20141109

''नेपाल सरकार र प्रज्ञाप्रतिष्ठानहरूले गर्नुपर्ने काम नइ प्रकाशनले गरिरहेको छ"

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त श्री लोकमानसिंह कार्की, शताब्दी पुरुष डा.सत्यमोहन जोशी र नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीले आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने नौजना बाल बालिकालाई आज राजधानी काठमाडौंमा २०७१ सालको "नइ देरुनीखपु पुरस्कार"
प्रदान गर्नुभयो ।
नइ प्रकाशनद्वारा आयोजित सो समारोहमा साहित्यतर्फ दीपशिखा घिमिरे, चित्रकलातर्फ असलराज तिम्सिना (सुनसरी), गायनतर्फ निर्मित विष्ट (सुनसरी), नृत्यतर्फ जीया जोशी (चितवन), खेलकुदतर्फ शर्मिर्ला गाहा मगर र बहुआयामिकतर्फ सृष्टि महर्जनलाई नइ देरुनीखपु पुरस्कार प्रदान गरियो । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।
यसै गरी नइ देरूनीखपु कोपिला पुरस्कार सङ्गीतमा प्रकृति मानन्धर र नृत्यमा कशिष शाक्यलाई प्रदान गरिएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् ।
साथै ताम्रपत्रसहित पाँच हजार रपियाँ राशिको नइ देरूनीखपु चिचिला पुरस्कार नृत्यका लागि तीन वर्षीया प्रयत्ना सिलवाललाई प्रदान गरिएको छ ।
समारोहमा प्रमुख अतिथि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले भन्नु भयो ''नेपाल सरकार र प्रज्ञाप्रतिष्ठानहरूले गर्नुपर्ने काम नइ प्रकाशनले गरिरहेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने साहित्यिक र साँस्कृतिक कार्यमा समेत नइ प्रकाशनले महत्वपूर्ण भूमिका खेलेको छ ।''
शताब्दी पुरुष डा.सत्यमोहन जोशीले भन्नु भयो ''नेपाली वाङ्मयको पटभूमिमा अरु संस्था वा व्यक्तिले गर्न नसकेका र गरिमायुक्त काम नइ प्रकाशनले गर्दै आएको छ । साथै अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यमा समेत नइ प्रकाशनले सफलता पाउँदै आएको छ ।''
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि मन्तव्य प्रकट गर्नुभएको थियो ।
समारोहमा पुरस्कृत बालबालिकाले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
नइ प्रकाशनले देशदेशान्तरका प्रतिभालाई हरेक वर्ष ११ लाख रूपियाँ राशिका २६ वटा पुरस्कारहरू प्रदान गर्दै आएको छ ।





  



_________________________________

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक