20140927

एन आर एन लाई दोहोरो नागरिकता दिने निर्णय ३ दिन नबित्दै आज तुहियो, दोहोरो नागरिकता नदिने निर्णय !

डराए एन आर एन हरुसँग एमाअोबादी, एमाले र काङ्रेसहरु ! सुन्नुस "मुस्ताङे नौटँकी" "अपराधी सरदार" बाबुराम भट्टराईको मुखबाट नागरिकता नदिने निर्णयको घोषणा !
नेपालको राष्टियता कमजोर बन्नुको कारण
- अविश अधिकारी (भीम) पोखरा 

राष्ट राष्टियता बिलकुल घनिष्ट सम्बन्ध रहन्छ राष्ट छ राष्टियता रहनु पर्छ! इतिहासकै गम्भीर संकटमा पुगेकाले कुनै दल नभनी राष्ट्र र राष्ट्रियता जोगाउनुपर्ने आवश्यकता रहेको छ! नेपाल बर्तवान परिपेक्षमा राष्यियताका कुनै पनि बुददागत कार्य हुन सकिराको छैन कारण हो राजनैतिक अस्थिरता! विगत ८ वर्षको गलत राजनीतिक अभ्यासका कारण मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता संकटमा परेको तितो यथार्थ सर्वदित नै छ! पछिल्लो समय देशमा अराजक तत्व बड्नु र धार्मिक सहिष्णुतालाईनै खलबल्याउने गरी बिभिन्न माग राख्दै नया साना ठुला शक्तिहरूको उदय हुनु ठुलो बिडम्वना हो! हामी कुने पार्टी बिशेष र धर्म जातको मान्छे नभयी नेपाली भएर बाच्नु को बिकल्प छैन! हामीले मुलभुत राष्ट र राष्टियताको बिषयमा प़याप्त मात्रामा जानकारी नहुनु र प़मुख राजनैतिक दलको उदाशिनताले पनि राष्ट कमजोर भएको महशुस हुन्छ! अनर्थ नलागोस- राष्टियता को मुद्दामा अडिक रहने संस्था देशले महसुस गरिरहेको अवस्था छ ! हामी समय परिवर्तित हुदै गर्दा नयां नेपालको सुरेली भाका निकै घन्कायौ अब राष्ट राष्टियता झन मजबुत
हुन्छ भन्ने सोच्यौ अन्तराष्टिय नेपालको सिमना यथावत नै रहन्छ भन्ने सोच्यौ पुराना ईतिहास मेटाईयो पृथ्वीनारायण शाहाका शालिक तोड फोड गरेकै हो आखिर पायौ के? ईतिहास कहिल्यै मेटिदैन यो बुज्ने कोसीस पनि गरेनौ ! कथित जनआन्दोलनको आडमा गीरीजा बाबुले संसद समेत पुनरस्थापना गरे र कथि संबिधान सभा निर्वाचन केही हदमा सम्पन्न पनि भयो र गणतन्त्र पनि आयो खुबै आशा पनि गरीयो राष्ट अब दरिलो हुनेछ र राष्ट र राष्टियता पनि परिपक्क हुनेछ भन्ने कुरा तर बिलकुल बिपरित दिशातिर लाग्यो! सबै धर्म तथा जातजातिको सम्मान गर्ने हिन्दु धर्ममाथि कयौ पटक छुरा प्रहार भयको छ कृपया यस्तो कार्य बन्द हुन जरूरी छ यसले झनै राष्ट र राष्टियता कमजोर बनाउछ! नेपालको राजनिति सत्ता प्राप्तीको राजनीतिमा लागेकाले मुलुकको राष्टियता दिन प्रतिदिन कमजोर बन्दै गएको छ! थरि थरि सस्कृती छुटा छुट्टै भाषा हिमाल,पहाड,तराइ मिल्यो भन्य राष्टियता बलियो हुने छ यो नै हाम्रो राष्टियताको गहना हो! हाम्रो छाति सानो छ तर राष्ट अटाउछ जुन दौरा सुरवाल छ जहा जाउ हामी नेपाली ठहरीने छ बिडम्बना दौरा सुरवालको अख्तित्व नै मेट्न तल्लिन छौ ! कयौ पटक अन्तरिम संबिधान परिमार्जित गरिसकेका छौ यसले संबिधान सकंटमा परेकाले राष्ट्रियता माथी खतरा उत्पन्न हुन सक्ने अवस्था छ तर हामी यस बिषयमा गम्भीर हुन सकेको छैनौ यसको मुलभूत कारण राष्ट र राष्टियता को महत्व नबुज्नु नै हो! राजनैतिक अस्थिरताका कारण नै बास्तवमा शान्ति प्रकृया अलपत्र परेको र त्यसले राष्ट्रियतालाई कमजोर बनाउने छ यो कुनै राजनितिक पार्टीलाई चिन्ता छैन! नेपाल बहुधार्मिक देश हो । त्यसकारण यहाँकुनै एउटा धर्मलाई राज्यको धर्म बनाउने कुरा जनताको व्यापक जनमत छ । अन्य प्रकारको प्रयत्न गरियो भने देशमा गम्भिर प्रकारको अशान्तिको स्थिति उत्पन्न हुनेछ यसले आखिर पहिला राष्ट र राष्टियता मै गोली लाग्ने छ यो सबैले बुज्न जरूरी छ! अहिले देशमा कायम भएको गणतन्त्रले देश र जनताका सबै आवश्यकता पूरा गर्दैन ।कुरा ठुला गर्दैमा राष्ट र राष्टियता बलियो हुन्छ भन्ने हैन यसको लागी मनै देखि स्वयम आफैबाट सकरात्मक चोच बिचार राखी अगाडी बड्नुको बिकल्प छैन यसैमा राष्ट राष्टियता र जनताको कल्याण हुनेछ !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक