20141130

अर्को दु:खद समाचार: दलालहरुलाई २५ लाख पैसा खुवाएर, करिब दुई बर्ष लगाएर बिभिन्न स्थल मार्ग, जँगल, समुन्द्र, मरुभुमी पार गर्दै अमेरिका अाइपुगेका एक युबाले गरे बिरक्तिएर आत्महत्या !

न्यूयोर्क दलालहरुलाई २५ लाख पैसा खुवाएर, करिब दुई बर्ष लगाएर बिभिन्न स्थल मार्ग, जँगल, समुन्द्र, मरुभुमी पार गर्दै मेक्सिकोको बाटो गरी अमेरिका छिरेका २६ वर्षीया मोहन ओलीले न्यूयोर्क कुइन्सस्थित रिजउडमा तेस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका छन् ओलीले शनिबार अन्दाजी ११ बजे आफू बस्ने कोठाको झ्यालबाट हामफालेपछि घाइते अवस्थामा उनलाई अस्पताल लगिएको
अस्पताल लैजानेबित्तिकै डाक्टरले मृत घोषित गरेको थियो ।  ओली अमेरिका आएपछि साथीहरुसँग टेक्सासमा बस्दै आए पनि पछि डिप्रेसनको शिकार भएपछि उनकै साथीहरुले टेक्सासबाट न्यूयोर्कको अस्पतालमा अलपत्र छाडेर गएका थिए सहयोगको याचना गर्दै अस्पतालमा बसेको अवस्थामा इन्दिरा घर्ती मगरले अस्पतालबाट उद्घार गरी आफू सँगै अपार्टमेन्टमा राखेर सहारा दिएको जानकारी  गराएकी छन् ओलीको वर्षीया एक छोरी श्रीमती नेपालमा छन् उनको अन्त्येष्टिका लागि रिजउड नेप्लिज सोसाइटीले सहयोगका लागि अनुरोध गरेको

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक