20141123

बोलीको कुनै ठेगान नभएका पिपलपाते नेता छबिलाल दाहालले १२ घण्टा नबित्दै काङ्रेस एमाले सँग को सहमति उल्टाए, संबिधान बन्न नदिने छबिलाल र बाबुरामको योजना ! योजनामा सामेल छन बिजय गच्छेदारहरु पनि !

काँग्रेस–एमालेप्रति खनिए प्रचण्ड, संबिधानसभा भंग गर्न खोजेको आरोपशनिबार साँझ प्रमुख तीन दलबीच संबैधानिक राजनीतिक समितिमा केही सातादेखिको विवाद अन्त्य गर्ने सहमति बनेको थियो । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवासमा साँझ २ घन्टा चलेको बैठकमा संवाद समितिबाट प्रतिवेदन संबिधानसभामा पठाउने सहमतिपछि राजनीतिक गतिरोधको गाँठो
फुक्ने विश्वास गरिएको थियो । तर उक्त सहमित १२ घण्टा नपुग्दै भाँडिएको छ । संवाद समितिको बैठक बस्नुअघि एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाको बैठकपछि उक्त सहमति भाँडिन पुग्यो । २० दलको बैठकमा एमाओवादी लगायत मधेशवादी दलका नेताहरुले शनिबार साँझ गरिएको सहमति कसलाई सोधेर गरिएको भनेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई प्रश्न गरेका थिए । एमाओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिराजमणी पोखरेलले पनि शनिबार साँझ भएको सहमतिको चर्काे बिरोध गरेका थिए । उनीहरुले काँग्रेस–एमालेले संवाद समितिमा ल्याएको सात प्रदेश सहितको प्रस्ताव कुनै पनि हातलमा नमान्ने भन्दै प्रचन्डको चर्काे आलोचना गरेका थिए । उनीहरुले प्रचण्डले धोका दिन खोजेको समेत आरोप लगाएका थिए । यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि शनिबार साँझ तीन दलको उक्त सहमति नमान्ने चेतावनी दिएको थिए । मधेसी दलले एमाओवादी साथ छाड्ने धम्की समेत बैठकमा दिए । आफ्नो दल तथा अन्य दलका नेताहरुले तीन दलबीच शनिबार साँझ भएको सहमतिको चर्काे बिरोध भएपछि प्रचन्डले उक्त सहमति लिखित नभएको भन्दै पछि हट्न सकिने बताए । बैठकमा सहभागि एक नेताका अनुसार प्रचण्डले सहमति मौखिक मात्र भएको तथा सहमतिमा हस्ताक्षर नगरेकाले आक्रोसित नहुन नेताहरुलाई भनेका थिए । उनले २० दलको सहमति बेगर अघि नबढ्ने बताएपछि आक्रोसित नेताहरु साम्य भएका थिए । बैठकमा संवाद समितिका सभापति बाबुराम भट्टराई पनि उपस्थिति थिए । २० दलका नेताहरुले शनिबार साँझ भएको सहमति कुनै हालतमा नमान्ने बताएपछि भट्टराईले १० बजेको लागि बोलाइएको संवाद समितिको बैठक स्थगित गर्नको लागि सचिव मुकुन्द शर्मालाई फोन गरेका थिए । त्यति बेलासम्म संवाद समितिको बैठकमा भाग लिन एमाले अध्यक्ष केपी शर्मा लगायतका नेताहरु उपस्थित भैसकेको थिए । एकाएक बैठक स्थगित भएपछि काँग्रेस एमालेका सभासदहरु आक्रोसित भएका थिए । बैठकपछि काँग्रेस सभासद गगन थापाले भने ‘तीन दलबीच भएको सहमतिलाई कन्भिन्स् गर्न जानुभएको प्रचन्ड २० दलसँगै कन्भिन्स् हुनुभयो । ’ यता संवाद समितिका सभापति भट्टराईले प्रमुख दलहरुबीच संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पठाउने प्रतिवेदनका विषयमा तत्काल दलहरुबीच सहमति बन्न नसकेपछि छलफल जारी राख्ने गरी संवाद समितिको बैठक स्थगित गरिएको बताएका छन् । शनिबार साँझ प्रमुख तीन दलको बैठकमा भएको छलफल बमोजिम आइतबारका लागि बैठक बोलाइए पनि दलहरु अन्तिम निष्कर्षमा पुग्न नसकेपछि बैठक स्थगित भट्टराईले जानकारी दिए । ‘सहमति नहुने भएपछि बैठकमा विवाद मात्रै चर्काएर केही अर्थ रहँदैन भनेर आजको बैठकलाई स्थगित गरिएको छ’ भट्टराईले भने – ‘दलका नेताहरु जेमा, जतिबेला सहमति गरेर आउनुहुन्छ, मैले त मध्यमार्गी भूमिका मात्रै खेल्ने हो, मैले त्यसमा हस्ताक्षर गरेर पठाउँछु ।’ सभापति भट्टराईले अघि भने – ‘ प्रमुख दलका नेताहरुलाई बोलाएर सहमति निर्माण गरौं न त भनेर कुराहरु राखें तर त्यसमा तुरुन्तै सहमति हुनेजस्तो देखा परेन । त्यसो भएको हुनाले थप छलफल गरौं, सहमतिविना बैठक राखेर पनि उपयुक्त हुँदैन भनेर केपी ओलीजीले पनि सहमति जति बेला हुन्छ त्यतिबेलै बैठक राख्नुहोला भनेर जानुभयो ।’ सभापति भट्टराईले फेरि पनि संवाद र सहमतिको प्रयास जारी रहने बताउँदै यो गतिरोध छिटो फुकोस भन्ने आफूले चाहेको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक