20141118

अनल उपाध्यायको २१ बर्षको कलिलो उमेरमा आफैले हाँकेको कार दुर्घटना हुँदा अमेरिकाको मेरील्याण्डमा देहावसान !

मेरा अत्यन्त शुभचिन्तक, आदरणीय दाई, कान्तिपुर दैनिकका संस्थापक सम्पादक योगेश उपाध्याय र मेरो निकट साथी, बरिस्ठ साहित्यकार सीता पाण्डेका एक मात्र छोरा अनल उपाध्यायको २१ बर्षको कलिलो उमेरमा आफैले हाँकेको कार दुर्घटना हुँदा  अमेरिकाको मेरील्याण्डमा देहावसान भएको खबरले मेरो मन, मुटु सब स्तब्ध बन्न पुगेका छन । पत्याउनै गार्हो यो दु:खद घटना पछी मैले मेरो साथी सिता जी सँग बोल्न र कुरा गर्न पूर्ण रुपमाअसफल भए पनि दाई योगेश उपाध्याय सँग घटनाको सबै जानकारी लिएँ, कुराकानी गरें  । प्रिय भतिज अनल नोभेम्बर १६ मा आफैले चलाएको कार दुर्घटना मा परेका थिए र लगत्तै उनलाई सब अर्बान अस्पताल म्यारिल्यान्ड पुर्याइ बचाउने अन्तिम प्रयास १७ तारिख फेल भएको थियो । यो कहाली लाग्दो दुर्घटनामा ज्यान गुमाएका अनल प्रती भाब पूर्ण श्रध्दान्जली र शोक सन्तप्त दाई योगेश एबम साथी सिता प्रती गहिरो समबेदना प्रकट गर्दै शोक सन्तप्त परिवार जनलाई धैर्य धारण गर्ने शक्ती इश्वरले प्रदान गरुन भन्दै इस्वर सँग प्राथना गर्दछु । यस्तो हृदय बिदारक घटना कही, कसैलाई देख्न, भोग्न नपरोस कामना पनि गर्दछु ।  - रामप्रसाद खनाल , www.Nepalmother.com     


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक