20141022

संविधान बन्दैछ कि बिस्फोटक जातीय बम ?

- राजन कार्की 
१० वर्ष लामो जनयुद्ध गर्ने र त्यही शक्तिले जनआन्दोलनलाई बिस्फोटक बनाएर परिवर्तन ल्याउने शक्ति हो माओवादी। यो सफलताका अदृश्य जेजति कारणहरु भए पनि सतहमा देखिएको यथार्थ यही हो। ०६२–६३ को त्यो दाह्रासिंह शक्तिले ०७१ साल असोज २२ गते सुरालमै सू गरेको देखियो। ४३ दिन संसद अवरुद्ध पारेर देशै उल्टाउाछु जस्तो गरेको प्रचण्ड गर्जन असोज २२ गते २ महिने राजनीतिक संयन्त्रको अध्यक्ष बन्न पाएपछि शान्त भयो। संविधान निर्माण गर्ने महत्वपूर्ण शक्तिको यति लाजमर्दो पलायन? बाघ बुढो भएपछि फट्याङ्ग्रो मारेर चित्त बुझाउाछ भनेको शायद यही हो। सत्तासुखमा माओवादको हदैसम्मको झुकाव देखेर पेरिस डााडामा झुण्ड्याइएका मार्क्स, माओ, एंगेल्सका तस्वीरहरु पनि लाजले भुतुक्क भएको हुनुपर्छ। प्रचण्ड नेतृत्वको आधा माओवाद संसदमा छ र यो नौटंकी देखाइरहेको छ। आधा माओवादी नेकपा–माओवादीका रुपमा सडकमा छताछुल्ल असरल्ल छ। बलियो भनेको बैद्य माओवादी सशस्त्र युद्धमा जान्छौं भन्दाभन्दै गोलमेचबाट गोलचक्कर खाएपछि 'दलितमैत्री संविधान बनेन भने आन्दोलनमा साथ दिन्छौं' भनेर चेतावनी दिने स्तरमा झरेको छ। नेपालमा १२६ जाति छन् र सबै
जातजातिमैत्री संविधान बन्नुपर्छ भन्ने भाका हालेर देशको गीत गाउन सकेन बैद्य माओवादीले पनि। जसरी संसदको एमाओवादीले मधेसीसाग र २२ दलको मोर्चा बनाएर 'प्रक्रियाको होइन, सहमतिकै संविधान चाहिन्छ' भनेर सडक आन्दोलन थालेको छ, सडकको नेकपा–माओवादी पनि ३३ दल र अझ बढी दलहरु जोडजोड पारेर सडकबाटै जनसंविधान जारी गर्ने धमास दिइरहेको छ। संसदको एमाओवादीसाग सडकका माओवादीहरु बैद्य, मातृका यादव, मणि थापा, परी थापाहरु (भुरेटाकुरे) 'भारतीय सुपर ग्लू'ले टाास्सिन पुगे पनि तिनको हैसियत उन्नाइसको बीस भएको छैन। जो जनतामा होइन, धम्कीमा विश्वास गर्छ, त्यसले क्रान्तिकारी देखिनै पर्छ। नत्र कसरी राजनीतिक पसल चल्छ र?
पत्याएनन्, जनताले नपत्याएपछि प्रचण्डले पहिचानसहितको संघीयतामा सहमति हुनैपर्छ भनेर जोड दिन थालेका छन्। प्रचण्डका यस्ता कुराले प्रचण्डजी संविधान निर्माण गर्न चाहन्छन् कि जातीय बम? आशंका उठेको छ। अहिले पनि प्रचण्ड १० जातीय पहिचानका संघीयतामा अडिग छन्। बहुजातीय समाजमा जातिवादको झिल्का भनेको हाइड्रोजन बम हो। काठमाडौंलाई काबुल बनाउने, नेपाललाई अफगानिस्तान बनाउने हो भने प्रचण्डले भनेझैं जातिवादी हाइड्रोजन बम नै काफी छ। उनले भनेजस्तो भयो भने नेपाल टुक्रा टुक्रामात्र होइन, जातीय मारामारमा पनि बदलिनेछ।
प्रचण्डजस्ता नेताले जातिवादको कुरा उठाउन सुहाउने थिएन। १२६ जातिको नेपाल बोक्नुपर्ने नेता जातिवादी हुने? पृथ्वीनारायण शाहको सालिकको टाउको काटेर, त्यसलाई फेरि जोडजाड गरेर पूजा गर्न थालेको माओवादीले 'एक नेपाल' भन्नुपर्छ, सिङ्गो नेपाल बोक्नुपर्छ। 'राजनेता' बन्न छाडेर 'जातिवादी नेता' बन्नु भनेको लोकतान्त्रिक स्वर्ग त्यागेर नरकमै बस्छु भनेजस्तै हो।
जातिवादी आगो सल्केपछि निभाउन गाह्रो पर्छ। म्यानमारमा सल्केको जातिवादको डढेलो निभेको छैन। पूर्वी टिमोरमा ३ लाख मारिए, जातीय रक्तपात जारी छ। इण्डियन र रेडइण्डियन फिजीमा पनि लडिरहेका छन्। सोमालिया, ताजकिस्तान, बुरुण्डी, कोसोभो, लेवनन्मा पनि हिंसात्मक जातीय द्वन्द्व थामिएको छैन। जातीय द्वन्द्व बढ्दै गएर धार्मिक युद्धको रुपमा पनि बदलिएका छन् कतिपय मुलुकमा। त्यो शिक्षा लिएर संक्रमणलाई निश्चित पद्धतिमा ढाल्न मियोको भूमिका खेल्नुपर्ने राजनीतिक फरवार्ड खेलाडी हो माओवादी। तिनीहरु नै बिभिण्डिएर असन्तोषलाई अशान्तिमा बिजारोपण गर्न लागिपर्छन् भने यो मुलुकलाई अर्को जनयुद्धको रक्तपातबाट बचाउन सकिएला र? यस दृष्टिकोणबाट समीक्षा गर्दा कांग्रेस, एमालेको भूमिका महत्वपूर्ण देखिन्छ। यद्यपि चुनाव कहिले कुन दल हार्छ, कहिले कुन दल ठूलो पार्टी बन्छ। यतिखेर कांग्रेस एमाले पहिलो र दोस्रो पार्टी बनेका छन् र सत्तामा साझेदार भूमिकामा पनि छन्। तिनले सही भूमिका निर्वहन गरे भने एक नेपाल राष्ट्र र एक नेपाली जातिका लागि यो उपयुक्त वातावरण मान्न सकिन्छ।
रगतको तीर्खा पनि अचम्मको हुन्छ। पशु पनि मुखमा रगतको स्वाद पाएपछि रगत नै चाट्न खोज्छ। मान्छे त झन इखालु र विषालु जात हो। राजनीतिमा कोही पनि स्थायी शत्रु वा मित्रु हुादैन भनिन्छ। जब राजनीतिक नेताले मनमा इख र मुखमा विष लिएर राजनीति गरिरहेको हुन्छ, उसले विवेक हराउाछ, उसभित्र न अर्जुन हुन्छ, न अर्जुनदृष्टि। उसमा त मात्र बदला, बिभेद, विद्वेष हुन्छ। त्योभन्दा डरलाग्दो प्राणी अरु के होला र? त्यही डरलाग्दो विषय हो जातीय पहिचानवादी संविधान चाहिन्छ भन्ने संकुचित मानसिकता। त्यसैले भनिन्छ: होस नभए जोश व्यर्थ छ। परोपकार नभए जीवन व्यर्थ छ। पाइथागोरसले उहिल्यै लेखेका थिए– रिस मूर्खताबाट पलाउाछ र पश्चातापमा टुंगिन्छ। समाजसेवाको उत्तम नीति राजनीतिमा लागेकाहरुले यो यथार्थलाई जीवनशैलीमा किन नउतार्ने?
१७८९ जुलाई १४ को फ्रान्सको इतिहास रगतले लेखिएको थियो। त्यही दिन दरवारबाट सुरु गरेको लुट र हत्याको श्रृंङ्खला एकदशकसम्म चल्यो। जेकोवाइनले शेक्सपियरको विचारलाई नकारेर राजालाई गिलोटिनमा गिाडे। मानव सभ्यताको त्यो क्रुर दिन सम्झदा फ्रान्सवासीहरु आज पनि सिरिङ्ग सिरिङ्ग हुने गरेका टिप्पणीहरु पढ्न पाइन्छ। २०६५ साल जेठ १५ गते संवैधानिक राजतन्त्र, बेबी किङ, टिटुलर हेडजस्ता विषयलाई लत्याएर राजतन्त्रलाई नागार्जुनको जंगलवासमा पठाइयो। राजाको नागरिक बन्ने बुद्धिमत्तापूर्ण निर्णयका कारण रक्तपात भएन। तर, राजतन्त्र फाल्ने जनयुद्धकालमा १७ हजारभन्दा बढी जनताको ज्यान गयो। फ्रान्स रक्तपातबाट निर्माणतिर लाग्यो, नेपाल रक्तपातबाट 'लखनौं लूटजस्तो' लुटपाटमा अभ्यस्त भइरहेको छ। फ्रान्सेली रक्तपातबाट लज्जित छन्, नेपाली नेताहरु गौरव गरिरहेछन्। रक्तपात जनताका लागि कहिल्यै गौरवको विषय हुनसक्दैन भन्ने उदाहरण फ्रान्सलाई हेर्दा हुन्छ। रक्तपातमा गौरव गर्नेहरु आज कति दयनीय अवस्थामा पुगेका छन् र तिनीहरु अझै रक्तपात कोरल्न ओथारो बस्न थालेका छन्। रक्तपात जन्मियो भने नेपालको कसरी दुर्दसा होला, सम्झदैमा पनि अतास चलेको सुनिन्छ बुझ्नेहरुको मनमा।
संसद होस् अथवा सडकका माओवादको कुरा सुन्दा लाग्छ– यी त कोब्राभन्दा विषालु छन्। विच्छीभन्दा डरलाग्दा देखिन्छन्। हुन पनि १७ वर्षका कृष्णप्रसादको हत्या गरेको माओवादीले हत्यारालाई आजसम्म बचाइरहेछ। छोराको हत्यारालाई कारवाही गरिपाउा भनेर सत्याग्रह गर्ने नन्दप्रसाद ३ सय २९ दिनको आमरण अनसनपछि मरेर गए। आमा गंगामाया अझै अनसनमै छिन्। नेपाली राजनीति गंगामायाको मृत्युको खबर कुरेर बसेको छ। इक्वेडर भन्ने मुलुकमा बााच्ने हकलाई पनि मौलिक अधिकार भनेर संविधानमा लेखिएको छ। नेपालमा त आत्मनिर्णयसहितको जातीय संघीयता नभए संविधान जलाइन्छ भन्न थालिएको छ। मधेस टुक्य्राइन्छ भनेर धमास दिन थालिएको छ। देशलाई एकतावद्ध पार्ने, सुनाउने, मनाउने, आश्वस्त पार्ने कुन नेता छ खोई? राज्यले हत्याराको पहिचान भइसक्दा पनि समात्न सकेन किनकि हत्यारा माओवादी थियो। यस्ता अनगिन्ति मुद्दाहरु छन्, जो अदालतबाट फैसला भइसक्दा पनि सरकारको पहुाचमा छैनन्।
कोब्राको विष केमोथेरापीको प्रमुख तत्व हो। त्यसले गम्भीर विरामीलाई सन्चो त पार्छ। बिच्छीको डंक क्यान्सरको किरा मार्न काम लाग्छ। माओवाद देशका लागि, जनताका लागि, लोकतन्त्रका लागि अझैसम्म काम लागेको छैन। मौका छ, राजनीतिक संवाद तथा सहमति समितिका संयोजक नै डा. बाबुराम भट्टराईलाई बनाइएको छ। उनले सहमति कामय गराउन सके भने सहमतिको संविधान बन्नसक्छ। लोकतन्त्रको जग त बस्छ। तर, स्वयं बाबुराम भन्छन्– अहोरात्र खटिएर सहमति खोज्ने प्रयास भइरहेको छ, माघ ८ मै संविधान जारी हुनचाहिं गाह्रै छ। कसका कारणले? संविधानसभा र सडकमा रहेका माओवादीका जातीय पहिचान, निर्वाचन पद्धतिका अतिवादी सर्त कांग्रेस, एमाले दलले नमानेका कारणले हो कि होइन? संसारमै लोकतान्त्रिक प्रक्रिया भनेको बहुमतीय प्रणाली नै हो। सहमति भए सुनमा सुगन्ध, सहमति हुन नसके मतदानबाट पद्धतिको निकास निकाल्ने हो। त्यो निकास निकाल्न माओवादी 'लौ त भन्ने' तगारो तेर्स्याएर बसेको छ। यथार्थ यही हो। लोकतन्त्रवादी हुा भन्ने, अलोकतान्त्रिक चरित्र देखाउने? एकजना कडा आलोचकले भनेका छन्– पौराणिक कालमा सुखदेव स्वामी भन्थे र देवताहरु सुन्थे। कलियुगमा सुखदेव मुनी (एसडी मुनीहरु) भन्छन् र हाम्रा नेताहरु सुन्छन्। दिल्लीको बासमती चामलको बासी भात खाएको बुद्धि यही हो। त्यही भारतका पूर्वप्रधानमन्त्री नेहरु सबै भारतीय भारतलाई चलाउन सक्षम छन् भन्थे, नेपालमा प्रचण्डजस्ता नेता पनि देश चलाउन सक्षम भएनन्। सुस्त सुशीलको के कुरा गर्नु र? विश्वका ६० असफल राष्ट्रहरुको लङमा उभिन पुगिसक्यो नेपाल, कुन दिन कंगो वा केन्या, सुडान वा बुरुण्डी हुन बेर छैन।
र अन्तमा,       ब्ााबुराम प्रधानमन्त्री थिए। चीनले लुम्बिनीमा एपेक एफमार्फत ३ अर्व डलर खर्च गर्ने भएपछि रातारात २०६८ असोज ३० गते लुम्बिनी विकास निर्देशक समिति बनाइयो र प्रचण्ड त्यो समितिको मुखिया बने। भारतको हस्तक्षेपपछि पैसा नआउने भयो, कााधमा बुद्ध बोकेका प्रचण्ड सिंगापुरदेखि अमेरिकासम्म पनि पुगेका थिए। अहिले प्रचण्डको कााधमा बुद्ध छन् कि छैनन्, देख्न सुन्न पाइएको छैन। र, उनी भन्न थालेका छन्, बहुमतीय संविधान बनाइयो भने जनयुद्ध (शान्तिपूर्ण) थालिनेछ। सबैभन्दा खाइलाग्दा नेताको क्रान्तिकारी भाषण कस्तो लाग्यो?

गाई काट्ने नेताको मान्छे काट्ने अभियान
पद्मरत्न तुलाधर एमाले, अधिकारकर्मी, नागरिक समाजलाई धमिलो पार्दै अव जातीय एकतालाई भाँडेर विद्वेष र बितण्डा मच्चाउने नेतृत्व सम्हाल्न आइपुगेका छन्। आदिवासी जनजातिहरुले यिनै पद्मरत्न तुलाधरलाई पहिचानसहितको संघीयताका लागि नेता चयन गरेका छन् र पद्मरत्न तुलाधर कसरी जातीय राज्य बनाउने र जातीय द्वन्द्व चर्काइदिने भन्ने मरमसला जुटाउन लागिपरेको खबर छ।
पहिलो संविधानसभाको म्याद १४ दिन बाँकी हुँदा आफूलाई भेट्न आएका जनजातिका प्रतिनिधिहरुलाई प्रचण्डले जातीय राज्य माँग्न लगाएर जातीय दंगाको स्थिति सिर्जना गराइदिएका थिए। त्यतिबेला सबै जातजातिले जातीय विद्वेष रोक्न र सहिष्णुता कायम राख्न देशव्यापी रुपमा 'हिमाल, पहाड, तराई कोही छैन पराई'को सद्भाव जुलुसहरु निकाल्न परेको थियो। त्यसपछि जातजातिले निकालेको खुकुरी थन्क्याएका थिए। झण्डै कुरु क्षेत्रमा बदलिएको राष्ट्रिय एकता बचेको थियो। यतिखेर फेरि प्रचण्डकै नेतृत्वमा पहिचानसहितको संघीयताको मामिला उठान भएको छ। जाति, भेग, भेष र भाषालाई उछालिएको छ। सांसद हुँदा कानुनविपरित 'गाई काट्न पाउनुपर्छ' भनेर हंगामा खडा गर्ने पद्मरत्न तुलाधर यतिखेर जनजातिको नेता बन्न पुगेका छन् र उनी जातीय पहिचानसहितको संघीयताका पक्षमा लड्न तैयार भएका छन्। उनी के लड्थे, विभिन्न जातिका नेपाली नेपालीवीच रक्तपात गराएर रमाइलो लिन तत्पर भएका छन्। तुलाधर भन्छन्: अव जनजातिको राष्ट्रिय आन्दोलन हुनेछ। यो आन्दोलन जनजातिको हक र हितका लागि हुनेछ। पद्मरत्नजस्ता व्यक्तिले सबै नेपालीको हक र हितका लागि आन्दोलनको सोच निकाल्न सकेनन्। कठै अधिकारकर्मी पद्मरत्न, नागरिक अगुवा बनेका पद्मरत्न, सभासद बनिसकेका पद्मरत्न। आन्दोलनका लागि पद्मरत्न तुलाधरले ४४ सदस्यीय राष्ट्रिय परिषद गठन गरेका छन्। यस परिषदमा एमाओवादीका सचिव वर्षमान पुन, नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङ, संघीय समाजवादी पार्टीका अध्य212 अशोककुमार राई, मल्ल के सुन्दर, आदिवासी जनजाति महासंघका पूर्वअध्य212 पासाङ शेर्पा, संस्थापक महासचिव सुरेश आलेमगर र पूर्वमहासचिव डा ओम गुरुङ तथा पेम्बा भोटेसमेत रहेका छन्। यी सबै जातीय राज्य हुनुपर्छ भन्ने पक्षपाति हुन्। यद्यपि जातीय समाजमा आफू आलोचित नभइयोस् भनेर केही कांग्रेस, एमालेका जनजाति पनि सदस्य भइटोपलेका छन्। यद्यपि यिनीहरु निस्कृय रहेका छन्। परिषद गठनपछि ७४ वर्षका बृद्ध जातिवादी नेता पद्मरत्न तुलाधरले घोषणा गरेका छन्: आन्दोलन हुन्छ, आन्दोलन सम्झौतारहित हुन्छ। अव जातीय अधिकार कसैसँग मागिन्न, आफैले लिइन्छ। ०४६ सालको आन्दोलनको सफलतापछिको निर्वाचनमा उठ्दा हजारौं थान क्यासेटमा 'गाउँ गाउँबाट उठौं...' भन्ने क्यासेट बजाएर चुनावमा होमिएका पद्मरत्न तुलाधर जनजातिको आन्दोलनमा पनि त्यही क्यासेट बजाएर गाउँसम्म पुगेर आन्दोलन उठाउने र अन्तिम आन्दोलन बनाउने बताउँछन्। उनकै शव्दमा: 'अब बन्ने संविधानमा पहिचान भएन भने जातीय अस्तित्व नै मेटिने अवस्था आउँछ।' तथापि उनले आफू जातिवादी नभएको भनेका छन्। त्यसै पनि विदेशीहरु नेपालमा जाति जातिवीच झगडा गराएर क्रिश्चियन धर्म फैलाउने सुरमा छन्। त्यसैका लागि विदेशीहरु डलरको वर्षा गराइरहेका छन्। त्यसमाथि हाम्रा निर्णायक नेताहरु, प्रभावशाली व्यक्तिहरु जातिवादलाई मलजल गर्न अगाडि सरेर काम गरिरहेका छन् कि नकाम? बुद्धिजीवीहरु यो सब हेरिरहेका छन्, निष्पक्ष भएर देशको आवश्यकता, जनताको मागका बारेमा बोलिरहेका सुनिदैनन्। कतै जातिवादले टाउको उठायो र सडकमा निस्कियो भने मुलुकमा रक्तपात हुन बेर लाग्नेछैन।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक