(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

दशैंको गीत " बडादशैं आएकोछ " | रामप्रसाद खनालको दशैंको गीत | Dashain song of Ram Prasad Khanal

20141204

बरिस्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानले संयुक्त रुपमा गरे भब्य अभिनन्दन र बिदाइ !

अमेरिका, भर्जिनिया /  बरिस्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्यले यस पटक अमेरिकामा आफ्नो कार्यक्रममा नेपालीहरुबाट धेरै साथ र सहयोग पाएको बताउनुभएको छ । महले भन्नुभयो - संसारमा धेरै कार्यक्रम गरियो तर एकै पटक अमेरिकामा २८ वटा कार्यक्रम लगातार गरिएको यो पहिलो पटक हो । संसार का ३१ देश मा बिस्तारित र शाखाहरु स्थापना गरी कृयाशिल अन्तरराष्ट्रिय कलाकार मंच अमेरिका र हेम सरिता पाठक प्रतिस्ठान अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको मह जात्रा टिमको अभिनन्दन एबम बिदाइ कार्यक्रममा बोल्दै महले भन्नुभयो - हामी पहिले देखी नै समाजमा जनचेतना जगाउन यस किसिमका कार्यक्रम गर्दै अाइरहेका छौं र गरिरहनेछौँ, अन्तरराष्ट्रिय  कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानले
हामीलाई यसरी सम्झिएर अभिनन्दन गरेको मा हामी आभारी छौं ।

अमेरिकाका लागि कार्यबाहक राजदुत ॠषि राम घिमिरेले मह का कार्यक्रमले दर्शक लाई हँसाउने मात्र होइन चेतना पनि दिइरहेको बताउंदै राष्ट्रका यि महान कलाकारलाई आज अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानका माध्यमबाट अभिनन्दन गर्न पाएको मा आफु अत्यन्त हर्सित भएको बताउनुभयो । २०४६ पछी अब महले ब्यँग गर्नु पर्दैनकी भनियो तर आज सम्म देश को अवस्था झन झन जर्जर भएकोले महको अझै सार्थकता नघटेको वहाँले बताउनुभयो ।
हेम सरिता पाठक प्रतिस्ठानका अध्यक्ष हेम पाठकको अध्यक्षता, परशु तिमील्सिनाको सन्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै बरिस्ठ लोक गायक एबम पेन्सलभेनिया, म्यारिल्यान्डका लागि अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले यो बिशेष र महत्वपूर्ण कार्यक्रम आयोजना गरेर मह टिमलाई अभिनन्दन गरेकोमा ज्यादै खुशी लागेको छ भन्नुभयो ।
      आयोजक संस्था अन्तरराष्ट्रिय कलाकार मंच केन्द्रिय अध्यक्ष रामप्रसाद खनाल लामो समय देखी समाज मा, देशमा भएका बिसंगति बिकृतिका बिरुद्ध हास्यब्यँगको माध्यमबाट अभियान चलाउँदै आउनुभएका मह सबैका आदरणिय कलाकार र साझा कलाकार भएता पनि देशको फोहोरी राजनीति र जात जाती, भाषा भासी, क्षेत्रगत लडाईंको असर परेर अमेरिकामा पनि यि साझा कलाकार का बिरुद्ध केही ठाउँ मा असहयोग गर्न खोज्नेहरु देखिएको घटनाले मंच दुखी भएको बताउनुभयो । श्री खनालले मह जोडी, किरण केसी, शिवहरी पौडेल सहित को टिमलाई वहाँहरुले कलाकारको रुपमा समाजका लागि राष्ट्रका लागि दिएको अतुलनिय योगदानको लागि दुई संस्थाहरु अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठान मिलेर यसरी अभिनन्दन गर्न लागिएको बताउनुभयो ।
कार्यक्रमका अर्का आयोजक हेम सरिता पाठक प्रतिस्ठानका अध्यक्ष हेम पाठक ले मह टिमलाई कार्यक्रम का लागि बधाई दिँदै वहाँहरुको योगदानअको तारिफ गर्नुभयो । श्री पाठकले कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद  प्रकट गर्दै मह टिम सँगको दसैंको क्षण स्मरणिय रहने बताउनुभयो ।    यस्ता महान कलाकारहरुलाई अभिनन्दन गर्न पाएकोमा अन्तरराष्ट्रिय कलाकार मंच र आफ्नो संस्था हेम सरिता पाठक प्रतिस्ठान गौरबान्दित भएको पाठकले बताउनुभयो भने हेम तथा सरिता पाठकले कलाकारहरुलाई मायाको चिनो पनि प्रदान गर्नुभयो ।
यस पटकको कार्यक्रमको सँयोजन गरेका संचारकर्मी एबम कुशल उदघोसक रबी लामिछानेले मह टिम सँग काम गर्न पाएकोमा गर्ब महसुस भएको बताउनुभयो । वहाँ ले अमेरिका देखी क्यानाडा सम्मका कार्यक्रमका क्षण सम्झिनुभयो ।  
समाजसेबी, चार्टर एकाउण्टेन एबम अमेरिकि डेमोक्रेटिक पार्टीका युबा नेता हरि शर्माले पनि मह टिमको योगदान को प्रशंशा गर्दै यस्ता कलाकार हरुलाई भाईनन्दन गर्ने अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठान को पनि सर्हाना गर्नुभयो ।
कार्यक्रममा आयोजक संस्था अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानका तर्फबाट राम प्रसाद खनाल, हेम पाठक, काबा राजदुत ॠषि राम घिमिरे, अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले संयुक्त रुपमा बरिस्ठ कलाकारहरु  मदन कृष्ण श्रेष्ठ, हरि बंश आचार्य, किरण केसी, बसुन्धारा भुसाल, शिवहरी पौडेल, रबी लामिछाने, यमन श्रेष्ठ, मोहित आचार्य, गौरिशंकर ध्वजु, रमिला आचार्य लाई अभिनन्दन तथा सम्मान गर्नुभएको थियो । अभिनन्दन लगत्तै बिदाइ भोज आयोजना पनि गरिएको थियो । उक्त कार्यक्रममा न्यु योर्कमा भएको कारण अनुपास्थित बसुन्धारा भुसालको अभिनन्दन पत्र रबी लामिछाने हस्ते हस्तान्तरण गरिएको थियो ।    

 
 





































































             
                                   



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक