20140906

माओवादी युद्ध लडेका एक जना युबा कमान्डरको लेख जस्ताको तस्तै !

प्रचण्ड सत्तामा नजाउन्जेल सम्म खुब गर्जीन्थे | शान्ति, संबिधान , देश विकाश आफ्नै खल्तीमा भएको र आफुले सत्ता पाउने बित्तिकै जनतालाई चकलेट झैं बाँड्ने हो कि जस्तो गर्दथे !
-दिल निसानी मगर
 सत्य कुरा तितो हुन्छ तर त्यही तितो कुरा कालान्तरमा दबाई पनि बन्छ l सबै प्रसंगमा सत्य दबाई नहुदो रहेछ l सत्य कुरा बोल्दा सुकरातले बिष पिउनु परेको थियो l देशलाई माया गर्ने मान्छेलाई दासढुंगामा घोप्टाईन्छ l यो सत्य हो कि ‘मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन’ भनेर नेपालको सामाजिक मौलिक क्रान्तिका कवि देवकोटालाई पनि पागल भनियो l राँची लग्नु पर्छ भनियो l देशलाई माया गर्ने मानिसहरु शहिद भएर मरे l देशद्रोहीहरु देशको मालिक बने l दरबारको पनि सुनियोजित तरिकाले बंश नाश गरियो, यो झन कटु सत्य हो l  यी अभिजात शासकले हामीलाई झुटको इतिहास मात्र सुम्पेका छन l न मदन भण्डारीलाई अमर लामाले मारेको थियो न राजा बिरेन्द्रलाई दिपेन्द्रले गोलि हानेका हुन l खैर, जे सुकै भए पनि नेपालमा राष्टबादी युवा एकजुट हुन पर्छ भन्यो भने पनि ‘राजाबादी’ भयो भन्छन् l बिद्रोह गरौं भन्यो भने पनि जंगलीको आरोप लगाउछन l यी सबै आरोपका बीचमा उभिएर राष्टबादी युवा र आम समुदाय एक जुट हुन परेको छ l देवता मान्दिन भनेर के गर्ने ? देशलाई जोगाउने
भनेको त्यही एउटा ‘पशुपतिनाथ’ न रह्यो l
आज को आलेखमा मैले पुर्ब राजा र प्रचण्ड को राष्टबादको बारे केहि लेख्दै छु l यो लेख तयार गर्दा म कुनै बादमा रुमलिएको छैन डेमोक्रेसीको ‘ड’ र कम्युनिज्म को ‘क’ थाहा नहुनेहरु खुब ठुलो कुरा गर्छन l म त्यो बादलाई थाति राखेर आज मसिनो कुरा गर्छु l
 पुर्ब राजाको राष्ट्रवाद
राजा आउ देश बचाउ भनेर जुलुस निकाल्ने स्थिति त छैन l तर गान्धी परिवारको अबैधानिक सनकका कारण दुई सय पच्चीस बर्षको संस्था संभबत; समाप्त भएको छ l हामीले राजनैतिक दललाई हाम्रो नाशो ठानेका हौं l सोहि मुताबिक पुर्ब राजाबाट नासो पनि फिर्ता भएको थियो l फरक यत्ति भयो हाम्रा दलले ‘डन’ पाल्न थाले ज्ञानेन्द्रले छोरा डन भयो भनेर छोरा नै त्याग गरीदिए l राष्ट्रबादको कोणबाट हेर्दा पुर्बराजा प्रधान दुश्मन हुनु हुदैन l

खासमा भन्ने हो भने पुर्ब राजा ज्ञानेन्द्र शाहलाई जति देशको माया यी बिजय गच्छदार, आशोक राई, प्रचण्ड, आङ्काजी, बाबुराम, माधब नेपाल वा अन्य लगायतलाइ छैन l ज्ञानेन्द्र देशलाई माया गर्दैनथे भने उनी भागेर विदेश जान्थे l बिश्वमा यस्ता धेरै उदाहरण छन जो सत्ताच्युत भएपछि अक्सर उही मुलुकमा बस्दैनन l ज्ञानेन्द्र पनि कुनै मुलुकको शरणमा बस्न सक्थे l तर नेपाली जनताको माझमा बस्नु उनलाई डर भएन l किनभने उनको मनले नेपालको कुभलो चाहदैनन् l चाहेको भए सजिलै गद्दी छाड्ने थिएनन् l

ज्ञानेन्द्रलाई हटाइयो भने नेपाललाई सजिलै टुक्राउन सकिन्छ भन्ने एक थरीको बुझाइ थियो l बिन लादेन, भिन्दरेवाल र लेन्डुले उत्पादन गरेको नयाँ प्रथा जो नेपालमा कायममुकायम छँदैछ l सत्य कुरा के हो भने राज संस्था एउटा यस्तो संस्था हो जसले आफ्नो पुस्ता हस्तानतरण कै लागि भए पनि नेपाललाई 'अखण्ड' राख्न चाहन्थ्यो l जन नेता बिपी कोइरालाले राजासंग घाटी जोडिएको छ भनेर मेलमिलापको नीति अङ्गीकार गर्नुको मुख्य कारण पनि यही थियो- कि कम्तीमा राजाले नेपाललाई बिलय हुन दिदैनन् 

नेकपा-माओबादीलाई हार्डलाइनर अलग राखेर जबर्जस्त लादिएको संघीय लोकतान्त्रिक गणतन्त्र भारतको योजना हो l हार्ड लाइनर हमेसा भारतको बिरोध गर्दछ l यद्दपी देश भक्त बन्नको लागि भारत कै बिरोध गरिरहनु पर्दछ भन्ने मान्यता सही होइन l समय अनुकुल सम्बन्धहरुमा फेरबदल आउनु पर्दछ l राजा संस्था हटेपछि ढिलो चाँडो नेपाल भन्ने तत्कालिन हिन्दु राष्टलाई बिलय गराउने पश्चिमाको धार्मिक चालबाजी पनि हो l यसका संकेतहरु अहिले देखा परी रहेका छन् l
 तपाई एउटा कुरा के ख्याल राख्नुस भने-अहिले पहिचानको आधारमा जातीय राज्य खोज्ने अधिकांश मानिस नेपाली होइनन् l युरोपको बिभिन्न जग्गाबाट फेसबुकमा भुक्ने जातिवादीहरुसंग नेपाली नागरिता छैन l नेपाली पासपोर्ट छैन l उनिहरु तिब्बतियन वा भुटानी शरणार्थीको रुपमा युरोपको कार्ड सुबिधा लिएका छन् l यसमा तिब्बतियन रिफ्युजीहरु पनि छन l यिनलाई पश्चिमा मुलुकले स्थायी बसोबासको कार्ड र रासनपानी दिएको छ कि क्रिश्चियन बनेर नेपाल पस्ने सर्तमा l यसको उदाहरणको रुपमा पश्चिमाका दलाल र डलरबादी आङकाजी शेर्पा लगायतहरु जनजाति आन्दोलनको नाममा पुर्ब बडा-महाराज धिराजलाई युद्ध अपराधी घोषणा गर्नु पर्छ भनेका छन l नेपालको राष्टिय झण्डा फेर्नु पर्छ भनेका छन् l गाई काटेर खान पाउनु पर्ने माग राखेका छन् l यसबाट प्रस्ट हुन्छ कि गुदी कुरा कुन गर्भबाट बिकास भई रहेको छ l के यो युगमा आएर पृथ्वी नारायण शाहको मानहानी गर्नु उचित हो ? नेपालको झण्डा मात्र किन देश कै नाम फेर्ने कि ? धार्मिक अधिकारको नाममा खुल्मखुल्ला गाई काटेर खाँदा अन्य समुदायको मानब अधिकार हनन भएँन ?

क्रिश्चियन धर्मले राजनीति गर्न बन्देज गर्छ l यिनीहरु नक्कली नेपाली र नक्कली क्रिश्चियन हुन l त्यसकारण एन.आर .एन ले उठाउदै आएको दोहोरो नागरितालाई कुनै पनि हालतमा स्वीकार गर्नु हुदैन l अन्यथा उनीहरु नेपाल पसेर जात र धर्मको नाममा बितण्डा मच्चाउने छन् l यदी तपाई कोहि आफ्नो देशलाई बचाउन चाहनु हुन्छ भने युरोपमा बसेर कति पैसा कमाउने हो कमाउनु होस् तर अन्तत; त्यहाको नागरिता त्यागेर नेपाली बन्नु होस् l हामी सबैको अन्तिम गन्तब्य आर्यघाट नै हो l देश बँच्यो भने हाम्रो पुस्ता बँच्छ l त्यसकारण एन.आर.एनको दोहोरो नागरिताको मागलाई शंकाको दृस्टीकोणले हेर्न जरुरी छ l

राज संस्थाको अन्त्य पछि धेरै कुरामा फेरबदल आयो l जसरी दरबार हत्या काण्ड भयो त्यसपछि नेपाल र भारतबीचको कुटनीतिक ‘पोर्टफोलियो’ बरियाताक्रममा आकस्मिक गिरावट आयो । नेपाल–भारत सम्बन्धका जानकार भेषबहादुर थापाले यो कुरा स्वीकार गरेका छन कि- ‘राजा वीरेन्द्रको पालामा नेपाल र भारतको कुटनीतिक मर्यादा दुई देशबीचको जस्तो थियो । अहिले त्यो कुटनीतिक मर्यादा समाप्त भएको छ ।’

सुनियोजित जसरी- नेपालको प्रधानमन्त्रीलाई त भारतको एउटा राजदूतले घुमाई दिएको छ । सरकारी उच्च अधिकारीको त कुरा छोडौ । नेताहरु राजदूतलाई भेट्न खुद निवास पुग्छन् । राकेश सुद त झन मन्त्रीको घरघर पनि जान्थे । कुनैपनि सरकारी काम अफिसियल जस्तो भएन र छैन पनि ।

अझै रहस्यम को कुरा त के छ भने-राजा वीरेन्द्रको वंशनाश गर्दा त्रिभुवन सदनमा गोली चलाउने हत्याराको खास पहिचान हुन नसकेपनि त्यो दिन प्रयोग गरेका तीन वटा हतियार अहिले पनि बेखबर छन् । ती हतियार अहिले कहाँ कस्तो हालतमा छन ? कतै बताइएको छैन । हत्याकाण्डमा जर्मनीमा बनेको ९ एमएम क्यालीबरको ग्लक सब मेसिनगन, अमेरिकामा बनेको ५.५६ क्यालीबरको एम–१६ राइफल ( एटु भर्सन ) र ९ एमएम कै गोली लाग्ने सर्टगन प्रयोग भएको थियो भन्ने कुरा बाहिर आएको थियो । हत्याकाण्ड पत्ता लागुन त्यी हतियार काफी नै छ l शंका गरिएका सबैलाई Finger print र हतियारको बाहिरी भागलाई उच्च स्तरको ल्यावमा जाँच गराउनु पर्छ । त्यो नेपाल र भारतमा सम्भव छैन । रसिया वा अमेरिकाको ल्यावमा लैजानु पर्दछ l Finger print र हतियारको कभर print मेल खान गयो भने कोहि न कोहि को संलग्नता ठहरिन्छ ।

प्रचण्डको राष्ट्रवादको राष्ट्रवाद
होलेरी काण्ड’ मा पनि राजा वीरेन्द्रले तत्कालीन माओवादीलाई मार्न सेना प्रयोग गर्न दिएनन् । उहाँको बिचार थियो, ‘नेपालीलाई मार्न नेपाली सेनाको प्रयोग कदापी गर्न मिल्दैन । नेपाललाई शान्ति भूमि बनाईयोस भनी विश्वसामु  प्रस्ताप गर्ने राजा वीरेन्द्रको सुनियोजित हत्यापछि नेपाल सम्भवत टुहुरो नै भएको छ । तत्कालीन माओवादीसंग राजाको जो सम्भावित वार्ता थियो, त्यो पनि सफल हुन दिइएन ।

माओबादी र राजा बिरेन्द्रबीच पोखरामा बार्ता हुने बहस चलिरहँदा दरबारमा हत्या काण्ड भएको थियो l माओबादी राजासंग मिलेर अन्य दललाई खत्तम गर्ने कि दलसंग मिलेर राजालाई खत्तम गर्ने भन्ने बारे अन्योल रहे पनि बिरेन्द्र संग सहकारी गर्न सकिने संभाबना थियो l प्रचण्डले भन्ने गरेको राष्टबादीसंगको तालमेल भन्ने पनि यही थियो l तर यो केबल सपनामा सिमीत भए पछि माओवादी राजा होइन दल संग मिल्नु अनिबार्य थियो l त्यसपछि माओवादी र अन्य दलको बैचारिक मिलनमा खासै भिन्नता आएँन l सबैको उद्देश्य कमाउ धन्दा नै भयो l
हरेक महान बिचार झुपडी र गरिबको आँगनबाट निर्माण हुन्छ र महलको कोठामा पुगेर  हराउछन l बाह्र बर्षको महान जन युद्धले दुई चार जना मानिस अरबपति हुन सके l दुई चार जना मानिसका छोरी ज्वाई करोडपति पनि बने l तिनका नाति नतिना भान्जा भान्जी विदेश पढ्न जान सके l जनतामा फेरबदल त न प्रजातन्त्रमा आयो न यो गणतन्त्रमा l पंचायतमा आउने कुरै भएँन बरु राणाकालिन समयमा मठ मन्दिर बनेका कारण सबैलाई पुजा गर्न सजिलो भएको छ l देशलाई अनिर्णयको बन्दीमा फसाउने काम नै माओबादीको नयाँ उन्नत राष्ट्रवाद हो l
प्रचण्ड पनि प्रधानमन्त्री बने l उनले मनमोहन सिंहलाई करिब आधा घण्टा अँगालो हाले | त्यहाँ खाए पिए तर असमान सन्धी र मिचिएका सीमाको बारेमा चुँइक्क पनि बोल्ने उनमा हिम्मत आएन | बल्ल बल्ल पाएको कुर्सीको दिर्घायुको लागि भिख माग्दै निर्लज्ज फिर्ता भए | उनले काठमाडौँका जनतालाई सुकिला मुकिलाको संज्ञा दिए | आफुले डेढ लाखको पलंग चढे | रोलेक्स घडीमा ठाँटिए | आज उनको सम्पति विवरण कसैलाई थाहा छैन ?

प्रचण्ड सत्तामा नजाउन्जेल सम्म खुब गर्जीन्थे | शान्ति, संबिधान , देश विकाश आफ्नै खल्तीमा भएको र आफुले सत्ता पाउने बित्तिकै जनतालाई चकलेट झैं बाँड्ने हो कि जस्तो गर्दथे | खरो राष्ट्रबादी भै भाषण गर्दथे, अमेरिकी पुंजिबाद र भारतीय बिस्तारबादलाई घुंडा टेकाउने कुरा गर्दथे , सुरुंग युद्द नै झन्डै लडेका भारतसंग मुखले त माओबादी नेताहरुले | भारतीय लगानीले नेपाली अर्थतन्त्र र श्रमिकको हित हुन नसक्ने उनीहरुको ठहर थियो | सबै असमान सन्धि सम्झौता खारेज गर्ने, मिचिएका सीमाहरु फिर्ता माग्ने भन्थे | भ्रष्टाचार जरै देखि उखेलेर फाल्नु पर्छ भन्थे | क्रान्तिकारी भूमिसुधार, जसको जोत उसको पोत जस्ता लोभलाग्दा नाराहरु घन्काए | शान्ति सुरक्षा र जनधनको रक्षामा कमि भो भनेर अरु दललाई खुब उडाउँथे | आफु सत्तामा आए चुट्कीका भरमा सब समाधान गर्ने कुरा गर्दथे l कुरा र कामको भिन्नता नै उनको क्रान्ति हो राष्टबाद हो । 

अहिले को गणतन्त्रमा प्रचण्डका थुप्रै आत्मघाती राष्टबाद छन- सरकारमा गयो l भारतले काम गर्न दिएन भन्यो l राज्यको रकममा ब्रह्म लुट गर्यो अनि सरकारबाट राजिनामा दियो l हिँजो सम्म हामीले भारतको उच्च अधीकारी वा प्रधानमन्त्रीको नेपाल सम्बन्धी धारणा सुनेका थिएनौ l जसरी अाज सुनेका छौ l हामी र हाम्रो नेता केवल भारतीय राजदुत र खुपीया एजेन्सी "रअ" को पछाडी लागेका थियौ ल आज कुरा प्रष्ट भएको छ l बास्तवमा भारतीय प्रधानमन्त्री संगको लाइभ कम्युनिकेसनको अभाबमा नेपाली जनतामा भारत बिरोधि भाबना जागेको थियो l

अब हाम्रो हात भारततर्फ होइन नेपाली नेताको टाउको तीर उठाउन परेको छ l यी त कामचोर पो रहेछन् l सरकारमा गयो की खाली भारतले काम गर्न दिएन भन्दै अकुत सम्पती कमाउने नेपाली नेतालाई आजै बाट चिन्न जरुरी छ l यी बदमास नेता नामधारीले नेपाली जनतालाई त कुहीरो भीत्रको काग बनाएका रहेछन् l सरकारमा गयो भारतले काम गर्न दिएन भन्यो राज्यको रकममा ब्रह्म लुट गर्यो अनि सरकारबाट राजिनामा दियो l आफुले विकासको खाका राम्रो संग कोर्न नसक्ने, बिदेशीसंग सम्बन्ध बजबुत गर्न नसक्ने अनि प्रभुको इशाराले काम गर्न पाइएन भन्नु के लाज मर्दो कुरा होइन ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक