20140913

आङकाजी शेर्पा जस्तै तर उ भन्दा पनि चर्को आयो पागल अर्को ! अब बन्ने संविधानमा देश टुक्रयाउन पाउने अधिकार चाहियो रे यो डा. सिके राउतलाई !

होइन हो के भएको हो हाम्रा नेपालीलाई ! मानसिक अस्पताल अब राँची होइन काठमाडौं मै सार्नुपर्ला जस्तो छ नि !!! 
 अब बन्ने संविधानमा देश टुक्रयाउन पाउने अधिकार राख्न माग राखेर तराईमा अभियान चलाउँदै आएका डा. सिके राउत पक्राउ परेका छन् । सामाजिक सदभाव बिग्रने गतिविधिमा संलग्न भएको भन्दै उनलाई शनिबार दिउँसो मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङको रंगेलीमा स्थानीयलाई जम्मा गरेर राष्ट्रिय एकता बिग्रने
आसयको भाषण गरिरहेको सूचनाका आधारमा प्रहरीले डा. राउतलाई पक्राउ गरेको स्रोत बताउँछ । मोरङ प्रहरीका डिएसपी प्रभु ढकालले राउतलाई पक्राउ गरेको पुष्टि गरे । ‘सामाजिक सद्भाव बिगार्ने गतिविधि गरेको सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान थालेका छौँ,’ उनले भने । यसअघि संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमार्फत डा. राउतले ‘राज्यसँग छुट्टिन पाउनुपर्ने अधिकार’ आगामी संविधानमा उल्लेख गर्नुपर्ने सुुझाब राखेका थिए । समिति संयोजक डा. बाबुराम भट्टराईले राय–सुझाबका लागि गत ५ भदौमा राखेको बैठकमा राउतले यस्तो सुझाब दिएका थिए । राउतको सुझाब विवादास्पद बनेको थियो । केही समययता डा. राउतले तराईका विभिन्न जिल्लामा मधेसलाई राज्यले हेपेको भन्दै मधेस टुक्रयाउनुपर्ने विचार राखेर सर्वसाधारणलाई संगठित गर्दै आएको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । को हुन् सिके राउत ? सप्तरीमा जन्मेका सिके राउतको पूरा नाम चन्द्रकान्त राउत हो । उनले अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी गरेका छन् । स्वतन्त्र मधेसको वकालत गर्दै उनले मधेसको स्वराज र मधेसमा इतिहास नामक किताब निकालिसकेका छन् । उनी कम्प्युटर इन्जिनियर पनि हुन् । सिके राउत डटकम नाम राखेर उनले वेबसाइट पनि खोलेका छन् । डा. राउत अतिवादी विचारका कारण विवादमा पर्दै आएका छन् । ‘स्वतन्त्र मधेस गठबन्धन’ नामको संगठन नै खोलेर उनले तराईका भूमिगत सशस्त्र समूहहरूसँग समेत मिलेर गतिविधि गर्दै आएका थिए । दुई वर्षअघिदेखि नै उनले यस्तो अभियान सुरु गरेका हुन् । आफ्नो वेबसाइटमा पनि उनले राज्यसँग छुट्टिन पाउने अधिकार (राइट टु सेसेसन)को माग आफूले राखेको उल्लेख गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक