20141116

अमेरिकाको भर्जिनियामा नेपालका ख्याती प्राप्त हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्यको मह जात्रा भब्य एबम सभ्य तरिका बाट सम्पन्न !

अर्का बरिस्ठ हाँस्य कलाकार द्वय  एबम  अन्तरराष्ट्रिय कलाकार मँचका नेपाल शाखा अध्यक्ष शिवहरी पौडेल र नेपाल शाखा उपाध्यक्ष किरण केसीले पनि कम्ती हँसाएनन दर्शकलाई !

 
युनाईटेड नेपालको आयोजना र अन्य संघ संस्था हरुको सहयोगमा अमेरिकाको भर्जिनिया हेरँडन मा नेपालका ख्याती प्राप्त हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्यको मह जात्रा भब्य एबम सभ्य तरिका बाट सम्पन्न भएको छ । मह द्वारा एउटा राष्ट्रिय गीत गाई सुरु गरिएको कार्यक्रम अत्यन्त रोचक र घोचक पनि
थियो । महको गीत एबम दुई फरक प्रहशनले दर्शक ले भरपुर मनोरन्जन लिए भने नेपाल का असफल पार्टी नेताहरु लाई महले भित्तै पुग्ने गरी, राष्ट्रिय स्वार्थका साथ कार्यक्रम पस्केको देखियो, महको पहिलो प्रस्तुतिमा बरिस्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुसाल र मोहित आचार्यको गढिलो साथ थियो ।  अर्का बरिस्ठ हाँस्य कलाकार जोडी किरण केसी र शिवहरी पौडेलको प्रस्तुती पनि उत्तिकै स्तरिय र दमदार देखियो । किरण केसी, यमन श्रेष्ठ र सराहना श्रेष्ठको गीत, शिवहरी पौडेलको दोस्रो हास्य प्रस्तुतिले पनि दर्शकलाई राम्रो मनोरन्जन प्रदान गरेको देखियो । कार्यक्रम कोअर्डिनेटर रबी लामिछनेको उद्घोशण तारिफ योग्य थियो नै  अमेरिकाकालागी नब कार्यक्रम उदघोशक परशु तिमील्सिनाको शुरुको ऊद्घोशन पनि राम्रो थियो । युनाइटेड नेपाल का अध्यक्ष सरोज खनाल, उपाध्यक्ष किरण प्रताप केसीले कार्यक्रम मा अाफ्ना मन्तब्य राख्नुभएको थियो भने नेपाली राजदुताबासका तर्फ बाट नारायण मैनाली, युनाईटेड नेपालका अध्यक्ष सरोज खनाल, अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष राम प्रसाद खनाल, समाजसेबी राम मालाकार, हेमन्त श्रेष्ठ, प्रेम सङ्रौला, माधबी कार्की, कृष्ण सरोज प्रजापती, साहित्यकार कृष्ण धाराबासी लगायतले कलाकारहरुलाई माला र सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो । कर्यक्रम सफल पार्न साथ दिने सबै लाई, बिशेष गरी सफलताका लागि  सरोज खनाल र किरण प्रताप केसी लाई बिशेष धन्यवाद दिनै पर्ने देखियो । अमेरिकामा हाल सम्म मह को यो टिमले लगातार २८ वटा कार्यक्रम गरी रेकर्ड कायम गरेको छ । महको टिमको सधैं जय होस् नेपाल मदर डट कमको तर्फबाट पनि सुभेक्ष्या ।

 





 




        





*************************************
अब कलाकारहरुकै केही तस्बिरहरु आजकै दिनकै तर कार्यक्रम भन्दा बाहिर का  :



























                        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक