20141124

अमेरिकाको म्यारिल्यान्डमा कार दुर्घटनामा परि २१ बर्षको कलिलो उमेरमै ज्यान गुमाएका अनल उपाध्यायको आज हिन्दू परम्परा अनुसार म्यारिल्यान्डको रिभरडेलमा अन्त्यस्ठी गरियो ।

यस्तो दु:खद घडी र क्षणमा साथ दिने सबै प्रति स्वर्गीय अनलका पिता योगेश उपाध्याय र माता सिता पाण्डेले नेपाल मदर डट कमका माध्यमबाट धन्यवाद र आभार प्रकट
अमेरिकाको म्यारिल्यान्डमा कार दुर्घटनामा परि २१ बर्षको कलिलो उमेरमै ज्यान गुमाएका (बरिस्ठ पत्रकार योगेश उपाध्याय र लेखक एबम साहित्यकार सिता पाण्डेका एक मात्र सुपुत्र) अनल उपाध्यायको आज हिन्दू परम्परा अनुसार म्यारिल्यान्डको रिभरडेलमा अन्त्यस्ठी गरियो । म्यारिल्यान्ड, भर्जिनिया, डिसी वर परका नेपाली समुदायको बाक्लो उपस्थितिमा अनललाई  अन्तिमा बिदाइ गरिएको थियो । अन्त्यस्ठी गरिनु अगाडी आयोजित शोक एबम श्रध्दान्जली सभामा अमेरिकाका लागि कार्यबाहक राजदुत ॠषि राम घिमिरे, बरिस्ठ लोक गायक एबम म्यारिल्यान्ड र पेन्सल्भेनिया का लागि अबैतनिक महाबाणिज्यदुत प्रेम राजा महत, अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम लोक दोहोरी गायक राम प्रसाद खनाल, बरिस्ठ समाजसेबी एबम अमेरिकि डेमोक्रेटिक पार्टीका  युबा नेता सिपिए हरि शर्मा,  एनइसिसी का अध्यक्ष खिलेन्द्र न्यौपाने, राजनीतिकर्मी चन्द्र बहादुर गुरुङ, बरिस्ठ पत्रकार सोमनाथ घिमिरे, स्वर्गिय अनलकी आमा सिता पाण्डे, आफन्त जन, अनलका  सहकर्मी हरु, सहपाठीहरु, बाना अध्यक्ष बिजय श्रेष्ठ, ए एन एस् अध्यक्ष जिबन तिवारी, नासो अध्यक्ष दीपक जङ विश्वकर्मा, साहित्यकार गोबिन्द गिरी प्रेरणा, एन आर एनका उपाध्यक्ष लोक
तिवारी लगायतले आफ्ना शोक मन्तब्य राख्दै स्वर्गीय अनल प्रती श्रध्दान्जली र शोक सन्तप्त परिवारजनमा समबेदना प्रकट गर्नु भएको थियो । हिन्दू धर्म र सँस्कार अनुसार स्वर्गीय अनलका पिता योगेश उपाध्याय र माता सिता पाण्डे सहित पन्डित श्रीधर ज्ञवालीले स्वर्गीय अनलको पार्थिब शरिरमा कृया करम गर्नुभएको थियो । त्यस लगत्तै उपस्थित सबैले पुष्प गुच्छा सहित अनललाई श्रध्दान्जली अर्पण गरेका थिए । अन्त्यमा एलेक्ट्रोनिक मेशिनमा उनको दाह सँस्कार गरिएको थियो ।
स्वर्गीय अनलको दुर्घटनामा मृत्‍यु भए लगत्तै समबेदना प्रकट गर्ने, भेट्ने, फोनबाट समबेदना दिने, शोक सभा र दाह सँस्कारमा उपस्थित भै यस्तो दु:खद घडी र क्षणमा साथ दिने सबै प्रति स्वर्गीय अनलका पिता योगेश उपाध्याय र माता सिता पाण्डेले नेपाल मदर डट कमका मध्यमबाट  धन्यवाद र आभार प्रकट गर्नुभएको छ । फेरी पनि नेपाल मदर डट कम बरिस्ठ पत्रकार योगेश उपाध्याय र सिता पाण्डे परिवारमा समबेदना र स्वर्गीय अनलको आत्माको चिर शान्तिको कामना सहित श्रध्दान्जली अर्पण गर्दछ ।                                                        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक