20140925

प्रचण्ड द्वारा पहाडीया माथि गम्भीर प्रहार, देश टूक्र्याउने सिके राउतको समर्थन, तुरुन्त रिहा गर्न माग ! होइन यि प्रचण्ड कमरेडको काम नै जता पनि भँडाउने लडाउने मात्रै रहेछ हगी !!! नपत्याए भिडियो हेर्नुस्


एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राज्य विखन्डन गर्ने अभिव्यक्ति दिने सिके राउतलाई पक्राउ गरिएकोमा असन्तुष्टि जनाएका छन् । उनले राउतलाई पक्राउ गरेर कारबाही अघि बढाउने नाममा सत्ताधारी दलहरु तोकिएकै मितिमा संविधान नलेख्ने खेलमा लागेको आरोप समेत लगाएका छन् । पार्टी
कार्यालय कोटेश्वरमा विहीबार नयाँ राष्ट्रिय एकीकरण नामक त्रैमासिक पत्रिकाको विमोचन गर्दै दाहालले संविधान नबनाउने योजना अनुसार कांग्रेस–एमालेको सरकारले अधिकार माग्नेहरुलाई दुःख दिएर वातावरणलाई धमिलो पार्न खोजेको आरोप लगाए । सिके राउतको पक्राउप्रति संकेत गर्दै दाहालले संसदमा राजा फर्काउने र हिन्दूराष्ट्र कायम गर्नुपर्ने अभिव्यक्ति दिनेमाथि कारबाही गर्नुको साटो उत्पीडितका लागि न्यायको कुरा गर्ने व्यक्तिलाई पक्राउ गरिनु आपत्तिजनक भएको बताए । मधेसी समुदाय राष्ट्रको विखन्डनकारी हुनै नसक्ने भन्दै उनले मधेसीको तुलनामा पहाडी समुदाय राष्ट्रिय अखन्डताकोविरुद्धमा लाग्ने गरेको आरोप समेत लगाए । संघीय गणतान्त्रिक संविधान सुनिश्चित गर्नका लागि १८ दलहरुबीच मोर्चाबन्दी भइरहेको र त्यसको नेतृत्व आफूले गरेको भन्दै उनले त्यही मोर्चाको बलमा संघीयतासहितको संविधान जारी गरी छाड्ने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक