20140905

धार्मिक स्वतन्त्रता छ, अन्जु पन्तले जुन सुकै धर्म अँगाल्न पाउँछिन, तर यती सम्म नबोलेको भए उत्तम हुन्थ्यो कि अन्जु ?

कलाकारहरु, लोकप्रिय मान्छेहरुले गर्ने सानो कुरा र निर्णयले यती ठुलो तरँग आउँदो रहेछ र क्यारियर माथिनै बादल मडारिँदो रहेछ भन्ने कुरा अरु सबैले पनि मनन गर्नुपर्ने देखिन्छ यो घटनाबाट पाठ सिकेर । क्षमादान भन्दा ठुलो दान केही पनि हुँदैन । अन्जुले क्षमा मागिसकेकी छिन अब उनलाई क्षमा दिनुपर्छ भन्छ नेपाल मदर डट कम ।
 यसरी बने म क्रिश्चियन गायिका अञ्जु पन्त

एउटा समय थियो मेरो पारिवारिक तनावले गर्दा म कतै जान सकेकी थिइन । काठमाडौमा एक्लै टोलाउँथे । एकदिन काठमाडौ बाहिर गएपछि बहिनी फ्रेस हुन्छिन् कि भनेर दाजु र साथीहरुले मलाई विरगन्ज
पुरयाउनु भयो । त्यहाँ हाम्रो सानो बुवाको परिवार थियो । शुक्रबार पुगेका थियौ, शनिवार त्यहाँको एउटा ठुलो हलमा हामी सवैजना बस्यौ । एक, दुई चार गरि अडियन्सहरु बढ्न थाले । मलाई सवैले चिन्थे तर म कसैलाई पनि नचिन्ने ।  सानोबुबाले मलाई सल दिएर घुम्टी लगाउ भन्नुभयो ।  मैले त्यसै गरे । पछि थाहा भयो मेरो सानोबुबा क्रिश्चित धर्मको पाष्टर र सानीआमा पास्टरर्नी हुनुहुदो रहेछ । पास्टर सानोबाले मलाई छोएर ‘हे प्रमु तपाईले बनाउनु भएको सुनको शिष्यलाई कसैलेपनि तहसनसह पार्न नसकोस्’ भन्नु भयो । यो शब्द सुनेपछि भक्कानो फुटेर आयो । जिन्दगीमा धेरै रोएँ, तर त्यस्तो त म कहिले पनि रोएकी थिइनँ ।  
बेलुकी भजन कीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन । तर भजन कितावबाट मलाई आठ नम्बरको भजन गाउन लगाइयो । ‘महान ईश्वर गर्छु म प्रशंसा तपाईको’ भजन मैले गाउनु पर्ने भयो । हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल मेरो आवाज खुल्यो । म रोएँ, उफ्रेर नाच्न थाले, यता कुँदे उता दगुरे । दाइहरुपनि रुनु भयो । त्यसपछि पास्तर बुवा राजकुमार घिमिरे र पास्टरर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनु भयो । त्यसपछि बाइवल पढ्न थाले, प्रभावित भएर क्रिश्चित बने ।
 - Source sagarmathapost


सारा संसारलाई जोड्ने एउटै माला हो संगीत । संगीतमा ‘नो पोलिटिक्स’, ‘नो रिलिजन’ भन्ने नारा नै हुन्छ । तर, गायिका अञ्जु पन्तले भने संगीतको यो मान्यतालाई लतारेकी छिन् । गीतकार सहदेव कोइरालाको रचनामा रहेको गीत हिन्दुवादी भएको भन्दै उनले गाउनै मानिन् ।
मालश्री रेकर्डिङ स्टुडियोमा गीत गाउन पुगिसकेकी उनी गीतको बोल सुनेपछि नगाउने भन्दै फर्किन् । अखिर किन गाइनन् त अञ्जु पन्तले उनको गीत । गीतकार कोइरालाका अनुसार अञ्जु क्रिश्चियन भएको हुनाले आफ्नो गीत अस्वीकार गरेकी हुन् ।
कोइरालाको शब्द तथा संगीतमा समावेश ‘दुर्गा माताको आर्शिवादले’ बोलको गीतमा अञ्जुले आपत्ती जनाएकी हुन् । उनले आफू क्रिश्चियन भएको र यस्तो शब्द उच्चारण गर्न नसक्ने बताएकी थिइन् । गीतकार कोइरालाले भने-’मैले तपाई व्यवसायीक कलाकार हो । धर्म मान्नुहोस् पो हामीले भन्न सक्दैनौ । तर गीत त एक कलाकारले गाउन के हुन्छ भने, तर उहाँले मान्नुभएन ।’
अब यो गीत देवी घर्तीमगरको आवाजमा रेकडिङ हुँदैछ ।

अन्जुपन्तले गाउन नमाउने दशैंको शुभकामनाका गित यस्तो छ

सुख र शान्ति रहोस् जीवनमा ओठमा हाँसो छाओस्
दुर्गामाताको आशिर्वादले सोचे झैँ पुग्दै जाओस्।

पुकार्दै मनले नवदुर्गालाई गर्दै मनले कामना
यो दसैंको सबै सबैलाई छ शुभकामना।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक