20140924

फेरी आएछ बडा दशैं । किन आउँछ होला दशैं तिहार ?

फेरी आएछ बडा दशैं । किन आउँछ होला दशैं तिहार ? बिदेशमा बिबसताको जालोमा घेरिएका निरीह म र म जस्ता लाखौंँ लाख नेपालीहरुलाई रुवाउन त होला नि जस्तो पनि लाग्छ । आज नेपालमा घटस्थापना रे ! आफु नेपालमा हुँदाका र त्यही बसेर आफन्तजन सँग सँगै बसेर दशैं मनाउँदाका पुराना क्षण सम्झिँदा भक्कानो छुटेर आउँछ । अनी एउटा लोक गायक भएको नाताले त्यो फिलिङ्सलाई गीतमा उतारेर सुरसुधाको संगीतमा मैले अमेरिकामै रचेको गीत हो यो गीत । नेपाल बाहिर रहेका, आफन्तजनबाट टाढा भएका सबैमा समर्पित यो दशैं गीत तपाईंका लागि । तपाईं सबैलाई दशैंको हार्दिक शुभकामना । 
- रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक