20141120

हाम्रा नेपाली पार्टी र तिनका नेता, कार्यकर्ता नामका दासहरु जब बाँदर जस्ता बने तब मोदी को भ्रमण स्थगित, मोदीे जनकपुरसगै लुम्बिनी र मुक्तिनाथ पनि नजाने !

भारतीय प्रधानमन्त्री नरेन्द मोदीे जनकपुरसगै लुम्बिनी र मुक्तिनाथ पनि नजाने भएका छन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बिहिबारसाँझ पत्रकारहरुसँग कुरा गर्दै भने, 'अनौपचारिक तहमा उहा –(मोदी)ले यसपाली सार्कको काममा मात्रै केन्द्रीत रहनेकि भन्ने कुरा आएको छ। हामी यसबारे अझै कर्न्फम गर्दैछौ।' 'यदि त्यस्तो
भयो भने त्यो हाम्रो कारणले होइन, उहाँ (मोदी) नै भारतमा विभिन्न राजनीतिक कार्यक्रममा संलग्न हुनुपर्ने भएकोले यहाँको भ्रमण सार्कमा मात्रै केन्द्रीत हुने भएको हो,' पाण्डेले भने। सार्क सम्मेलनमा भाग लिन काठमाडौं आउनु पूर्व प्रधानमन्त्री मोदीले स्थलमार्गबाट नेपाल प्रवेश गरी मंसिर ९ गते रामजानकीको विवाह पञ्चमीको पूर्वसन्ध्यामा जनकपुरको जानकी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको थियो। उनको स्वागत तथा नागरिक अभिनन्दनका लागि जानकी मन्दिर परिसरमा सरकार, स्थानिय तहका विभिन्न निकाय र आमनागरिकबाट सभास्थलको तयारी तिब्रगतिमा चलाइरहेकै बेला मोदीकेा भ्रमण रद्ध भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले बताएका छन्। मोदीको स्वागत तथा नागरिक अभिनन्दनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारले मन्त्री निधिको नेतृत्वमा स्वागत समिति गठन गर्ने निर्णय गरेपछि गत सातादेखि नै निधिले कार्यक्रमको तयारीमा केन्द्रित रहदै आएका थिए। मोदीको भ्रमण रद्धबारे भारतीय दूतावासका अभय कुमारले आफूलाई मोदीको जनकपुर भ्रमण रद्ध भएको विषयमा अहिलेसम्म कर्न्फम पनि नभएको र नकार्न पनि नसक्नेे बताए। मोदीको नागरिक अभिनन्दनस्थलका विषयलाई लिएर धुनषामा रहेका एमाओवादी र मधेसवादी दलका जिल्लास्तरिय नेता तथा कार्यकर्ताले विरोध गर्दै बुधबार स्थानीय जिल्ला प्रशासनमा ज्ञापन पत्र बझाएका थिए। उनीहरुले मोदीको अभिनन्दन जानकी मन्दिर परिषरमा नगरी बाह्रविगाहस्थित खुला मैदानमा गर्न र सबै नागरिकले उनको अभिनन्दनस्थलमा उपस्थित हुन र उनको स्वागत गर्न पाउनु पर्ने माग गर्दै आएका थिए। उनीहरुले सरकारको तर्फबाट सुरक्षाको दृष्टिकोणले जानकी मन्दिर परिसरमा अभिनन्दन गर्ने कार्य गरी आफूहरुलाई कार्यक्रमस्थलमा उपस्थित हुनबाट बञ्चित गरिएमा कार्यक्रम विथोल्ने चेतावनी दिदै आएका थिए। मोदीले जनकपुरको अभिनन्दन पश्चात त्यहाका स्थानीय वासिन्दालाई सम्बोधन गर्नुका साथै विद्यार्थीहरुलाई साइकल, कपि, किताब जस्ता सामाग्री वितरण गर्ने समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपश्चात संसदको राज्य व्यवस्था समितिमा सदस्यहरुले यसबारे आपत्ति जनाएका थिए। गत बिहिबार समितिमा बोल्दै एमालेका युवराज ज्ञावालीले विदेशी प्रधानमन्त्रीले भाषण गर्ने, साइकल बाड्ने जस्ता विषय कुटनीतिक मर्यादा विपरित हुने बताएका थिए। राष्ट्रिय जनमोर्चाका चीत्रबहादुर केसीले अहिले सार्कमय मुलुक हुनुको सट्टा मोदीमय भएको आरोप लगाएका थिए। समितिका सदस्यहरुले मुलुक संक्रमणकालबाट गुज्रेकेा अवस्थामा मोदीको सम्बोधनले नकारात्मक राजनीतिक असर पार्न सक्ने आशंका व्यक्त गर्दै आएका थिए। समिति समक्ष सरकारको तर्फबाट स्पष्टिकरण दिदैं उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरको दर्शन गरेपश्चात उनको नागरिक अभिनन्दन गरिने बताउदै उनले कुनै सम्बोधन गर्ने वा कापी किताब नबाड्ने बताएका थिए। हेर्नुहोस् समाचारमा - राजधानीमा केन्द्रीत विभिन्न दलका नेता तथा कार्यकर्ताबाट उनले सम्बोधन गर्ने भन्ने विषयमा गरेको टिप्पणीका साथै सरकारका मन्त्रीले दिएको टिप्पणीका कारण पनि मोदीको जनकपुर लगायत लुम्बिनी र मुक्तिनाथको भ्रमण कार्यक्रम रद्ध भएको धनुषाका एक राजनीतिक दलका नेताले बताए।
 मन्त्री निधिले वक्तव्य निकालेर भनेः २२ दलिय मोर्चाको कारण मोदीको भ्रमण रद्ध भयो
 भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले एमाओवादी नेतृत्वको २२ दलिय मोर्चाको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्ध भएको बताए। बिहिबार अपरान्ह एक बक्तव्य जारी गर्दै मन्त्री निधिले जानकी माताको मन्दिर प्रांगढमा भारतीय प्रधानमन्त्री मोदीको स्वागत गर्ने टुंगो लागि सकेको अवस्थामा एमाओवादी नेतृत्वमा केही मधेसवादी दलहरुले गैरजिम्मेवार पूर्ण तरिकाले तयारीको विरोधमा जिल्ला प्रशासन कार्यालय गई उग्र रुपमा जुलुस प्रदर्शन गरेको आरोप लगाएका छन्। उनीहरुले ज्ञापन पत्र मार्फत समानान्तर मञ्च बनाउने, सुरक्षा घेरा तोड्ने दिनेमात्र नभई कुटनीतिक प्रचलन विपरित विरगञ्जस्थित भारतीय काउन्सलरको कार्यालयमा गई ज्ञापन पत्र बुझाउने जस्ता अबान्छित र अतिबादी व्यवहारले अभिनन्दन कार्यक्रम विथोल्ने चेतावनी जस्तो विवादित वातावरण सृजना गरेकोमा मन्त्री निधिले भर्त्सना गरेका छन्। निधिका अनुसार, बिहिबार मन्त्रिपरिषदको बैठक लगत्तै भारतीय दुतावासबाट आफूलाई मोदीको भ्रमण रद्धबारे जानकारी आएपछि आफूले परराष्ट्र मन्त्रालयका अधिकारीलाई यसबारेमा कर्न्फम गर्न लगाएका थिए।

मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्दबारे बिहीबार नेपाल सरकार परराष्ट्र मन्त्रालयले कार्यक्रम रद्द गरेको सूचनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति निकालेर पुष्टि गरेका छन्।
सरकारको तर्फबाट जनकपुरमा मोदीको स्वागत तयारी गर्ने जिम्मेवारीसमेत पाएका मन्त्री
निधिले मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्द हुनु दुखद भएको बताए। यसैबीच निधिले मोदीको जनकपुर भ्रमण कार्यक्रमसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको बेला एक्कासी रद्द भएकोमा दुःखलागेको बताए।
साथै कार्यक्रम रद्द हुनुको दोष एमाओवादी नेतृत्वको २२ दलीय मोर्चालाई लगाएका छन्।
मोदीले जनकपुर भ्रमण नगरे पनि लुम्बिनीलगायत अन्य स्थानको भ्रमण कार्यक्रमबारे केही जानकारी नआएको बताए।
हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक