(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20141201

नेपाल बिग्रेकै बाहुन राजनीतिले, बाहुनहरु अहंकारले यसरी भए 'डाउन' !

- राजन कार्की
नेपाल बिग्रेकै बाहुन राजनीतिले। बहुदलीय र लोकतन्त्रको कालखण्ड यसको प्रमाण हो। कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला बाहुन, सत्ताका साझेदार एमालेका अध्यक्ष केपी ओली बाहुन, प्रतिपक्षी एमाओवादी अध्यक्ष तथा २२ दलीय मोर्चाका नेता प्रचण्ड बाहुन। यी बाहुनहरु अहंकारले यसरी 'डाउन' भएका छन् कि सत्ताधारी दुई तिहाई बहुमतले मदमत्त भएको छ भने प्रतिपक्षी सहमतिको संविधानका लागि 'युद्ध' भन्दै सडक आन्दोलनको आगो फुक्न थालेको छ। सार्कपछि सडकमा उत्रिने प्रतिपक्षीले अन्तरक्रियामार्फत सडक संघर्षको घोषणा गरिसकेको हो। मोदीले कान फुकेर गएपछि सत्ताधारी र प्रतिपक्षी बाहुनहरु राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर, सहमतिको संविधान घोषणा गरौं न त भन्ने छलफलमा जुटेका छन्। बडे पार्टीका ठूला बाहुन नेताहरु संविधान निर्माणमा होइन, सत्ता निर्माणमा ध्यान केन्द्रीत गरिरहेका छन्। अर्थात् नेपाली राजनीति मुठभेडको मैदान बन्ने निकट पुगिसकेको छ। संविधानसभा अन्तरवस्तुको सहमति, सहमति भन्दाभन्दै नाली थुनिएजस्तै गरी छलछाममै जाम भएको छ। बडे बाहुन नेताहरु वार्तामा बस्छन्, सहमति निकट पुग्छन् र फेरि वैठक बस्ने भन्ने सहमति गर्छन्। घुम्दै फिर्दै रुम्जाटारको यो निरन्तरता ०६४ सालदेखि ०७१ सालसम्म जारी
नै छ। पहिलो संविधानसभा गोकर्ण, गोदावरी, दक्षिणकालीका रिसोर्टहरुमा घुम्दाघुम्दै कुहिएर गयो। दोस्रो संविधानसभा गल्लीका 'सान्चा पहलमान' गुण्डाहरुको गुण्डागर्दीजस्तो देखिन्छ। कागजको फूलबाट बास्ना आउँदैन भन्थे विद्वानहरु, हाम्रा नेताहरु कागजको फूलजस्तै बनेका छन् र लोकतन्त्रको ताल न बेतालको नारामात्र लगाइरहेका छन्। माघ ८ गते लोकसंविधान जारी गर्छौं भन्ने यिनै हुन्, आफैमा सहमतिको आत्मविश्वास जागृत गर्न नसकेर एकदोस्राप्रति आरोप प्रत्यारोपमा उत्रेका यी असक्षमहरुले संविधानसभा बाहिरका माओवादी, परम्परावादी र हिन्दूवादीको चुनौतिलाई कसरी संवोधन गर्न सक्लान्? र, पवित्र संविधान बनाउलान्? यी ठूला बाहुन नेताहरु ठूलै महाभारतको ओथारो बस्दैछन्। नेकपा–माओवादीका बाहुन मोहन बैद्य (पोखरेल)बाट विप्लव उछिट्टिएर चितवनको जंगलमा लडाका दस्ता र दस्तालाई हतियार प्रशिक्षण दिन थालेपछि नेपालमा अर्को कोतपर्व हुने भय बढ्न थालेको छ। विप्लवले प्रचण्डसँग राज्यबाट पाएको लडाकाको खर्चको ४ अर्वको हिसाव खोज्छु भनेपछि त स्थिति झन बिग्रेर गएको छ।
नेपोलियन बोनापार्ट युद्धका होनहार योद्धा र युगपुरुष हुन्। उनले जे चाहे त्यो जितेर देखाए। तर, अन्तमा युद्धका चारै ढोकाहरु खोल्दा उनका शक्ति पनि बिभाजित भयो र उनले पनि मात खानुपर्‍यो। सेन्टहेलना टापुको कारावासमा सड्नुपर्‍यो। त्यही कारावासमा नेपोलियनलाई अन्तरज्ञान भयो र उनले त्यो अन्तरज्ञानवोधलाई लिपिवद्ध गरेर सेन्टहेलेना टापुको कारावासबाट छोरालाई पत्र लेखेका थिए: मैले बन्दुकको नाल उठाएर धेरै युद्ध गरें, विजय गरें, तिमी त्यसो ग
हो, आधुनिक युगमा सोच, अवधारणाको आकर्षणमा आवद्ध गरेरमात्र शासन गर्न सकिन्छ। माओवादीले जनयुद्ध गरेर आततायी बन्यो र १० वर्षसम्म रक्तपात मच्चायो। अर्काको घोडा बनेर बुर्कुसी मारेको रहेछ, आतंकको साम्राज्य सिर्जना गरेको माओवादीले अन्ततः दिल्लीको १२ बुँदेमा घुँडा टेक्नैपर्‍यो र विदेशीका सामु लम्पसार पर्नैपर्‍यो। उसैको बलमा प्राप्त जनमतको अनादर गर्दा, सोच र अवधारणाले जनआकर्षण सिर्जना गर्न नसक्दा र आशीर्वाद दिनेले सराप दिएपछि शीर्षबाट तेस्रो दर्जामा झर्नुपर्‍यो। विश्वसमाचारबाट स्थानीयमा सिमित हुनुपर्‍यो। आज न हाइट छ, न लाइट? न आँट रह्यो, न काँट? दूतावासमा दगुर्दा दगुर्दा थाकेर, दिल्लीबाट कुनै नेता आए भने टाउकाले टेकेर भेट्न जानुपर्ने दिन आयो। अरु पार्टीमा हविगत पनि योभन्दा भिन्न प्रकारको नेपालीपन देखिन्न। नेपाली राजनीतिभित्र चुरो छैन, आत्मवल छैन, विवेक छैन, नीति, नैतिकता र सिद्धान्त छैन, नेपालीपन छैन भन्ने यथार्थ हो यो। कुनै नेताप्रति जनताको विश्वास नै रहेन अनि मंसिर ९ गते २२ दलको भरिया बनेको एमाओवादीले मोदी आउने कार्यक्रम किन रद्द भयो भनेर जनकपुरमा प्रधानमन्त्री, गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिको पुतला जलाएको दृश्य पनि देखियो। माओवादी र मधेशवादीको मोदीप्रतिको यो आकर्षण 'जी हजूरी, आर्तनाद' नभए के हो? के यही राजनीति हो लोकतन्त्र? मित्र र मालिकको छ्यानब्यान गर्न नसक्ने हाम्रा नेताहरुमा स्वाधीनता र जनविश्वास खिइदै गएको प्रमाण हो यो। र, राजनीतिक बर्गवीचको यो आपसी अविश्वासलेे राष्ट्रिय स्वाधीनतामा कस्तो दूरगामी असर गर्ला? यो गम्भीर घटना हो। कोही यस घटनाप्रति संवेदनशील देखिदैनन्।
'लातोंसे मान्नेवाला, बातोंसे नही मानता'। यो हिन्दी कथन सार्कमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं उत्रेको एकघण्टाभित्रै प्रमाणित गरिदिए। नेपाललाई हेलिकोप्टर, ट्रमा सेन्टर, काठमाडौं–दिल्ली बससेवा, ९ सय मेगावाटको अरुण तेस्रोको सतलजसँग सम्झौता आदि सहयोगको वर्षात गर्दै र माटो परीक्षण प्रविधि र ई लाईव्रेरी दिने आश्वासन दिँदै नरेन्द्र मोदीले 'विश्वनाथको भूमिबाट पशुपतिनाथको भूमिमा आएको' भूमिका बाँधेर माओवादी र मधेसवादीलाई उचाले, कांग्रेस र एमालेलाई थचारे, बडे बाहुन नेताहरुलाई न्वारान र मन्त्रदान दिए– 'संख्याको बलमा होइन, सहमतिको, विश्वासको, सबैले अपनत्व ग्रहणसक्ने संविधान बनाउन जरुरी छ। बहुमतको आधारमा संविधान नेपालका लागि दुर्भाग्य हुनेछ। नेपालमा चाँडै नै यस्तो संविधान बनोस्, जहाँ मधेसीले हामीलाई हेर्ने कोही छैन भन्ने महसुस नगरोस्, पहाडीले पनि त्यस्तो नसोचोस् र माओवादीलाई पनि नलागोस कि हामीलाई सोध्ने कोही छैन।' मोदीले पहाडे, मधिसे, माओवादी भनेर दिएको निर्देशनले कुनै दललाई बिझाएको देखिएन। यो आन्तरिक मामिलामा हस्तक्षेप हो भन्ने साहस कसैले गरेन। उल्टै प्रधानमन्त्री सुशील कोइराला र डा. बाबुराम भट्टराईबाट 'मोदीले सही बोले' भन्ने प्रतिक्रिया आयो। नेपालमा दमाईको थुक चोखो, बाहुनको मुख चोखो भन्ने उखान छ। मोदी बाहुन बने, बाहुनले नेपालीलाई कित्ताकाट गर्दा हाम्रा बाहुन नेताहरुलाई कतै अप्ठेरोसम्म भएन। मोदीको यो 'धिरे से मारा जोडका धक्का' चेतावनीको अर्थ निकै गहिरो भएको विश्लेषकहरुको धारणा छ। गत साउनमा आउँदा 'शस्त्र होइन शास्त्र'को उल्लेख गर्दै 'ऋषिमनले संविधान लेख्न' संसदमै संवोधन गरेका मोदीको यो ताजा चेतावनी दुई तिहाई बहुमतवाला कांग्रेस, एमाले, तिनको नेतृत्वको सरकार र संवैधानिक राजनीतिक विवाद तथा सहमति समितिलाई अनिश्चितकालीन रुपमा स्थगित गरेर एमाओवादी २२ दलीय मोर्चाबन्दी गरेर सार्कपछि कांग्रेस, एमालेविरुद्ध सडक संघर्षको घोषणा गरेका पार्टीहरुका लागि 'कूटनीतिक जोल्ट' हुनपुग्यो।
यसरी मन्त्रदान गरिसकेपछिमात्र मोदीले होटल सोल्टीमा राजनीतिक दल कांग्रेस, एमाले, एमाओवादी, मधेसी दलका नेताहरुलाई भेटे। भेट गर्न हाम्रा नेताहरु तँभन्दा म पहिले भनेर कुदेका देखिए। मानौं हिन्दुस्थानबाट इन्द्र भगवान आएका छन् र यो अपूर्व दर्शनभेट भएन भने राजनीतिक वैतर्णी तर्न पाइन्न। भेटमा सत्ताधारी र प्रतिपक्षीले मोदीलाई 'सहमतिकै संविधान बन्ने र तोकिएकै समयमा बन्ने' स्पष्टिकरण दिए। मोदीले कूटनीतिभित्र कुन राजनीतिक झिलका झिलिक्क पारिदिए कुन्नी, राजनीतिक वृत्तमा चर्चा चल्न थाल्यो– माघ ८ गते सहमतिकै संविधान जारी हुनेछ। संविधानको घोषणापछि एमाले केपी ओलीको नेतृत्वमा सरकार बन्छ। कदाचित संविधान बनेन भने कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्नेछ। नेपालको ३८औं प्रधानमन्त्री को हुने? राजनीतिभित्र राजनीति सुरु भइसकेको छ।
भ्ाारतमा 'बाबु' संस्कार छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी 'बडेबाबु' बनेर आए र उपदेश दिए। यो उपेदशभित्र मधेश पनि पर्‍यो। तर 'एक मधेश भएन भने एक नेपाल पनि रहन्न' भन्ने महन्थ ठाकुर, राजेन्द्र महतो र 'मधेशको एक इन्च पनि पहाडमा मिलाइन्न' भन्ने हृदयस त्रिपाठी मार्कालाई हौसला बढ्नेगरी बडेबाबुले बोल्नु हुन्थ्यो कि हुन्थेन? मोदी छिमेकलाई भारत भरपर्दो मित्र बनाउने अभियानको उद्देश्य बोकेका चमत्कारिक नेता बन्दैछन्। त्यस्ता नेताले 'गुलदस्ताजस्तो संविधान' को कुरा गर्दैगर्दा नेपालको रणनीतिक भूमिलाई '१९१९ को जलियावाला बाग' मा परिणत गर्न उक्साउनु ठिक थिएन। नेपालको शक्ति भनेको १२५ जातिको एकता र एक नेपाल हो। जब एक नेपाल बिखण्डनका करौंतीले पाउरोटीको पिस बनेर चिरिन खोज्छ, नेपाल शक्तिहीन बन्दै जान्छ। यो राम्ररी बुझेका मोदीजस्ता बुझक्कड र परिपक्व नेताले 'मोदी मन्त्रभित्र नेपाललाई छिन्नभिन्न हुन नदिन' प्रेरणा बन्नुपर्थ्यो। बागमतीमा रगत बग्दा गंगा पनि रगताम्मे हुन्छ भन्ने ज्ञान गंगालाई पवित्र पार्न कटिवद्ध भएका मोदीले बिर्सन हुन्थेन। मोदी शायद सार्कको आवरणमा भारतको दबदबा स्थापित गर्न आएका हुन् र उनले सार्कभित्र 'शार्क' व्यक्तित्व स्थापित गरे र सार्क सदस्य नेपालको राजनीति भारतको मुठ्ठीमा छ भनेर प्रमाणित गरे। सार्कमा जे देखियो, त्यो भारत र पाकिस्तानका प्रधानमन्त्रीवीच देखियो। उनीहरुले हेराहेर पनि गरेनन्। जब रिटि्रटपछि हात मिलाए, त्यो सार्कको उपलव्धि बन्यो। काठमाडौंमा हात मिल्यो, दुवै देशका सीमा गोलीहानाहान झन चर्किएर गएको छ। सार्क भारत र पाकिस्तानको हेभिवेटले झन झन थिचिदै गयो। सार्कको मुख्य उद्देश्य यस क्षेत्रको कनेक्टिभिटी, आर्थिक समृद्धि र खुलाव्यापार हो, त्यो लक्ष्य प्राप्त गर्न असफल भएको छ। यसपटक सार्क क्षेत्रबाट वैदेशिक रोजगाारीमा जाने लस्कर चल्यो, कसरी रोक्ने भन्ने एजेन्डामा बहस भयो तर हात केही लागेन। अनि चीनलाई नवौं सार्क सदस्य बन्ने प्रस्तावलाई रोकन सफल भएर फर्किए।
मोदी के फर्किए– मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक राजनीतिक वार्ता तथा सहमति समितिमा प्रस्ताव पेश गरिहाले– तराईका २२ जिल्लालाई मधेस प्रदेश गरिनुपर्छ। बाँकी हिमाल पहाडमा जातीय पहिचानको ८ सहित ९ प्रदेशको संघीयता हुनुपर्छ। मोदीले मधेसी नेताहरुलाई भेटेर दिएको बल, बुद्धि र बर्कत यही हो?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक