20141123

भेरी नदीमा भएको बस दुर्घटनामा परी ४७ जनाको ज्यान गएको पुस्टि, १० जना हाम्फालेर बाँच्न सफल !

 जाजरकोटस्थित भेरी नदीमा केही दिनअघि भएको बस दुर्घटनामा परी ४७ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। चार दिन पछि आइतबार बसलाई नदीबाट निकाल्दा थप ४७ जना यात्रुको शव फेला परेको बताइएको छ। दुर्घटना भएको दिन तीन जना र शनिबार दुई जना यात्रुको शव फेला परेको थियो। सो बसमा यात्रा गरेका मध्ये १० जना हाम्फालेर बाँच्न सफल भएका थिए। दुर्घटना भएको दिनदेखि नै बसलाई
नदीबाट निकाल्ने प्रयासमा लागेका सुरक्षाकर्मी र गोताखोरहरु चार दिन पछि आइतबार बसको केही भाग नदीबाट बाहिर निकाल्न सफल भएका थिए। कुच्चिएको अवस्थामा रहेको उक्त बसको केही ठाँउमा काटेर, यात्रुहरुको शव बाहिर निकालिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए। उनले भने "भीर भएकाले बसलाई पुरै निकाल्न सकेका छैनौ तर बसमा भएका ४७ जनाको शव निकाल्ने काम भएको छ, सबै गरेर अव मृत्यु हुनेको संख्या ४७ पुग्यो।" सदरमुकाम खलंगाबाट १५ जना महिला र ३० जना पुरुष गरी ४५ जना यात्रु बोकेर हिडेको उक्त बसमा, बिचका अन्य ठाँउहरुबाट कति यात्रु चढेका थिए भन्ने थाहा हुन नसकेकाले बसमा रहेका यात्रुको संख्या हाल सम्म पनि यकिन हुन सकेको छैन। बसमा रहेका सबै शवहरु निकाली सक्दा पनि अझै केही मानिसहरुले आफ्ना आफन्त नभेटीएको भनेकाले सोमबार नदीको अन्य भागमा खोजी गरिने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। उनले भने "गोताखोरहरुले बसमा अव शव छैनन् भनेका छन तर केही मानिसले आफना आफन्त अझै भेटिएनन् भनेकाले सोमबार फेरी खोज्ने काम जारी राख्नेछौं।" निकालिएका शवहरुलाई पोष्टमोर्टम पछी आफन्तलाई बुझाउने काम भैरहेको र आइतबार नै १४ जनाको शव बुझाइएको बताइएको छ। जाजरकोटको जिल्ला सदरमुकाम सडक यातायात सँग जोडीए यता भएका दुर्घटना मध्येमा यो सबै भन्दा ठुलो दुर्घटना भएको बताइएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक