20141122

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औंँ शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण तयारी पूरा !

  


दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औंँ शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएकोे छ । भौतिक पूर्वाधार निर्माण तथा सारभूत विषयसहित सम्पूर्ण तयारी पनि पूरा भएको सरकारले जानकारी दिएको हो । सदस्य मुलुकका परराष्ट्र÷विदेश ÷बाह्य मामिला मन्त्रालयमा सार्क मामिला हेर्ने
सहसचिव सम्मिलित कार्यक्रम समितिको शनिबारको बैठकमा शिखर सम्मेलनमा सदस्य देशले समावेश गर्ने विषय, काठमाडौँ घोषणापत्रबारे बुँदागत छलफल तथा त्यसमा आवश्यक परिमार्जन एवम् पुनर्लेखन हुने बताइएको छ । परिष्कृत विषयवस्तु तथा समितिले निरुपण गर्न नसकेका विषय सचिवहरू सम्मिलित स्थायी समिति समक्ष प्रस्तुत गर्नेछ । त्यस्तै आइतबार र सोमबार आठ वटै मुलुकका परराष्ट्र,विदेश ,बाह्य मामिला सचिवको नेतृत्वमा हुने स्थायी समितिको बैठकले कार्यक्रम समितिले प्रस्तुत गरेका दस्तावेजमा आवश्यकतानुसार सुधार गरी नीतिगत विषयसमेत समेटेर राजनीतिक तहमा निर्णय गर्नुपर्ने विषयलाई सार्क मन्त्रिपरिषद्मा पेस गर्नेछ । मंगलवार हुने मन्त्रिपरिषद् बैठकले काठमाडौँ घोषणापत्रलाईं अन्तिम रुप दिनका साथै क्षेत्रीय सम्झौताका विषयलाई निष्कर्षमा पु¥याउनेछ । मन्त्रिपरिषद्ले किनारा लगाउन नसकेका विषय सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुखको बैठक शिखर सम्मेलनमा प्रस्तुत हुनेछ । अठारौंँ शिखर सम्मेलनमा १७ औैँ शिखर बैठकपछि भएका सार्कसँग सम्बन्धित बैठकका प्रतिवेदनको समीक्षाका साथै सार्क वित्त, गरिबी निवारण, कृषि तथा ग्रामीण विकास, सामाजिक विकास, स्वास्थ्य र जनसङ्ख्यालगायत सार्कअन्तर्गत स्वीकृत सहयोगका क्षेत्रबारेमा पनि गहन विचारविमर्श हुनेछ ।

१८ औं सार्क सिखर सम्मेलनमा देशभित्रको समस्या बाहिरी देशलाई नदेखाउने सहमति खोज्न तीन दल बैठक बस्ने तयारीमा रहेका छन् । यसै विषयमा छलफलका लागि आज बिहान बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सार्कमा सबै दलहरू एक भएर प्रस्तुत हुने र आन्तरिक समस्याहरू अन्तराष्ट्रिय समुदायमा नदेखाउने विषयमा सहमति भएको र यसका लागी तीन शीर्ष दलबीच छलफल गर्न प्रधानमन्त्रीले बैठक डाक्ने आश्वासन प्रचण्डलाई दिएको बताइएको छ । नेपालगञ्जबाट फर्किएका केपी ओलीलाई तत्काल त्रीपक्षीय बैठकका लागि निम्तो दिने प्रधानमन्त्रीले आश्वासन दिएको बताइएको छ । यस्तै, प्रधानमन्त्री कोइराला र अध्यक्ष प्रचण्डबीच सहमतिकै आधारमा संविधान जारी गर्ने विषयमा समेत सहमति भएको छ ।


सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको चर्चा निकै चुलिएको छ । प्रधानमन्त्री मोदीले जनकपुर भ्रमण गर्ने र नगर्ने अन्योलका समाचारले निकै चर्चा पाइरहँदा बिहिबार भारतीय प्रधानमन्त्री मोदीले जनकपुरको भ्रमण नगर्ने भन्दै विज्ञप्ति निकालेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिमलेन्द्र निधी आज शनिबार उनैको स्वागतको तयारीका लागि जनकपुर हिडेका छन् । भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारी र स्वागत गर्ने जिम्मा पाएका उनलाई अब स्वागतको तयारीको मात्र जिम्मा दिइएको बुझिएकको छ । उनलाई मोदीको स्वागत गर्ने जिम्मेवारीबाट हटाईएको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीले जनकपुर भ्रमण गर्ने नगर्ने भन्ने विषयमा भएको अन्यिलका क्रममा निधीले विज्ञप्ती निकालेर मोदीले जनकपुरको भ्रमण नगर्ने बताएपछि प्रधानमन्त्री सुशील कोइराला उनीसँग रूष्ट भएको स्रोतले बताएको छ । उक्त तिक्तताका कारण सुशील कोइरालाले निधीलाई मोदीको स्वागत गर्ने जिम्मेबारीबाट हटाएर आफैले स्वागत गर्ने तयारी गरिरहेको बताइएको छ । मोदीलाई स्वागत गरिसकेपछि दुवै देशका प्रधानमन्त्रीले ब्राहबिघामा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको बताइएको छ । पहिले मन्दिर परिसरमा मात्र सम्बोधन गर्न दिइने भनिएपनि दुवै देशबीचको कुटनीतिक र राजनीतिक छलफलपछि उक्त निर्णय गरिएको बुझिएको छ । प्रधानमन्त्री मोदीले बाह्रबिघामा सम्बोधन गर्न नपाए जनकपुर भ्रमण नगर्ने भन्दै भारतीय पक्षले अनौपचारिक जानकारी पठाएको समेत बताइएको छ । उक्त सन्देशपछि मोदीको भ्रमण रद्द भएको जनाइएपनि पछि कुटनीतिक तथा राजनीतिक छलफल गरेर उक्त भ्रमण पूर्वनिर्धारित कार्यक्रम अनुसार गर्न लागिएको हो ।
तपाईको गाडीको नम्वर कति हो जोर वा विजोर ? अव तपाईले नम्वर अनुसार मात्र गाडी चलाउनु पाउनुहुने छ । तपाँईको गााडीको नम्वर जोर छ भने सार्क सम्मेलनको ३ दिन चलाउन पाउनुहुने छ । विजोर छ भने २ दिनमात्र चलाउन पाउनुहअुनेछ । सार्क सम्मेलनको पाँच दिनसम्म पालैपालो जोर र विजोर गाडी चलाउन दिने निणर्य गरेको छ । सार्क शिखर सम्मेलनमा सुरक्षा व्यवस्थाका लाग यस्तो व्यवस्था गरेको हो । राजधानीमा मंसिर ८, १० र १२ गते जोर नम्बरका सवारी साधन चलाउन पाइने छ भने ९ र ११ गते बिजोर नम्बरका मात्र सवारी साधन चल्न पाउनेछन् । यो सवै प्रकारको गाडीको हकमा लागु हुन्छ । सोमवारदेखि नै दुई पांग्रे मोटरसाइकल, स्कुटरसहित सबै चारपांग्रे सवारी साधनमा जोर(बिजोर प्रणाली लागु हुने बताइएको छ । सवारीधनीले आफ्नो सवारी साधनको अन्तिम नम्बर जे छ, त्यही आधारमा जोर र विजोर छुट्याउन सक्छन् ।
Kathmandu is decorated to host 18th SAARC summit this week. Here are some some of Kathmandu’s amazingly beautiful pictures taken from different sources.
17KathmanduSaarc16KathmanduSaarc15KathmanduSaarc13KathmanduSaarc12KathmanduSaarc11KathmanduSaarc10KathmanduSaarc9KathmanduSaarc8KathmanduSaarc7KathmanduSaarc6KathmanduSaarc5KathmanduSaarc4KathmanduSaarc3KathmanduSaarc2KathmanduSaarc1KathmanduSaarc
Photos courtesy; ekantipur, pahilopost, ratopati, onlinekhabar, nagariknews

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक