20140927

प्रधानमन्त्री शुशील कोइराला ज्यू झुस्स घुम्रिएको दारीमा, लथालिंग भेसमा केही झुन्डहरुसँग कोठा भित्र थन्किएको देख्दा, भुलेको देख्दा, देशको इज्जत र मर्यादा ख्याल नगररेको देख्दा मन चसक्क भएर आयो !

आज अमेरिका नरेन्द्र मोदी मय भएको छ, ओबामा मोदी भेट्न आत्तुर छन, संसारका सरकार प्रमुखहरु, राष्ट्र प्रमुखहरु मोदीको पर्खाइमा छन उनले बोलेका र बोल्ने हरेक शब्द शब्दलाई संसार भरले राष्ट्रसंघको फोरम देखी बाहिर सम्म महत्व दिइरहेका छन । तर मेरो देशका प्रधानमन्त्री शुशील कोइराला ज्यू झुस्स घुम्रिएको दारीमा, लथालिंग भेसमा केही झुन्ड हरुसँग भुलेको देख्दा, देशको इज्जत र मर्यादा ख्याल नगररेको देख्दा मन चसक्क भएर आयो । नेपाल को प्रधानमन्त्री भए पछी नेपाली जनताको प्रतिनिधिका हिसाबले राष्ट्र संघ देखी संसार भर का सरकार प्रमुख राष्ट्र प्रमुख सँग नेपाल सँगको अन्तरराष्ट्रिय सम्बन्ध बिस्तारमा लाग्नु पर्ने शुशील दाई कोठा भित्र थन्किएको देख्दा मन कुँडियो । कोठाभित्र शुशील दाई सँग फोटो खिच्ने र फेसबुकमा अपलोड गर्ने हाम्रा केही कोठे मित्रहरुलाई लाग्दो हो हामीले संसार जितियो प्रधानमन्त्री सँग फोटो खिचियो तर हाम्रा ति मित्रहरु फर्केर राष्ट्रिय स्वार्थ हेर्नुभयो भने वहाँ हरुलाई पनि आत्माग्लानी हुनुपर्ने हो । न्याय माग्दा माग्दै नन्द प्रसाद अधिकारीले ज्यान गुमाएको बारे ति कोठे मित्रहरुले कुनै चासो राखेको देखिएन । देशको शान्ती र संबिधान अलपत्र भएको बारे कोठे मित्रहरुले बोलेनन । संसद कयौँ दिन देखी अलपत्र छ अबरुद्ध छ त्यस बारे प्रश्न सोधेनन । काङ्रेस र एमालेलाई गत आम निर्बाचनमा जनताले करिब दुइतिहाइ मत दिएको के प्रचन्डलाई फेरी राजनीतिक सन्यन्त्रको स्थाई संयोजक दिन हो ?? किन दिंदै हुनुहुन्छ ?? भनेर कसैले मुख खोल्न सकेनन । यस्तो सबै देख्दा लाग्यो नेपाल मा अहिले सम्म कुनै मोदी जन्मिएको पनि छैन र हामी जन्माउने पक्षमा पनि छैनौं । धिक्कार छ हामी हरु लाई, जय जँगली बाद, जय प्रचन्ड पथ, जय बाबुराम, बैद्य पथ । अब यसै भन्नु पर्ने त होलानी होइन ? कठै हामी नेपाली जनताको नियती र दुर्भाग्य !!! 
 





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक