20141221

पूर्व राजा ज्ञानेन्द्र शाह तराइका जिल्लाहरुको भ्रमणको सिलसिलामा चितवन पुगे !


पूर्व राजा ज्ञानेन्द्र शाह तराइका जिल्लाहरुको भ्रमणको सिलसिलामा आज चितवन पुगेका छन् । दिउंसो बुद्ध एयरको विमानबाट चितवन पुगेका ज्ञानेन्द्रलाई भरतपुर विमानस्थलमा शुभेच्छुकहरुले भव्य स्वागत गरेका छन् । पूर्व राजालाई स्वागत गर्न पञ्चे बाजासहितको टोली विमानस्थल पुगेको थियो । स्वागतमा सभासददेखि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । पूर्व राजा आज पश्चिम चितवनको मेघौलीमा बास बसेका छन् । पूर्व राजा आउने भएपछि दिनभर भरतपुर विमानस्थलको सुरक्षा व्यवस्था समेत निकै कडा पारिएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक