20141122

रामचन्द्र पौडेल जी ! अमेरिकामा जन संपर्क समितीको अधिबेशन महत्वपूर्ण होकी नेपालमा संबिधान लेखन प्रकृया ??

नेपाली काङ्रेसका अमेरिकामा रहनुभएका मित्रहरु !
राजनीति मान्छेको आस्था हो त्यसमा मेरो भन्नु केही छैन, जसलाई जे मन लाग्छ बन्न पाईन्छ । हाम्रा कतिपय नेपालीहरु "नेपाली बिन लादेन" छबिलालको पार्टीमा गएर त राजनीति गरेका छन भने नेपाली काङ्रेस त एउटा प्रजातान्त्रिक पार्टी हो यसमा जान यसको राजनीति गर्न किन नपाउनु ! तर यो समय कती महत्वपूर्ण छ नेपालमा । रामचन्द्र पौडेल जी जो संबिधान निर्माण का सन्दर्भमा बारम्बारका बैठकहरुमा सहभागी हुनुहुन्थ्यो काङ्रेस का तर्फबाट, र छबिलाल बाबुरामहरु सँग टक्कर लिँदै यसो हुँदैन, काङ्रेस यो मान्दैन भनेर अडान लिनुहुन्थ्यो वहाँ अमेरिकामा जन संपर्क समितिको अधिबेशन उदघाटन गर्न बोलाइनुभएको छ, आउनुभएको छ । अमेरिकामा जन संपर्क समितीको अधिबेशन महत्वपूर्ण होकी नेपाल मा संबिधान लेखन प्रकृया ?? मैले अली बुझ्न सकिन । हाम्रा यस्तै कमजोरिको फाईदा उठाएर जँगली छबिलाल प्रचन्ड बने अब हामीले के बनाउदैछौं उनलाई !गम्भीर भएर सोच्ने कि ! अर्को कुरा अमेरिकामा नेपाली राजनीतिक पार्टीका भात्री संगठन खोल्नुको के औचित्य छ ?? "नेपाल र नेपाली" मात्र यत्ती दुई वटा शब्द भित्र तपाईं हामी यो त्यो उ सबै अट्न सक्छौँ जुन सुकै बिचारधारा मान्ने देखी स्वतन्त्र सम्म अट्न सक्छौँ नि होइन र ?? नेपालबाट असफल नेताहरु ल्याएर, तिनको अगाडि पछाडि गरेर, चाकडी बझाएर हामीले के पाउँछौ ?? राष्ट्रलाई यसो गरेर हामीले के दिन सक्छौँ ?? यो प्रश्न सबै पार्टीका भात्री संगठनमा आबध्द हुनेहरु सँग हो नकी काङ्रेसी जन सँग मात्र । हामी नेपालीहरु, र हाम्रो देश अती धेरै लुटिएका छौं नेपाली फोहोरी राजनीतिबाट । के अब पनि हामी आँखा नदेख्ने ?? त्यही नेपाली फोहोरी राजनीति र नेताहरुका पछाडि कुद्ने कि बरु अमेरिकाको राम्रो कुरा बाट पाठ सिकेर नेपाल र नेपाली का लागि केही योगदान दिने ?? तपाईं हामीले हाम्रो देश सुध्रिएको त देख्न पाएनौं नै हाम्रो यस्तै चाला ले हाम्रा भाबी सन्तान ले पनि अरु छबिलालहरु देख्न भोग्न पर्ने होकी ! नेत्र बिक्रम चन्दको अर्को शुरुहुन थालेको जँगली यात्रा को बारेमा त सुन्नुभएकै होला ! कि छैन र ?? तितो सत्य बोली हालें मित्रहरु रिसानी भए माफी पाउँ है ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक