20140922

एमाले कै एक संस्थापक, एमालेबाटै उपेक्षित, अशल नेत्री सहाना प्रधानको निधन !

जिउँदो छँदै अपमानै अपमान, मरे पछी अब शुरु हुन्छ सम्मानै  सम्मान !  
सहाना दिदी जसले नत आफ्ना पती पुष्पलालको नाम कहिलै भजाउनु भयो न त कुनै गुटबन्दीको राजनीति गर्नुभयो, २०४६ सालको जन आन्दोलनकी गणेशमान पछीकी कमान्डर सहाना दिदी न त मन्त्री हुँदा कुनै लोभ लाल्चा मा फस्नु भयो न त माले, एमाले, मार्क्स्बादी पार्टीको नेत्री हुँदा अहिलेका बदनाम नेताहरु जस्तो डुङ्डुङी गन्हाउनुभयो । कम्युनिस्ट पार्टीमा पुष्पलाल, मनमोहन, मदन र आश्रित जस्तै एउटा निस्कलँक स्वच्छ छबिकी नेत्री  दिदी सहाना एमालेकै साथ नपाई नपाई बिस्तारमा छटपटिएर आज हामी सबैबाट बिदा हुनुभयो । कुनै दिन वहाँ राज्य शक्तीको दुरुपयोग गरेर बिदेश उपचारका नाममा पनि राज्यको ढिकुटी उडाउन पनि कहिलै तयार हुनुभएन । त्यस्ती एउटि श्रद्देय नेत्री सहाना प्रधानको निधन भएको खबर ले नेपाल मदर डट कम स्तब्ध छ । वहाँ प्रती हार्दिक श्रध्दान्जली !  
         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक