने) प्रमाण जुटेका छन्। तर प्रहरीले उक्त विषयमा सरकार आफैंको सरोकार हुनुपर्ने भएकाले 'आदेश' पर्खिनुपरेको छ। 'देश अलग गराउने अभियान लिएर हिँडेको व्यक्ति पक्राउ पर्दा के गर्नुपर्ने हो त्यो सरकारले बोल्नुपर्छ,' सुरक्षासम्बद्ध एक अधिकारीले भने, 'हामी पर्खेर बसेका छौं।'
के–के छन् डा. राउतका योजना?
डा. राउतबाट प्राप्त केही दस्तावेजले उनी राज्यविरूद्व छन् भन्ने प्रमाणलाई मद्दत पुर्‍याउँछ। उनले तराईमा अभियान चलाउँदा बाँड्ने गरेको १८४ पृष्ठ लामो किताबअनुसार ८–१२ वर्षसम्ममा तराई अलग गराई 'तराईमा नेपाली साम्राज्य अन्त्य गर्ने' योजना छ।
यो योजनाअनुसार तराईमा छुट्टै प्रशासनिक संरचना स्थापित गर्ने, मानवशक्ति, भौतिक पूर्वाधार तयार गर्ने, युवा दस्ता स्थापना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने, प्रहरी संरचना बनाउने, कूटनीतिक समर्थन हासिल गर्नेलगायत छन्।
संगठन तयार भएपछि तराईमा असहयोग आन्दोलन, नाकाबन्दी, सत्याग्रह, सिपाही विद्रोह, सैनिक विद्रोह, धार्मिक नैतिक क्रान्ति, सडक आन्दोलन, सिमाना बन्द, अत्यावश्यक वस्तुमा नाकाबन्दी गर्नेसम्मका योजना छन्। 'मधेस स्वराज' नाममा छापिएको यो किताबको ५९ पेजमा लेखिएको छ, '८–१२ वर्षभित्र तराई जसरी पनि टुक्र्याउनुपर्छ, छुट्टै संरचना, मानव शक्ति र भौतिक पूर्वाधार तयार गर्नुपर्छ।'
मधेसका सबै वर्गलाई सम्झाउने, विचार र प्रचारप्रसार तीब्र बनाउने र त्यसका लागि सञ्चारक्षेत्रको प्रयोग गर्ने पनि योजनामा उल्लेख छ। उक्त योजनामा स्वतन्त्र मधेसको छुट्टै राष्ट्रगान पनि डा. राउतले प्रस्ताव गरेका छन्।
को हुन् डा. राउत?
डा. राउत सप्तरी, महादेवा गाविसका स्थायी बासिन्दा हुन्। क्याम्ब्रियज युनिभर्सिटीबाट पीएचडी गरेका राउत २०६८ सालयता मधेस फर्केका हुन्। त्यसअघि उनी अमेरिकी अन्तरिक्ष संस्था नासामा कार्यरत थिए।
डा. सीके राउतको रिहाईको माग गर्दै आइतबार साँझ विराटनगरमा निकालिएको जुलुस। जुलुसमा मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक लगायत मधेसवादी दलका कार्यकर्ताहरु थिए। तस्बिर : खिलानाथ ढकाल

प्रहरीका अनुसार उनलाई भूमिगत सशस्त्र संगठन ज्वाला सिंह र गोइतसमेतको सहयोग छ। जयप्रकाश गुप्ता जेलमुक्त भएपछि मधेस जागरण अभियान सुरू गरेका थिए। त्यो अभियान अस्तित्वमा आएसँगै डा. राउतले मधेस टुक्र्याउने अभियान लिएर तराईमा गतिविधि गरिरहेको दाबी प्रहरीको छ।
राउतलाई तराईमा 'मधेस एक प्रदेश' अभियान चलाउने मधेसवादी दलको समेत साथ रहेको विश्लेषण अधिकारीहरूको छ। डा. राउतलाई हिरासतमुक्त गराउन मोरङबाट केही मधेसवादी दलको सक्रियतामा दबाब सिर्जना गर्ने काम हुनथालेको मोरङ प्रशासनले दाबी गरेको छ। 'लोकतन्त्रमा विचार अभिव्यक्त गर्न पाइन्छ तर राज्यविरूद्व वा देश टुक्र्याउँछु भन्दै हिँड्नेलाई छुट दिन नसक्ने कानुनी व्यवस्था हाम्रै मुलुकमा छ,' मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने।
एकीकृति माओवादी नेता डा. बाबुराम भट्टराईले सरकारले सीके राउतलाई पक्राउ गरेर गम्भीर गल्ती गरेको आरोप लगाएका छन्। भट्टराईले राउतलाई तत्काल रिहा गर्न माग गर्दै आइतबार साझ ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
  भट्टराईले ट्वीट गर्दै भनेका छन्(‘सी के राउतको विचारसँग हामी सहमत हुन सक्दैनौं तर, उनलाई गिरफ्तार गरेर सरकारले गम्भीर गल्ती गरेको छ। उनलाई तुरुन्तै रिहा गरियोस्।’
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक