20140922

नन्दप्रसाद अधिकारीको शव नउठाउने छोरा नूरप्रसाद अधिकारीले घोषणा गरे "शव कुनै हालतमा उठ्दैन, उठ्यो भने सुशील कोइराला, प्रचण्ड र बाबुराम तीनैजनाको एकैचोटि उठ्छ ।"

प्रचन्ड र बाबुरामका पिछलग्गु नेपाल सरकार, दलहरु, तिनका नेताहरुले अब लोकतन्त्र र गणतन्त्रका चर्का भासण नछाँटे हुन्छ, सबैले छर्लँग देखे तिमीहरुको कानुनी राज, तिम्रो न्याय र तिमीहरुको मानबाधिकार ! देशद्रोही सिके राउतलाई बचाउन ज्यान छाडेर लाग्ने कथित मानबाधिकारबादीहरु हो, बन्द गर तिम्रा मानबाधिकारका सस्ता नारा, प्रबेश गर एमाओबादी मै, गुलामी गर प्रचन्ड र बाबुराम जस्ता ज्यानमारा अपराधीहरुको ! छि छि छि लाचार जनहरु हो, तिमीहरुका सत्रबर्से छोरा छोरी मारिएका छैनन, नन्द प्रसाद र गंगामायाका छोरा मरे त तिम्रो के गयो ? सुत अझै सुत जिउँदो मुर्दा बनेर सुत ! सलाम नेपाल आमाका अशली न्यायप्रेमी, बहादुर, वास्तविक शहिद नन्द प्रसाद अधिकारी र हाल सम्म जिबित वास्तविक आमा गंगामाया, तिमीहरुको साहस इतिहासमा अबस्य लेखिनेछ, मरेर पनि तिमीहरु बाँचिरहने छौ, यही भन्न मन लाग्यो नेपाल मदर डट कमलाई लाई आज, न्याय निसाफ हराएको कालो अन्धकार युक्त दिनमा ।
'अब म रहेपनि नरहेपनि जीवनको के मूल्य रह्यो र। हामीलाई मर्न बाध्य पार्नेले अब जेठो छोरालाई पनि मार्छन्।' : गंगामाया
 दश वर्षअघि माओवादीले चितवन टाँडीमा मारेका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्याराको कारबाहीको माग गर्दागर्दै नन्दप्रसादले प्राण त्यागेका छन्। नन्दप्रसाद र गंगामायाको स्वास्थ्य ज्यादै नाजुक देखेर मानवअधिकारवादी सुदीप पाठकले गृह मन्त्रालयलाई सोमबार बिहानै सजग गराए। उनीहरुको ज्यान बचाउन लचकदार भइदिन आग्रह गरे। तर सरकार त्यसमा गम्भीर बनेन। एसएलसी दिएर हजुरआमा भेट्न चितवन गएको छोरोको शोक र कठोर संघर्षबाट नन्दप्रसादले विदा लिएका छन्। ३३२ दिन निराहार बस्नुअघि अधिकारी दम्पतीले भोगेको दुखको कथा दर्दनाक छ। न्यायको माग गर्दै उनीहरुले पटकपटक अनसन बसे। न्याय माग्दै प्रधानमन्त्रीको निवास अगाडि सत्याग्रहमा बसे। आस्था र न्यायका लागि निशस्त्र लडाई लडेको यो जोडी सोमवारदेखि छुट्टिएको छ। वीर अस्पतालको कोठाका सँगसँगै रहेको एउटा बेड खाली भएको छ। चितवन प्रहरीले कृष्णप्रसादको हत्याको अभियोगमा चौधलाई अभियुक्त बनाएपनि सबै छुटिसकेका छन्। त्यसपछि दम्पत्ति झन् निरास भए। कठोर संघर्ष गरे। उनीहरुलाई
हतोत्साही गराउन सरकारले घरि मानसिक रोगी दर्ज गराउन खोज्यो। मानसिक अस्पतालले नमानेपछि कहिले गोरखा कहिले थानकोट कटायो। छोराको हत्यारालाई सजाय दिलाउने भिष्म प्रतिज्ञा गरेका उनीहरु निरुत्साहित भएनन्। सबै सरकारको प्रताडन र उदासिनता सहिरहे। नन्दप्रसादको मृत्युबाट भने सरकार अलिकति झस्किएको छ। प्रधानमन्त्री सुशील कोइराला राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहेको बेला यो घटना भएको छ। लोकतन्त्र, न्याय र मानवअधिकारको विषयमा अन्तर्राष्ट्रिय फोरममा निकै उदार रुपमा प्रस्तुत हुने सरकारलाई निश्चय नै यो घटनाले अप्ठेरो महशुस हुनेछ। 'नेपालमा संक्रमणकालीन न्यायको अवस्था नाजुक अवस्थामा पुगेको छ,' मानवअधिकारवादी गोपालकृष्ण शिवाकोटीले भने, 'यसले अन्तर्राष्ट्रिय छविमा आँच पुर्‍याउनेछ।' न्यायको धरोहर भएकै कारण उभिएका कारण नन्दप्रसादले मृत्युवरण गर्नुपरेको भन्दै उनले भने, …राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो सरकारलाई गम्भिर रुपमा प्रशन सोध्ने ठाउँ भएको छ।' अधिकारी दम्पत्तिलाई न्याय दिलाउन मानवअधिकारवादीहरु कनकमणि दिक्षित, सुवोधराज प्याकुरेल, सुदीप पाठक, चरण प्रसाई, रसना ढकालहरु सक्रिय थिए। उनीहरुले अधिकारी दम्पत्तिलाई उक्साएको आरोप लगाउनेहरु पनि थिए। नन्दप्रसादको अन्तिम अवस्थामा पनि प्रसाई बाहेक चारजाना सँगै थिए। दिक्षितले निकै गम्भिर अवस्था देखेर निकै सम्झाए। पाठक मानवअधिकार आयोगमा सिफारिश भएकाले आधिकारिक निकायबाट न्याय दिइने आश्वासन पनि दिइयो। तैपनि अन्न मुखमा हाल्न मानेनन्। हात हल्लाएर अस्वीकार गरे। अपरान्ह पाँच बजे सास गयो। पुत्रवियोगले मात्र मानिसमा न्यायका लागि लड्ने यत्रो साहस आउँदैन। अधिकारी दम्पत्तिसँग दुई वर्षदेखि बाक्लो सम्पर्कमा मानवअधिकारवादीहरु उनीहरुलाई 'सत्याग्रहका कठोर हिमायती' ठान्छन्। मानवअधिकारवादी सुवोधराज प्याकुरेलले यो मृत्युलाई 'संवैधानिक लोकतान्त्रिक गणतन्त्रिक नेपालमा सर्वसाधरणलाई न्याय दिनेमा सबै सरकारको असफलताको परिचायक हो।' यसले नेपालको लोकतन्त्रको संसारभरि बेइज्जत भएको ठहर उनको छ। 'प्रधानमन्त्री ठूलठूला कुरा गर्न न्यूयोर्कमा हुनुहुन्छ, उहाँलाई गाँस गाँसमा ढुंगा लाग्नेछ।' गृहमन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गर्दा पनि उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले चासो नदिएको प्याकुरेलले बताएका छन्। 'वामदेव गौतमले बचाउन सक्दिन भन्नुहुन्थ्यो,' उनले भने, 'उहाँको बचन पुरा भएको छ।' गौतमले अर्को बचन पनि दिएका थिए। प्याकुरेलले भने, 'अपराधीलाई कारबाही गर्छु भन्नुभएको थियो। त्यो चाहि कहिले पुरा होला!' पतिको मृत्यु भएको गंगामायाले तत्कालै चाल पाइन। प्याकुरेलसँगै उनले भनिन्, 'अब म रहेपनि नरहेपनि जीवनको के मूल्य रह्यो र। हामीलाई मर्न बाध्य पार्नेले अब जेठो छोरालाई पनि मार्छन्।' अनशनका क्रममा वीर अस्पतालमा सोमबार साँझ निधन भएका नन्दप्रसाद अधिकारीको शव नउठाउने छोरा नूरप्रसाद अधिकारीले घोषणा गरेका छन् । पिताको निधनको खबर सुने पनि उनी अस्पतालमा गएका छैनन् । नूरप्रसादका बाबु नन्दप्रसाद अधिकारी । तस्वीरः सुबोधराज प्याकुरेल ‘मलाई यस अघि पनि अस्पतालमा जान दिइएन, अब पनि जान्न,’ नूरप्रसादले  भने- ‘हाम्रोतर्फबाट शव उठ्दैन, माओवादीलाई जेल नहालेर राज्यले मारेको हो, उसैले जे गर्छ गरोस् ।’ पिताको अनसन तोडाउन मानवअधिकारकर्मीले आग्रह गर्दासमेत नमानी सम्पर्कविहीन भएका नूरप्रसादले सोमबार पिताको निधनपछि भने, ‘शव कुनै हालतमा उठ्दैन, उठ्यो भने सुशील कोइराला, प्रचण्ड र बाबुराम तीनैजनाको एकैचोटि उठ्छ । हामी अब हतियारको व्यवस्था गर्दैछौं ।"  माओवादीद्वारा चितवनमा ०६१ सालमा मारिएका कान्छा छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै गोरखा फुजेलका अधिकारी दम्पत्ति लामो समयदेखि वीर अस्पतालमा अनशनरत थिए । पति नन्दप्रसादको निधन भए पनि पत्नी गंगामाया वीरअस्पतालमै चिन्ताजनक स्थितिमा अनसनरत छिन् ।

*****************************
गोरखा फुजेलका नन्द प्रशाद अधिकारीको मृत्‍यु र न्याय हारेको दिन!
- Bhanu Bhakta Dhakal

झन्डै ११ महिना देखी आमरण अनशनमा रहेका अधिकारी दम्पत्ती मध्ये नन्द प्रशाद अधिकारीको आज वीर अस्पातलमा निधन भएको छ! गङ्गा माया अधिकारी मृत्‍युसँग अन्तिम लडाईं लडिरहेकी छन! लामो समय देखी न्यायको लागि सङ्घर्सरत गोरखाका नन्द प्रशाद अधिकारीको दु:खद निधन "न्याय नपाए गोरखा जानु" भन्ने राजा राम शाहको आदर्श भनाईकाप्रती मात्र होइन २१ औ शताब्दिको हाम्रो लोकतन्त्रकाप्रती समेत गहिरो ब्यङ्ग साबित भएको छ! आफ्ना १७ बर्से छोरा कृष्ण प्रशाद अधिकारिको बिभत्स हत्या गर्ने मानिसलाई कारबाहिको माग राख्दा पुकदा-बाब्रामले उल्टै अधिकारी दम्पत्तीलाईनै कारबाही गर्नु अनौठो नभएपनी माधव नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी र सुशिल कोइराला सम्मले उनको मगलाई बेवास्ता गर्नु कदपी स्वभाविक मान्न सकिदैन! उनिहरुको मात्री बात्सल्य, पित्री बात्सल्यकाप्रती समबेदनशिल हुनुको सट्टा उल्टै सत्ता संचालकहरु अधिकारी दम्पत्तिलाई मानव अधिकारबादीहरुले उक्साएको आरोप लगाएर पन्छिन खोजे! शायद उनिहरु कुनै दलका सद्स्य थिएनन र उनको पक्षमा कुनै पनि दलले आवाज उठाउन आबस्यक ठानेनन! हामीजस्ता थोरै मानिसहरुको आवाजले साशकहरुको कान खोल्न सकेन, मन पगाल्न सकेन! र, हाम्रो न्यायले हार खायो! आज न्याय हारेको दिन, शासकहरुमा मानविय समबेदना समाप्त भएको दिन, मानव अधिकार खन्डित भएको दिन, हाम्रो लोकतन्त्रका निम्ती अध्यारो दिन साबित भएको छ! नन्द प्रशाद अधिकारीको साहस र लडाईंलाई सलाम! तिम्रो आत्माको चीर शान्तिको कामना!

*********************
फेरी यस्तो मृत्यु कसैको नहोस् 
-अविश अधिकारी भीम पोखरा 
गणतन्त्र आयो अब शुख शान्ति न्याय पाउछौ भन्ने लाग्थ्यो तर ठिक उल्टो साबीत हुन पुग्यो! निकै चुर्की फुर्की सुन्थ्य नेताको भाषण चुनाव अगाडी चुनाब नि भयो कथित गणतन्त्र पनि आयो तर पाऔ हिंसा बलत्कारी अशुरक्षा महंगी गुण्डागर्दी देश द़ोही राजनितिक अस्थिरता मज्जाले पायौ भोग्यौ! कति मिठा सपना देखाए नेताले जनतालाई आखिर दिए रित्तो हात न्यायको त कुरै छोडौ! प़संग निर्दोष नन्द प़साद अधिकारी सग जोड्न चाहन्छु कानुनको राज्य नरहेको अनुभूति हुदैछ मलाई किनकी मानबअधिकार पनि पुर्ण रूपमै ध्वस्त नै भैसकेको रहेछ राष्टमा ! सर्वोच्वले पटक पटक ताकेता नगरेको हैन अधिकारीलाई तर राजनितिक रूपमा खेलौना बनाएको अनुभुति हुदै छ ! अनसनमा रहेका अधिकारी दम्पति मध्ये नन्द प्रसाद अधिकारीको मृत्यु भएको सुन्दा मेरो देशमा शासन गर्ने शासक तत्कालीन बाबुराम सरकार , खिलराज रेग्मी सरकार र अहिले रहेको कङ्ग्रेस एमाले गठबन्धन सरकारले नैतिक जिम्मेबार लिनुको बिकल्प छैन! अन्यायमा परेर न्याय खोज्दा सरकार लाटो र अन्धो बन्दै आज उनलाई मर्न बाध्य बनायो अनि सर्वसाधारण जनतामा प्रष्ट भयो कि गरिबको लागि न्याय छैन यसैको कारण नन्द प्रसाद अधिकारी न्याय नपाएरै अन्यायको आगोमा दन्किएर प्राण गयो म अर्थहिन हार्दिक श्रदान्जलि अर्पण गर्दछु ॥!! नन्दप्रसाद अधिकारीको निधन मानवअधिकार र कानुनी राज्यका लागि कालो दिनको महसुस गरेको छु !! आखिर लोकतान्त्रिक गणतन्त्रको सासन प़णली के रैछ भन्ने यसै घटना ले प़स्ट प़ार्छ! कानुन भनेको के हो ? आन्दोलनको अन्तिम रुप आमरण अनसन हो! ईतिहाँस को पानामा दर्ज यो घटना र यो पुस्ता ले भाबी पुस्ता र अन्त रास्ट्रीय जगत लाई कस्तो सन्देश देला ? ईतिहास कैले मर्दैन! समस्या त आयो तर सामाधानको बाटो कैले पनि अपनाईएन अधिकारीको माग कति सम्म ठिक हो बेठीक हो त्यो अदालतले नै छुट्याउने थियो म हाम्रो देशको सरकार अनि धन्न नेपालका जनवादी, प्रजातन्त्रवादी, राष्ट्रवादी भन्ने राजनैतिक दलहरू ! नेपालका विभिन्न राजनैतिक दलका भातृसंगठन जस्तै गरी व्यवहार देखाउने मानव अधिकारवादीहरू !! धन्य !!! भन्छु अरू के नै भन्न सक्छुर टुलुटुलु हेरेर बस्न बाध्य हुन्छु ! जति सोच्यो उति गम्भिर हुन मन लाग्यो केही बेर देशको स्थिति र नन्दलालको जीवनी मा चिन्तन गरे आशु झार्न बाध्य भए थाम्न सकिन ! सबैको समस्या आफ्नै समस्या सरह हो तर न सरकार सुन्छ नत मानवअधिकार! यदि गल्ति गरेको हो भने सबैले त्यसको बिरोध गर्नु पर्छ भन्ने भावना राख्न सक्नु पर्छ हैन भने न्याय खोज्दा खोज्दै ज्यान नै गुमाउनु भनेको कहि नभएको जात्रा हाडिगाउमा भनेजस्तॉ हो यो सबैले बुज्न जरूरी छ ! अन्तमा, नन्द प्रसाद अधिकारी तपाईले लड्नु भयको न्यायको लडाइँमा हामिले बल पुर्याउन सकेनौ, कै गर्नै हैसियत थिएन हामीसग हामी मुख दर्शक भएर टुलुटुलु हेर्ने बाहेक अरू कुनै बिकल्प छानेनौ भनिन्छ नि गोहिले आशु झार्न चाहन्न राज्यको झाेलीबाट न्यायकाे भीख माग्दा माग्दै पहिल्यै आत्मिक मृत्यु भैसकेका नन्द प्रसाद अधिकारीकाे भौतिक मृत्यु फेरि अरूका लागि खेतीपाती गर्ने मेसाे नबनाेस ! म तपाईलाई सधै बिर गोर्खालो जो आफु मरेर पनि अन्यायको बिरूद्द लडिरहने उनै पुर्खाको बिर शहिद नै सम्झिरहने छु मृत आत्माले चिर शान्ति पाओस हार्दिक श्रदांजली ब्यक्त गर्न चाहन्छु !!! 
****************************************
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक