20141123

"नेपाली" नाम गरेका नेपालका "भारतीय राजनीतिक दासहरु" को "हड्डीका लागि कुकुरको लडाईं" जस्तो ताना तान र टोका टोकले मोदीको जनकपुर, लुम्बिनी, मुक्तिनाथका सबै कार्यक्रम पूर्ण रुपमा रद्ध !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिर हुने भनिएका सबै कार्यक्रम स्थगन भएको नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक जानकारी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिर हुने भनिएका सबै कार्यक्रम स्थगन भएको नेपालको परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी दिएको छ। आइतबार बिहानै भारतीय विदेश मन्त्रालयले नयाँदिल्लीमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री मोदीको काठमाडौं बाहिरका सबै भम्रण रद्ध भएको जानकारी
दिएको थियो। परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल कालिप्रसाद पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका काठमाडौं बाहिरका प्रस्तावित भ्रमणका कार्यक्रमहरु सबै रद्ध भएको बताए। 'सार्कका बेला प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा व्यस्त रहनु पर्ने भारतीय पक्षबाट जनाउ आएको छ' उनले भने,'यो जनाउसँगै प्रधानमन्त्री मोदीको काठमाडौंबाहिरका सबै भ्रमण रद्ध भएका छन्। अब उहाँ सार्कका लागि मात्र काठमाडौं आउनु हुनेछ।' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि महोत्तरीको सदरमुकाम जलेश्वर र नेपाल भारत सीमामा पर्ने भिटामोरका बासिन्दामा निरासा छाएको छ। विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले मोदीको धार्मिक भ्रमण रद्द भएको जानकारी गराएपछि महोत्तरीको जलेश्वर र भारतीय सीमा पारी भिट्ठामोड र सुरसण्डका बासिन्दाहरुमा निराशा छाएको हो। मूल भन्सारसमेत रहेको सो स्थानमा मोदीले नेपाली भूमिमा पहिलो पाइला टेक्ने कार्यक्रम थियो। उनको स्वागत र नजिकबाट हेर्न पाइनेमा स्थानीय बासिन्दा विश्वस्त थिए। भ्रमण रद्द भएपछि उनीहरु अहिले निराश भएका छन। उनीहरुले आफ्नो बाटोहुँदै जनकपुर जाने कार्यक्रम रहेकोले दर्जनौ ठाउँमा तोरणद्वार बनाई स्वागतका लागि तयारी अवस्थामा थिए। तर एक्कासी भ्रमण रद्दको खबर पाएपछि हामी निराश भएको भारत भिट्ठामोडका बासिन्दा विमलेश झाले बताए। त्यस्तै यात्राको तिथि नजिकिंदै जाँदा महोत्तरीमा उनको स्वागतको व्यापक तयारी गरेको थियो। यसैबीच नेपाली सेनाका मध्य क्षेत्रीय पृतनापति वलदेव राज महत, प्रहरी नायब महानिरीक्षकहरू शैलेन्द्र खनाल ,प्रकाश आर्यालले आईतवार निरीक्षण गरेको हो। उनीहरुले महोतरीको सुरक्षा अवस्था, सडकको सरसफाई, भिठामोर देखि प्रकौली ब्यारेक सम्मको विभिन्न सार्वजनिक तथा मुख्य स्थानहरुमा निर्माण गरिने स्वागतद्वार, जलेश्वर भिठामोड खण्ड र हेलिप्याडको स्थलगत अनुगमण गरेका थिए। भिठामोड नाका देखि महोतरीको प्रकौलीसम्म सुरक्षा निकायका उच्च अधिकारीहरुको नेतृत्वमा सुरक्षा व्यवस्थापनकाको बारेमा पुर्वाभ्यास गरेका छन।सडकमार्गमा सुरक्षा ब्यवस्थामा विशेष कडाई गरिएको थियो। आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुने सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी भारतको पटनाबाट भिठामोड नाका हुँदै नेपालको ६ र भारतको ५ गरी मोदीले १२ किमि स्थलमार्गबाट महोत्तरीस्थित नेपाली सेनाकोे शेरगण प्रकौली व्यारेकमा मंसिर ९ को विहान पुग्ने कार्यक्रम रहेका थिए। मोदीलाई ब्यारेकबाट नेपाली सेनाकोहेलिकोप्टरमा जनकपुरको ऐतिहासिक बारहबिघामा उतार्ने कार्यक्रम तय भएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक