20141010

पूर्व युवराज पारस साह थाइल्याण्डमा पक्राउ परेको थाईल्याण्डस्थित नेपाली राजदूतावासले पुष्टि गर्‍यो !

पारस शाह जस्ता कलँक छोरा कुनै आमाको कोखबाट कहिलै पनि नजन्मिउन ! भर्खरै मात्र हर्ट एट्याक भएर निको हुँदै आराम गरिरहेका बाबु र राजदरबार गोली काण्डमा छातीमा गोली लागि हाल सम्म गोली निकाल्न नसकिएकी आमाको पिँडा नबुझ्ने पारस जस्ता छोरा, हिमानी जस्ती अशल श्रीमती को श्रीमान र  त्यती राम्रा ३ छोरा छोरीका बाबु भएर पनि, सुध्रिएनौ तिमी ! देश को पूर्व युबराज, त्यो शान, त्यो मान, के थिएन तिमीसँग ?? र तिम्रो यो हालत जनताले, सँसारले यो रुपमा देख्नु पर्‍यो आज ?? धिक्कार छ पारस तिमीलाई । तिमी बाच्नुको कुनै तुक छैन अब । आमा बाबुलाई पिँडा, श्रीमती र छोरा छोरी लाई पिँडा, देश लाई पिँडा, जनतालाई पिँडा ! तिमी मात्र पिडक हौ पारस । धिक्कार छ तिमीलाई ! अब तिम्रो अनुहार कहिलै देख्नु नपरोस - नेपाल मदर डट कम पत्रकारिताको भाषा बाट तल ओर्लिएरै यो भन्न वाध्य भयो आज ।       


पूर्व युवराज पारस साह थाइल्याण्डमा पक्राउ परेको थाईल्याण्डस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ । थाइल्याण्डका लागि कार्यबहाक नेपाली राजदूत डोरनाथ अर्यालले भने, ‘पारस पक्राउ भएको हो, उनलाई पक्राउ गरिएको कुरा स्थानीय प्रहरीले दुतावासमा खबर गरेका छन् ।’ उनले थपे, ‘पारस पक्राउको विस्तृत रिपोर्ट दुतावासलाई पठाउने त्यहाँका प्रहरीले जानकारी दिएका छन् । यहाँका पत्रिकाले पनि त्यो समाचार प्रकाशन गरिसकेका छन्

अवैध लागूऔषध कारोबारमा पटक(पटक पक्राउ पर्दै आएका पूर्वयुवराज पारस शाह बुधबार दिउँसो फेरि बैंककमा पक्राउ परेका छन्। थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ। प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ सहित साह बुधबार दिउँसो १ बजे पक्राउ परेको
थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ। पारसका साथबाट ५।८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको स्थानीय प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव समेत प्रहरीले बरामद गरेको उक्त पत्रिकाले जनाइएको छ । साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको त्यहाँको प्रहरीलाई उधृत गर्दै समाचारमा भनिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक