20141125

माओवादीहरु फेरी फुटे, पाँच बर्षमा पाँच टुक्रा, अब बाबुरामले फुटाउने पालो ! बाबुरामको फुटको तयारी पनि अन्तिम अवस्थामा !

मोदी खुसी पार्न विप्लवले ‘रअ’को योजनामा पार्टी फुटाए: वैद्य पक्ष 
 आफूमाथि लाग्ने गरुेको ‘रअ’ को आरोप शतप्रतिशत गलत: चन्द पक्ष 

नेकपा–माओवादी संस्थापन पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु अघिल्लो दिन आफ्नो पार्टी विभाजित हुनुलाई संयोग मात्रै मान्न नसकिने निष्कर्ष निकालेको छ ।सचिव नेक्रविक्रम चन्दले सम्बन्ध विच्छेदको पत्र बुझाएर बाहिरिएपछि सोमबार जनवर्गीय संगठनको कार्यालय कुपण्डोलमा बसेको
केन्द्रीय समितिको विस्तारित बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।
दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं शिखर सम्मेलनमा भाग लिन मोदी मंगलबार काठमाण्डु आउँदै छन् । ‘भोलि मोदी नेपाल आउँदै छन्, आज पार्टी विभाजित भयो’, बैठकमा सहभागी एक सदस्यले  भने, ‘यसलाई कसरी संयोग मात्र मान्न सकिन्छ ?’
संविधानसभा बहिस्कार गरेको शक्ति मोदी आउनु एक दिनअघि फुट्नु अशोभनीय भएको वैद्य पक्षको ठहर छ । पार्टी फुट्नुमा भारतीय खुफिया एजेन्सी ‘रअ’ को प्रमुख हात रहेको पनि वैद्य पक्षको निष्कर्ष छ ।
संविधानसभाबाट सडकमा आउन खोजेको एमाओवादीलाई प्रक्रियाका नाममा अल्झाउने र संविधानसभा बहिस्कार गरेको प्रमुख राजनीतिक शक्तिमा फुट ल्याएर मोदीलाई संविधान बन्ने सुनिश्चित भएको सन्देश दिन खोजिएको हुन सक्ने उनको ठहर छ  ।
‘एमाओवादीलाई प्रक्रियाका नाममा भित्रै अल्झाएर र हाम्रोबीचमा फाटो ल्याएर मोदीलाई संविधान बन्ने ग्यारेण्टी भएको सन्देश दिन खोजिएको हुन सक्छ’, ती सदस्यले भने, ‘होइन भने मोदी आउने अघिल्लो दिन हताहतार पार्टी फुटको घोषणा किन हुन्छ ?’
बैठकमा सहभागी भएर आफ्ना कुरा राखेको तर अरुका कुरा नसुनेको भन्दै बैठकमा चन्दको कडा आलोचना भएको थियो ।
चन्दमाथि वैद्य पक्षले ‘रअ’ को एजेण्ट भएको आरोप लगाउँदै आएको थियो । केही दिनअघि राजधानीमा भएको पत्रकार सम्मेलनमा चन्दले आफूमाथि लाग्ने गरुेको ‘रअ’ को आरोप शतप्रतिशत गलत भन्दै समय क्रममा त्यस्ता भ्रम आफैं हटेर जाने बताएका थिए ।
एमाओवादीलाई बाहिर आएको बेलामा प्रक्रियामा अल्झाउने र हाम्रो पार्टी फुटाएर संविधान बन्ने ग्यारेण्टी भएको हुन सक्छ । मोदी आउने अघिल्लै दिन पार्टी फुटाउनुको कारण के हुन सक्छ ?
जनयुद्ध छाडेर ०६३ सालमा शान्ति प्रक्रियामा आएपछि १० वर्ष नबित्दै माओवादी पार्टी पाँच टुक्रामा चोइटिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक