20141215

प्रधानमन्त्री सुशील कोइरालाले बेलायती राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई हिजो निर्देशन दिए !

* परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कुनैपनि विदेशीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने बताए
* धर्म परिवर्तनका पक्षमा विवादास्पद अभिव्यक्ति दिएका बेलायती राजदूत एन्डी स्पाक्र्स हिजो साँझ नै छुट्टीमा बेलायत गए
नेपाल एकिकरण गर्ने राजा पृथ्वी नारायण शाहको जन्म जयन्ति राष्ट्रिय रुपमै मनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशील कोइरालासंग माग
देशलाई निकास दिने एकमात्र विकल्प हिन्दू राष्ट्र स्थापना : खुमबहादुर खड्का 
धर्म परिवर्तनका पक्षमा विवादास्पद अभिव्यक्ति दिएका बेलायती राजदूत एन्डी स्पाक्र्स हिजो साँझ नै छुट्टीमा बेलायत गएका छन्। राजदूत स्पाक्र्स फर्केपछि प्रधानमन्त्री कार्यालयबाट उनलाई प्रस्‍टीकरण सोध्ने आदेश पाएको परराष्ट्र मन्त्रालय अब के गर्ने भन्नेबारे अन्योलमा छl परराष्ट्र मन्त्रालय स्रोतले भन्यो – 'उनी आफ्नो धर्म सम्बन्धि बिबादास्पद अभिव्यक्ति पश्चात फर्केका हुन् वा यो संयोगमात्र अहिले हामीलाई
जानकारी छैन।' प्रधानमन्त्री सुशील कोइरालाका विदेशी मामला सल्लाहकार दिनेश भट्टराईले भने - 'राजदुत फर्केको कुरा थाहा पायौं l प्रधानमन्त्रीले हिजो नै परराष्ट्रलाई यस सम्बन्धमा निर्देशन जारी गरिसकेको होl अब परराष्ट्रले के गर्ने हो थाहा छैनl' राजदुत फर्केपछि कार्यबाहक राजदुतलाई बोलाउने कि के गर्ने भन्नेबारे परराष्ट्रले निर्णय लिएको छैनl मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले आफूलाई यस सम्बन्धि कुनै जानकारी नभएको बताएl उनले केहिदिन अघि रिपब्लिका अंग्रेजी दैनिकमा छापिएको आफ्नो लेखमा धर्म परिवर्तन सम्बन्धि अधिकारलाई संविधानमै सुनिस्चित गर्न सभासदहरुलाई अनुरोध गरेका थिएl नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टी-नेपालले राजदूतको अभिव्यक्तिबिरुद्ध आपत्ती जनाएका थिए भने बेलायती राजदूतावासअघि यस विरुद्ध प्रदर्सन पनि भएको थियोl प्रधानमन्त्री सुशील कोइरालाले बेलायती राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई हिजो निर्देशन दिएका थिए। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कुनैपनि विदेशीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । उनले ‘बेलायती राजदूत एन्डी स्पाक्र्सले नयाँ संविधानमा धर्म परिवर्तनको अधिकार सुरक्षित गर्न भन्दै खुला अभियान थाल्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप’ भएको बताए । राजधानीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बेलायती राजदूतले कूटनीतिक मर्यादा उल्लंघन गरेको समेत बताए । सो अवसरमा पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सन्चारमाध्यमले संयमित भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताएका थिए
कांग्रेसका केन्द्रीय सदस्य एवम् सभासद डा. शेखर कोइरालाले २०४७ सालमा बेलायती सांसदहरूको एउटा समूहले धार्मिक स्वतन्त्रताको लागि नेपालमा हस्तक्षेप गर्न खोजेको खुलासा गरेका छन्। धर्म परिवर्तन परिवर्तनको अधिकार सुनिश्चितताका लागि बेलायती राजदूत एन्डी स्पाक्र्सले संविधानसभा सदस्यलाई खुलापत्र पठाएको प्रसंग उल्लेख गर्दै कोइरालाले यसलाई अत्यन्तै खतराको संकेतको रूपमा हेरेका छन् । कोइरालाले आइतबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा यो कुरा उठाएका थिए । सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘देश धर्मको विषयलाई लिएर ध्रुबीकरणमा गइसक्यो, संविधानको मस्यौदा ल्याउन सकेको भए राम्रो हुन्थ्यो ।’ आफ्नो फेसबुक पेजमा उनले बेलायती हस्तक्षेपबारे थप लेखेका छन् । ‘२०४७ सालमा पनि बेलायतकै सांसदहरूको एउटा समूहले धार्मिक स्वतन्त्रताको लागि हस्तक्षेप गर्न खोजेको थियो,’ उनले उल्लेख गरेका छन्, ‘त्यतिबेला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘तिम्रो देशमा प्रोटेस्टेन्टमात्र प्रधानमन्त्री हुन पाउने, मेरो देशमा हिन्दु किन नहुने ?’ भन्ने जवाफ दिनुभएको थियो । त्यसपछि त्यो समूह नाजवाफ भएको थियो ।’ बेलायती राजदूतले नेपालको आन्तरिक मामलामा ठाडो हस्तक्षेप गरेको कोइरालाले बताएका छन् । ती राजदूतसँग तत्कालै स्पष्टिकरण माग्नुपर्ने उनले संसदीय दलको बैठकमा माग गरे । कोइरालाले पहिले जातीयताको विषयमा देश ध्रुबीकरणमा गएको र अहिले धर्मको विषय बिजारोपण गरिएको बताएका छन् । बेलायती राजदूतले पठाएको पत्रले देशमा झन् धर्मको ध्रुबीकरण बढाएको बताए । उनले यस्तो अवस्था विकसित हुँदै गए ‘तानाशाह’ जन्मिने खतरा हुने शंका गरे । ‘त्यतिबेला राजनीतिक दल पनि किनारा लाग्छन् नेता पनि,’ उनले भने, ‘संविधानको मस्यौदा ल्याउन अबेर गर्न हुँदैन ।’ उनले संवैधानिक राष्ट्रपति र संसदबाट कार्यकारी प्रधानमन्त्री नेपालको निम्ति उपयुक्त शासन प्रणाली रहेको उल्लेख गरे । ‘पहिचान, सामथ्र्य र भूगोललाई आधार मानेर संघीयतामा प्रवेश गर्ने हो, संवैधानिक राष्ट्रपति र संसदबाट कार्यकारी प्रधानमन्त्री नै नेपालको निम्ति उपयुक्त शासन प्रणाली हो,’ उनले भनेका छन्, ‘संसदीय प्रणालीबाट नेपाली काँग्रेस दायाँवायाँ हुनुहुँदैन ।’ संविधान निर्माण र सहमतिको लागि कांग्रेसको ‘बटमलाइन’ यही हुनुपर्ने धारणा उनले राखेका छन् । शासकीय स्वरूप र संघीयता फरक विषय भएकाले प्रदेशको संख्या, नामांकन र सिमांकनसँग शासकीय स्वरूप साट्न नसकिने कोइरालाको भनाइ छ । एकीकृत माओवादीले भनेकोजस्तो जातीय पहिचानका आधारमा बन्ने संविधानलाई नेपाली जनताले नस्वीकार्ने कोइरालाको भनाइ छ ।

नेपाल एकिकरण गर्ने राजा पृथ्वी नारायण शाहको जन्म जयन्ति राष्ट्रिय रुपमै मनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशील कोइरालासंग माग गरेको छ। पुस २७ गते पृथ्वी जयन्तिको अवसरकमा सार्वजनिक विदा दिन माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितको टोलीले आइतबार विहान प्रधानमन्त्री कोइरालालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। राप्रपा नेपालले पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन, राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीको तस्वीर अंकित गर्ने व्यवस्थाको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । भेटको क्रममा अध्यक्ष थापाले निर्धारित समयभित्र संविधान निर्माण हुनुपर्ने र त्यो संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र सुनिश्चित हुनु पर्ने आफ्नो पार्टीको अडान प्रधानमन्त्री समक्ष राखेका थिए। अध्यक्ष थापाले सहमति निर्माणको क्रममा मुलुकको चौथो महत्वपुर्ण राजनीतिक शक्तिलाई निषेध गरिएको बिषयलाई आफुहरुले अत्यन्त गम्भिरतापूर्वक लिएको समेत बताएका थिए। भेटवार्ताकै क्रममा हालै वेलायती राजदुतले धर्म परिवर्तन गर्ने÷गराउने अधिकार सुनिश्चित हुनुपर्छ भनि दिनुभएको विवादास्पद अभिव्यक्तिप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। बेलायती राजदुतको भनाई बारे परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने र आवश्यक परे राजदुतलाई बोलाएरै भएपनि संवेदनशील विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने विश्वास थापालाई आश्वासन दिएको राप्रपा नेपालले जनाएको छ। राप्रपा नेपालका अध्यक्ष थापाले बुझाउनु भएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले संसारभर राष्ट्रनिर्मातालाई इज्जत र सम्मान दिएको प्रसंग उल्लेख गर्नु हुँदै पृथ्वीनारायण शाहलाई सम्मान दिने विषयमा आफु अत्यन्त सकारात्मक रहेको प्रतिक्रिया दिए। टोलीमा राप्रपा नेपालका अध्यक्ष थापा, उपाध्यक्षद्धय टंक ढकाल, निरञ्जन थापा, महामन्त्री चन्द्रबहादुर गुरुङ्ग र सहप्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए।

हिन्दू राष्ट्र नेपाल महाअभियानका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले अब देशलाई निकास दिने एकमात्र विकल्प हिन्दू राष्ट्र स्थापना भएको दाबी गरेका छन्। झापाको दमकमा आज अभियानको शुभारम्भ गर्दै नेता खड्काले काँग्रेस, नेकपा ९एमाले० र एमाओवादीले विदेशी राष्ट्रको इसारामा नेपालको पहिचान मेटाउने काम गरेको आरोप लगाए। बहुसङ्ख्यक जनता हिन्दू राष्ट्रको पक्षमा रहेको थाहा पाएपछि केही सीमित नेता जनमत सङ्ग्रह गर्न डराएको खड्काको भनाइ थियो। कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले नेपालीको चाहना हिन्दू राष्ट्र भएकाले धर्म निरपेक्षताले नेपालीको भावना समेट्न नसक्ने बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक