20141219

"मदिरा र लागू औषधले मुलुक बर्बाद, भोज भतेरमा गयो भने ठूला नेताहरुको मुख त्यही रक्सीमा, अनि नयाँ पिढीले के गर्ने ? त्यही सिक्छन्" : चित्रबहादुर केसी

chitra-bahadur-kcराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भोजभतेरमा गयो कि ठूला नेताहरुको मुख रक्सीमा पुग्ने गरेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा सभासद केसीले मदिरा र लागू औषधले मुलुक बर्बाद बनाएको बताए । उनले भने-‘यसो भोज भतेरमा गयो भने ठूला नेताहरुको मुख त्यही रक्सीमा पुगेको हुन्छ । अनि नयाँ पिढीले के गर्ने ? त्यही सिक्छन् ।’ मापसे गर्‍यो भनेर सवारी चालकहरुलाई गाली गर्ने गरेको भन्दै उनले भने-‘मालिकले पनि खान्छन्, प्यासेन्जरले पनि खान्छन् । अनि उसले पनि किन नखाओस् ।’ केसीले बढ्दो सवारी दुर्घटनाप्रति सरकार र सभासदहरु गम्भीर हुन नसकेको आरोप लगाए । उनले भने-‘एउटै चिहान भएको छ ५१/५२ जना मान्छेको । तर, हामीलाई केही भए जस्तो लाग्दैन । मानौं केही भएको छैन । किनभने हाम्रो आफ्नो मर्नु परेको छैन ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक