20141115

गँजेडी पारस र राजनीतिक गँजेडी छबिलाल !

 - उता गँजेडी पारस हिमानी जस्ती महान, अशल पत्नी, तीन जना निर्दोस लालाबाला र हर्ट अट्याक भैसकेको बाउ, छातिमा गोली बोकेर बाँच्न बिबस आमालाई धोखा दिँदै गाँजा खाँदै थाइ प्रेमिका बिना आफु बाँच्न नसक्ने बक्दैछन । फेरी पक्राउ परेको समाचार आएको छ थाईल्यान्डमा !

- नेपालमा राजनीतिक गँजेडी छबिलालले संबिधान बन्न नदिन अन्तिम प्रयत्न गर्दैछन र पूर्व देखी पश्चिम सम्म पुगेर भुक्दैछन "अब हामीले भनेको भएन भने काङ्रेस, एमालेलाई सिंहदरबारबाट निकाल्छौँ, २२ दलको सरकार बनाउँछौ, स्वायत्त सरकार आफै घोषणा गर्छौं, संघीय गणतान्त्रिक संबिधान जारी गर्छौं" यिनका बकबास सुन्दा देख्दा लाग्छ तपाईं हाम्रो देश छबिलाल का बाउको बिर्ता हो । उनका ससुरालीले उनलाई दिएको दाईजो हो ! 

- शुशिल र केपी एकातिर भन्दैछन "माघ आठमा हामी जसरी पनि संबिधान ल्याउँछौँ ल्याउँछौं, छबिलाल बिना पनि संबिधान बन्छ" उनिहरुनै अर्को तिर भन्दै छन छबिलाल लाई फोन गरी गरी "तपाईं फर्किनु पर्‍यो, सहमति गरौँ, कहाँ हुन्छ तपाईं बिना, के हुन्छ तपाईं बिना !" बहुमत छ तर दम छैन छबिलाल लाई तह लगाउने ! 

- आङ छिरिङ्ग त बौलाएका थिए पहिले नै , अहिले पद्मरत्नहरु बौलाउन थालेर बिचित्र छ । उनिहरुलाई बाउन छेत्री को नाम सुन्न र देख्न हुनै छाडेको छ, जातिय राज्य चाहिएको छ !
- सार्क सम्मेलनका नाम मा नेपाल मोदीमय बनाइदैछ ! राता रात काठमाडौं नक्कली श्रींगार ले केही दिनका लागि ढपक्क ढाकिँदैछ ! 

- नेत्र बिक्रम चन्द फेरी माओवादी फुटाएर युद्धमा फर्किने अन्तिम तयारीमा छन ! 

- उता नेपाल मा यस्तो छ भने यता अमेरिकामा नेपाली काङ्रेसको जनसंपर्क समितिको अधिबेशन, गूटबन्दी, फुटबन्दी सबै चल्दैछ । अमेरिकामा नेपाली काङ्रेसको भात्री संगठन खोलेर, गुटबन्दी गरेर हाम्रा मित्रहरुले के पाउने हुन ? राष्ट्रलाई के दिन लागेका हुन कुन्नी ! बुझी नसक्नु छ ! काम पाइनस बुहारी ....... कुन्नी के के जती कना भन्थे बुढापाका यहाँ यस्तै देखिंदैछ !

- राजातन्त्रबादीका राष्ट्रबादी मंचहरु, एमालेका प्रबासी मँच, एमाओबादिका छद्म मँच, हरेक पार्टी देखी जातजाती, क्षेत्रगत संघ संस्थाहरु जन बर्गिय संस्थाहरुको भाउ चर्कै छ ! यिनिहरुलाई राजनीति लागेको देख्दा लाग्छ अब कुन दिन अमेरिकी राष्ट्रपती ओबामा बिरुद्ध हाम्रा जन हरुले अमेरिका मै आन्दोलन छेड्ने हुन ! 

- तर म बबुरो आजकाल केही नबुझेर ट्वाँ परेर लाटाले केरा हेरे जस्तै हेर्दैछु । लाग्छ म जँग बहादुरको पालाको मान्छे हुँँ त्यसैले अहिलेको परिबर्तित संसार सँग अलग छु अन्जान छु बेखबर छु, नजान्ने गँवार छु । थाहा छैन म अझै कती गँवार बन्नु पर्ने हो ! 
लौ सबैको जय होस् ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक