20140917

भारतीय खुफिया एजेन्सी ‘रअ’ को विश्वासपात्र बनेर नेपाली राजनीतिमा शक्तिशाली बनेका कृष्णप्रसाद सिटौला अमरेशकुमार सिंहहरू !

२०६२/६३ को जनआन्दोलन लगत्तै भारतीय खुफिया एजेन्सी ‘रअ’ को विश्वासपात्र बनेर नेपाली राजनीतिमा शक्तिशाली बनेका कृष्णप्रसाद सिटौलाले गिरिजाप्रसाद कोइरालाको कार्यकालमा जस्तै सुशील कोइरालालाई पनि प्रभावमा पार्ने भरमग्दुर कोसिस गरेपनि हाल असफल हुँदै गएका छन्। नाम, दाम, पदका लागि भारतीय
गुप्तचर एजेन्सी र पीएमओको भरपर्दो एजेन्टका रुपमा काम गर्ने सिटौलाले त्यसबेला गिरिजाप्रसाद कोइरालालाई श्यामशरणहरू र अमरेशकुमार सिंहको समेत साथ लिएर आफ्नो उपयोगिता पुष्टि गरेका थिए ।
जसले गर्दा गिरिजाप्रसादको नारायणहिटी प्रवेश गर्ने चाहना र सिटौलाको कांग्रेसभित्र आफ्नो हैसियत बढाउने महत्वकांक्षाले गर्दा कांग्रेसले ठूलो धक्का खानु परेको भन्दै कांग्रेस नेताहरू अहिलेसम्म कांग्रेेस कमजोर हुनु र नेपालको राजनीतिमा विदेशी हस्तक्षेप बढ्नुमा गिरिजा र सिटौलालाई दोष दिन्छन्। पछिल्लो समय विशेषगरी भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि सिटौला र अमरेशकुमार सिंहहरूको शक्ति कमजोर कडीमा परिणत भएको छ। मोदी सत्तामा आउनासाथ सिटौलाले अमरेशलाई दिल्ली पठाएर बिभिन्न च्यानलमार्फत् अनुनय गरेर कुनै समारोहमा मोदीसँग भेट गरे पनि त्यो भेटबाट कुनै उपलव्धी हुन नसकेको स्रोतले जनाएको छ। मोदीले आफैं नेपाल भ्रमण गरेर यहाँका सबै नेताहरूसँग व्यक्तिगत कुराकानी गरिसकेपछि नेपाल हेर्ने नीतिमा परिवर्तन गर्न लागेको चर्चा भइरहेको छ। मोदीले नेपालमा कुनै एक दुई एजेन्टहरूमार्फत् भन्दा पनि समग्र नेपाली जनताको भारतप्रति सकारात्मक भावना जगाउने ढंगको कुटनीति विकास गर्न खोजेका छन्।
विगतमा मनमोहन सिंह नेतृत्वको सरकारका बेला भारतले आफ्नो कर्मचारीतन्त्र र खुफिया संयन्त्रमार्फत् नेपाल नीति परिचालन गरेको थियो। त्यसले नेपालमा भारत विरोधी भावना अधिक बढेको प्रतिवेदन अध्ययन गरेका मोदीले प्रधानमन्त्री बने लगत्तै नेपाललाई उच्च महत्व दिएर भ्रमण गरे। उनले नेपालको संसदमा दिएको भाषण र उनका भेटवार्ताका साथै त्यसपछि उत्पन्न प्रतिक्रिया र प्रभावले पनि मोदी नेपालका लागि भारतीय राजदूत र पछि विदेश सचिव बनेका श्यामशरण, भारतका क्रिश्चियन पक्षधर केही ब्यक्ति र गुप्तचर एजेन्सीहरूद्वारा नेपालमाथि जबर्जस्ती लादिएको परम्परागत नेपाल नीति परिवर्तन गर्न चाहन्छन् भन्ने प्रष्ट हुन्छ। यसबाट सबैभन्दा घाटा भने विगतमा लामो समयदेखि भारतीय एजेन्सीहरूको तलबी र गैरतलवी (पदका लागि) एजेन्टका रुपमा काम गर्ने महन्थ ठाकुर, कृष्ण सिटौला, अमरेशकुमार सिंह, राजेन्द्र महतो, हृदयेश त्रिपाठी लगायतका नेताहरूलाई हुने भएको छ।
पछिल्लो समयमा सिटौला भारतीय राजदूतावासबाट सिनआउट भएपछि कांग्रेसभित्रको राजनीतिमा कमजोर हुँदै गएका छन्। विशेषगरी मोदीको सत्ता आगमनपछि लैनचौरबाट सिनआउट भएका सिटौला र अमरेशलाई सुशीलले पनि टेर्न छाडेका छन्। भारत र नेपालस्थित भारतीय राजदूतावासका तत्कालीन इन्टिलीजेन्स ब्युरो(आईबी) चीफ डीआईजीपी समीर इल्मेका नाममा कांग्रेस र अन्य दलका शीर्षनेतृत्वहरूलाई भ्रम छरेर बसमा राख्ने र आफूतिर आकर्षित पार्ने राजनीति गर्दै आएपनि पछिल्लो समयमा उनीहरूको विगतको हैसियत कमजोर हुन पुगेको छ। आफ्नो शक्ति क्षीण हुँदै गएपछि पछिल्लो साता सिटौलाले पुनः आफ्नो शक्ति, स्रोतको प्रयोग गरेर कोइरालालाई प्रभावमा पारी मुन्टो ठाडो पार्न खोजेको चर्चा कांग्रेस वृत्तमा चल्न थालेको छ। आफूलाई पाखा पार्न खोजिएको महसुस भएपछि आफ्नो शक्तिकेन्द्रमा पुनः धाएर सिटौलाले केही न केही जादू गरेर पुनः बालुवाटार दरवारमा पकड जमाउन खोजेका हुन् कि भन्ने आशंका कांग्रेस वृत्तमा छ।
पछिल्लो पटक तीन दलका शीर्षनेतामात्र बस्ने भनिएको बैठकमा कोइरालाले आफ्नो साटो सिटौलालाई पठाएपछि कांग्रेस नेताहरू सशंकित भएका हुन्। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भदौ १२ गते सुशील कोइराला, केपी ओली र प्रचण्डबीच वार्ता हुने भनिएको थियो। तर, कोइरालाले आफ्नो साटो सिटौलालाई पठाएपछि सिटौलाले कुन सूत्र प्रयोग गरेर सुशीललाई साइजमा ल्याए भन्ने चर्चा चल्न थालेको छ। यदि कोइराला आफू जान नसक्ने भए उपसभापति रामचन्द्र पौडेललाई पठाउन सक्थे। संयन्त्र गठनमा रामचन्द्र नकारात्मक भएकाले नपठाएको भए बरिष्ठ नेता शेरबहादुर देउवालाई पठाउन सक्थे। देउवा र पौडेलको विकल्प निर्वाचित महामन्त्री तथा आफ्नो उपप्रधानमन्त्री समेत रहेका प्रकाशमान सिंह पनि थिए। तर, यी सबै छाडेर कोइरालाले सिटौल्ाालाई अघि सार्नुले अर्थपूर्ण सन्देश दिएको कांग्रेस नेताहरूले बताएका छन्। बालुवाटार स्रोतका अनुसार, शेरबहादुर देउवा, प्रकाशमान सिंहको शीर्षनेताकाबीचमा तर्क राख्ने सैद्धान्तिक क्षमता कमजोर भएको र प्राविधिक कारणले रामचन्द्र पौडेल पनि जान नसक्ने भएपछि सुशीलले बाध्य भएर सिटौलालाई पठाएका हुन्।
प्रधानमन्त्री कोइरालाले आफूलाई अविश्वास गरेर सिटौलालाई जिम्मा दिएकोमा प्रकाशमान सिंंह पनि रुष्ट बनेका छन्। सिंहको भनाइ उधृत गर्दै उनका एक सहयोगीले भने–भारतको नाममा कोइराला निवासमा मनपरी गर्नेहरूले सुशीलदा’लाई असफल बनाउने हुन्, मलाई केही छैन।’
भारतमा मोदी आएपछि सिटौला र अमरेश कमजोर भएको सबैलाई थाहा छ। अहिले खुफिया एजेन्सीका एजेन्टहरूलाई भारतीय संस्थापन पक्षले आफ्नो गुडलिष्टमा राखेको छैन भन्ने कुरा मोदीले संकेत गरिसकेका छन्। सधैभरि नेपालको भन्दा भारतको सेवा गर्दा पनि मोदी र सुष्मा स्वराजले धन्यवाद भन्नुको साटो मधेश होइन देशको बारेमा सोच, हिमाल, पहाड र तराई मिलाउनतिर लाग भनेपछि मधेशवादी नेताहरू नै आफ्नो राजनीतिक भविष्य संकटमा देख्न थालिसकेका छन्। तर, अझै हिजोको हिङको टालो देखाएर सिटौलाले सुशील कोइरालालाई प्रभावमा पार्न खोजेपछि कोइराला क्याम्पमै असन्तुष्टि छाएको कुरा बालुवाटार स्रोतले बतायो।
पछिल्लो पटक २६ सभासद मनोनयनमा समेत सिटौला र मिनेन्द्र रिजाल हावी हुन खोजेको आशंकाले रामचन्द्र थप बिच्किएका छन्। तर, प्रधानमन्त्री निवास वालुवाटार स्रोत भन्छ– २६ सभासद मनोनयनमा सिटौला हेरेको हेर्यैत भए। हाल सुशील दा’सँग रुष्ट शेखर कोइराला बालुवाटार जान छाडेका छन्। उनी शुरुमा कृष्ण सिटौलासँगै रहे पनि सिटौला भारतीय एजेन्सीबाट परिचालित मान्छे हुन् भन्ने थाहा पाएपछि उनले चटक्कै छाडेको स्रोतले जनाएको छ। कोइराला परिवारभित्रबाटै सशांक कोइरालालाई उत्तराधिकारी बनाउने र त्यसको तयारी स्वरुप महामन्त्री बनाउने चर्चा चल्न थालेेकाले सिटौलाहरूको छटपटी सुरु भएको छ। भारतको नाममा नेपालमा राजनीति गरेर भातभान्सा मात्र होइन, शक्ति, पद, घरघडेरी जोड्नेहरूको आजभोलि बिचल्ली हुँदै गएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक