20140927

आफ्नो सम्पत्ति तीन करोड घोषणा गरेकी मुख्यमन्त्री जयललिताको सम्पत्ति ६६.६ करोडको ! चार वर्ष कैद सजाय, १ सय करोड जरिवाना !

नेपालका भ्रस्टाचारी नेताहरुको यसैगरी  पालो आएको हामी नेपालीले देख्न पाइएला ??  
बैंङ्गोरको एक विशेष अदालतले अकूत सम्पत्तिको मुद्दामा तमिलनाडुका मुख्यमन्त्री जे. लयललितालाई चार वर्ष कैद सजाय सुनाइएको छ । उनलाई १ सय करोड जरिवाना तोकिएको छ । अदालतको फैसलापछि उनले मुख्यमन्त्री पदसँगै विधानसभा सदस्य पनि गुमाउनु पर्ने भएको छ । उनी अहिले तेस्रो पटक तमिलनाडुका मुख्यमन्त्री छिन् । सन् १९९६ मा को यो मुद्दामा जयललिताका साथी शशीकला, धर्मपुत्र सुधानकरन र
शशीकलाकी भान्जी लाई पनि चार वर्षको जेल सजाय सुनाइएको छ । तीन अभियुक्तलाई दश करोड जरिजाना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जयललितामाथि १८ वर्ष पहिले अधिक सम्पत्तिको मामिलामा एफआइआर दर्ता भएको थियो । यो मुद्दा दायर हुँदा उनी पहिलो पटक मुख्यमन्त्री भएकी थिइन् । लोकसभामा उनको पार्टीको ३७ सदस्य छन् । भ्रष्टाचारको मुद्दामा जयजलिताले यसअघि पनि राजीनामा दिनु परेको थियो । सन् १९९१ मा मुख्यमन्त्री बनेपछि जयललिताले आफ्नो सम्पत्ति तीन करोड घोषणा गरेकी थिइन् । मुख्यमन्त्रीको रुपमा उनले मात्र एक रुपैयाँ तलबमा काम लिइन् । तर, उनको सम्पत्ति ६६.६ करोड भएको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर भएको थियो । चेन्नई र उपनगर क्षेत्रमा थुप्रै घर, हैदराबादमा फार्म हाउस, नीलगिरीमा चिया बगान, २८ किलो सुन, ८०० किलो चाँदी, १०५०० साडी, ७५० जोर जुत्ता, ९१ घडी भएको दावी छ । यो सबै रिजर्व बैंकको बैंग्लोर शाखामा छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक