20141128

कैलालीमा शुक्रबार राति बस पल्टिँदा १० जनाको मृत्यु, कम्तिमा २८ जना घाइते !

 सहजपुर गाविस २ कैलालीमा शुक्रबार राति बस पल्टिँदा १० जनाको मृत्यु गएको छ। डोटीको दीपायलबाट कन्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५४ २० नम्बरको बस भीमदत्त पन्त राजमार्गको सहजपुरमा भासे भीर नजिकै सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनामा परी कम्तिमा २८ जना घाइते भएका छन्। दुर्घटनामा ६ जना पुरुष, ३ जना महिला र १ जना बच्चाको ज्यान गएको हो। अहिलेसम्म कसैको
सनाखत हुन सकेको छैन। घाइतेलाई उपचारका लागि कैलालीको स्थानीय अस्पतालमा पठाइएको छ। गहिरो भीरमा बस खसेको कारण उद्दारमा केही समस्या भएको प्रहरीले जनाएको छ। उद्दार कार्य जारी छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक